2026-09-18 05:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के तपाईलाई निद्रा नलाग्ने समस्या छ ? यसो गर्नुहोस् मिठो निन्द्रा लाग्ने छ​ !

काठमाडौँ | आजभोलि निद्रा नलाग्ने समस्या आम मानिसमा रहेको पाइन्छ । निद्रा नलाग्ने धेरै कारण हुन्छन् । उठ्ने र सुत्ने समयको टुंगो नहुने मानिसमा निद्रा लाग्दैन । यति मात्रै होइन, मोटोपन, डिप्रेसन, मधुमेहलगायतका समस्या भएका मानिसलाई पनि निद्रा लाग्दैन । उमेरले २० वर्षको हाराहारीमा रहेको एक स्वस्थ व्यक्ति दिनमा आठ घन्टा सुत्नुपर्ने हुन्छ ।

तर, जति उमेर बढ्दै जान्छ, त्यति निद्रा घट्दै जान्छ । उमेरअनुसार मस्तिष्कको परिपक्वता बढ्दै जाने भएकाले निद्रा पनि उमेरअनुसार फरक पर्ने हुन्छ । निद्रा लागेन भन्दै स्लिपिङ ट्याब्लेट खानु भने हुँदैन ।

निद्रा नलागेर हैरान हुनुहुन्छ​ भने यस्ता उपाय अपनाउनुहोस् :

–मधुरो प्रकाश बालेर सुत्न ओछ्यानमा जानुभयो भने सजिलोसँग निद्रा पर्छ ।

-आफूलाई सहज हुने गरी सुत्नुहोस् । आफू सुत्ने बिस्तारा नमिलेको खण्डमा पनि निद्रा लाग्दैन ।

-सुत्ने वेलामा पानी पिउनु ठीक भए पनि धेरै पानी पिउँदा राति पिसाब लाग्छ र निद्रा बिग्रन्छ ।

–ओछ्यानमा पल्टिएपछि मोबाइल चलाउँदा निद्रा लाग्दैन । त्यसैले मोबाइल स्विच अफ गरेर अथवा मोबाइल साइलेन्समा राखेर सुत्नुपर्छ ।

–सधैँ एकै समयमा सुत्ने र उठ्ने बानी बसाले अनिद्राको समस्या हट्दै जान्छ ।

–सुत्नुअघि कडा व्यायाम गरे शरीरमा रक्तसञ्चार तीव्र हुन्छ । जसले गर्दा निद्रा लाग्दैन । त्यही भएर सुत्नुभन्दा कम्तीमा चार घण्टाअघि मात्रै व्यायाम गर्नुपर्छ ।

–राति अघाउँजी खाने बानी छ भने त्यो सुधार्नुहोस् । तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खानाले राति मीठो निद्रा लगाउँछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया