मनोचिकित्सक: करुणा कुवर ।

म ३३ वर्षीय विवाहित पुरुष हुँ । मलाई छोटा पहिरन तथा स्वीमिङ ड्रेस लगाएका महिलाहरू"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मनोचिकित्सक: करुणा कुवर ।

म ३३ वर्षीय विवाहित पुरुष हुँ । मलाई छोटा पहिरन तथा स्वीमिङ ड्रेस लगाएका महिलाहरू"/>

२०८३, १८ बैशाख शुक्रबार
काठमाडौँ - KTM

म ३३ वर्षीय विवाहित पुरुष हुँ, छोटा पहिरन लगाएका महिलाहरूलाई हेरिरहन मन लाग्छ किन ?

२०७३, २७ भाद्र सोमबार ०८:०६

मनोचिकित्सक: करुणा कुवर ।

म ३३ वर्षीय विवाहित पुरुष हुँ । मलाई छोटा पहिरन तथा स्वीमिङ ड्रेस लगाएका महिलाहरूलाई हेरिरहन मन लाग्छ र त्यसबाट यौन उत्तेजनासमेत महसुस हुन्छ । यस्तो कुरा विवाहपछि हट्छ कि जस्तो लाग्थ्यो तर हटेन । म श्रीमतीसँग भने सन्तुष्ट छु, तर मलाई किन यस्तो भएको होला भनेर दुविधा हुन्छ ? कृपया मेरो समस्याका बारेमा प्रस्ट पारिदिनुहोला ।  -मि. 

तपार्इंले अनुभूति गरेको कुरामा तपाईंको मनमा विभिन्न दुविधा भएको महसुस भैरहेको हो कि जस्तो बुझिन्छ । यदि त्यसो हो भने तपार्इंमा उब्जिएको दुविधा पछि गएर मनोरोगमा परिणत हुन सक्छ । पछि गएर महिलालाई देखेर हुने यौन उत्तेजनाभन्दा तपाईंको दुविधाले चाहिँ तपाईंको दैनिक जीवनलाई असर गर्न थाल्छ । 

त्यसले श्रीमतीसँगको सम्बन्धमा पनि असर पार्न सक्छ । तपाईंको कुराअनुसार अहिलेसम्म तपाईंको श्रीमतीसँगको सम्बन्ध राम्रो छ, त्यसैले तपार्इंले हाल महसुस गर्नुभएको दुविधा अनि महिलाप्रतिको आफ्नो अनुभूति आफ्नी श्रीमतीसँग बाँड्न सक्नुहुन्छ । 

पुरुषले महिलालाई देख्दा उत्तेजना हुने कुरालाई लिएर धेरै लेख एवं पुस्तकहरूमा चर्चा हुने गरेको पाइन्छ । ती लेखमा पुरुष नै महिलाभन्दा बढी यौन उत्तेजित हुन्छन् भन्ने कुरा उल्लेख भएको देखिन्छ । पुरुषहरूमा यसरी बढी यौन उत्तेजना हुनुको पछाडि यौन उत्प्रेरणा, लैङ्गिक भूमिकाको अपेक्षा तथा यौनसम्बन्धी अवधारणाको प्रभाव हुन सक्छ । यो विषयमा धेरैले चर्चा गरिरहने हँुदा यससम्बन्धी अनेकन् अनुसन्धान पनि भएका छन् । 

टपटेन रिभ्यू डटकमअनुरूप गएको वर्ष ४० करोड वयस्कले पोर्नाेग्राफी वेबसाइट हेरेका थिए, जसमध्ये ७२ प्रतिशत पुरुष तथा २८ प्रतिशत महिला भएको बताइएको छ । विभिन्न प्रोयोगात्मक अध्ययनले महिलाभन्दा पुरुषमा देखेर हुने यौन उत्तेजना बढी हुने कुरा बताइए पनि त्यस्तो किन भएको हो भन्ने कुराचाहिँ अझै अनुसन्धानकै विषय रहँदै आएको छ ।

अनुसन्धानका क्रममा महिला र पुरुष दुवैलाई एकै प्रकारको यौन उत्तेजना हुने दृश्य देखाइएको थियो र दुवैमध्ये कसमा बढी उत्तेजना हुन्छ भनेर यौन उत्तेजना मापन गर्ने यन्त्र जडान गरिएको थियो । त्यस क्रममा यन्त्रको प्रयोगमार्फत उत्तेजना हुँदा यौनाङ्गमा रगतको प्रवाह, मुटुको गति, रक्तचाप, यौनाङ्गको प्रतिक्रिया कति हुन्छ भनेर मापन गरिएको थियो । यसरी गरिएको अनुसन्धानले महिला तथा पुरुष दुवैमा एकै किसिमको प्रतिक्रिया अनि यौन उत्तेजना पनि बराबर भएको पाइयो । 

उक्त अनुसन्धानले महिला र पुरुष दुवैमा देखेर हुने यौन उत्तेजना र दृष्टि क्षमता बराबर हुने कुरालाई पुष्टि गर्‍यो । धेरैजसो संस्कृति अनि समाजमा महिलाले आफ्नो यौनइच्छा अभिव्यक्त गर्ने कुरालाई पापका रूपमा लिइन्छ त कतै त्यो सामाजिक रूपमा स्वीकार्य हुँदैन । कतिपय समाजमा यदि महिलामा यौनइच्छा जागृत भयो भने त्यसलाई नियन्त्रण गर्नुपर्ने मान्यता हुन्छ । त्यसैले धेरैजसो संस्कृतिमा महिलाले सजिलैसँग आफ्नो यौनइच्छा व्यक्त गर्दैनन् । त्यसैले पनि कतिपय लेख वा पुस्तकले महिलामा देखेर हुने यौन उत्तेजनाको क्षमताका बारेमा ठोस रूपमा उल्लेख गर्न नसकेका होलान् । 

तपार्इंले बुझ्नैपर्ने अर्को कुरा के हो भने तपाईंमा छोटा पहिरन वा स्वीमिङ ड्रेस लगाएका महिलालाई देखेर यौन उत्तेजना मात्र हुने हो कि उनीहरूसँग यौनसम्पर्क पनि राख्न मन लाग्ने हो ? तपाईंले यसमा पनि प्रस्ट हुनु आवश्यक छ । यदि त्यस्ता महिलासँग यौनसम्पर्क गर्ने इच्छा पनि हुने हो भने तपाईं कुनै पनि बेला अप्ठ्यारोमा पर्न सक्नुहुन्छ र यसले तपाईंको करियर एवं व्यक्तित्वमै आघात पुर्‍याउन सक्छ । आफ्नो समस्याको पहिचान समयमै गर्न सके तपाईंलाई सजिलो हुनेछ । साप्ताहिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु