२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिनावारी हुँदा के कुरामा ध्यान दिने ?

२०७९, १९ भाद्र आईतवार ०६:४१

काठमाडौँ |सामान्यतया हाम्रो गाउँघरमा महिनावारी हुनु भनेकाे आमा बन्न याेग्य भएकाे भनेर नै बुझाइन्छ। अज कतिलेत हाम्रो शरिरबाट फाेहाेर रगत बाहिर गएको भनेर बुझाउनु हुन्छ । वास्तवमा महिनावारि हाम्रो युटेरसमा ओभरिबाट फटिलाइजेसनका लागि निक्लेको येग फटिलाइ नभई जम्मा हुन्छ र हरेक २५ देखि ३५ दिन मा यो रगतको रूपमा बाहिर आउँछ जस्लाइ हामी रजस्वला, महिनावारी जस्ता नाम दिएका छाैँ। याे करम ४०-४५ वर्षको उमेर सम्म दाेञ्हाेरिने हुदा हामी हरेक महिना परसर्छाै।

यी त भए सामान्य महिनावारी के हाे , कसरी हुन्छ र पहिलोपटकका प्राय भाेगाइहरु। रजस्वला महिलाकाे स्वास्थ सँग पुर्ण रुपमा जाेडिएकाे हुँदा महिनावारी बारे यथार्थ के हाे र हुँदा हामीले के कुरामा ध्यान दिनुपर्छ भन्ने कुराकाे ज्ञान हामीमा हुनुपर्छ ।आजभोलि सामान्यतया रजस्वला बारे चर्चा-परिचर्चा भइरहन्छ। कतिपय मानिसले बुझिपनि सक्नु भएको छ। फेरिपनि हामीले यश बारे बारम्बार कुरा उठाइरहनुपर्छ। हाम्रा सानतिना भुलचुक र व्येवास्थाले भाेलि ठुलो रुप लिएर हाम्रो स्वास्थमा ठुलो बिक्राल पर्ने सक्छ। त्यसैले आज हामी महिनावारी हुँदा के-के कुरामा ध्यान दिनुपर्छ तल उल्लेख गर्दछौं।

१.एउटै प्याड लामाे समय प्रयोग नगर्ने

महिनावारीको बेला आफूलाई सुरक्षित र सफा राख्न हामी प्याडको प्रयोग गर्छौँ तर हाम्रो बानी के छ भने बिहान प्याड लगाएर निस्किएपछि एकै पटक बेलुका घर पुगेर मात्रै चेन्ज गर्छाै। यो काममा जाने महिला साथै कम बिल्डिङ हुने महिलाले प्राय बडि गरेको पाइन्छ । बिल्डिङ कम या जति हाेस् याे खराब बानी हाे जुन कुरा चिकित्सक तथा विज्ञानले बताएको छ । कम्तिमा पनि ३ वा ४ घण्टामा प्याड परिवर्तन गर्नै पर्ने हुन्छ । यसो नगर्दा व्याक्टेरियल इन्फेक्सनको खतरा रहन्छ । साथै सोही अवधिमा सफा पानी वा साबुन पानीले योनीलाई नियमित सफा पनि गरिरहनु पर्दछ ।

२. सामान्य एक्सरसाइज गर्ने

महिनावारी भएको बेला कडा खालका एक्सरसाइजहरु जस्तैः जिम जाने, धेरै दौडिने, योग गर्ने, भारी सामानहरु उठाउने वा शारीरिक बल पर्ने खालका कुनै पनि काम गर्नु हुँदैन । यसो गर्दा शरीरको ब्लड प्रेसर बढ्न जान्छ । जसबाट रक्तश्राव ९ब्लिडिङ० बढ्न जान्छ । तर यो समयमा हल्का एक्सरसाइज भने गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

३.ज्यादा काम नगर्ने

यो अवधिमा शरीर कमजोर बन्ने गर्दछ । त्यसैबेला धेरै तनाव लिने, लामो समयसम्म काम गर्ने वा धेरै कठिन काम गर्ने गर्दा शरीरलाई गम्भीर असर पर्दछ । जसका कारण पेट बढी दुख्ने, कम्मर दुख्ने समस्या देखापर्न सक्छ ।

४. खानामा विशेष ध्यान दिनुपर्छ

यो बेला शरीरलाई अधिक मात्रामा भिटामिनको जरुरत पर्दछ । त्यसैले शरीरलाई आवश्यक पर्ने भिटामिन युक्त खाना मात्रै खाने गर्नु पर्दछ । सेन्डविच, पिज्जा, वर्गर, चिप्स, चाउचाउलगायतका फास्टफुड वा जङ्कफुड खायो भने शरीरले आवश्यक भिटामिन र मिनरल्स प्राप्त गर्न सक्दैन । जसका कारण शरीर कमजोर हुन्छ । यसबाट अन्य रोग लाग्ने खतरा पनि उत्तिकै

रहन्छ । यसका साथै महिनावारीको अवधिमा बढी भन्दा बढी पानी पिउने, ताजा र भिटामिन युक्त खाना खाने, नियमित सफा सुग्घर रहने, दुखाइ कम गर्ने औषधि भरसक नखाने, धेरै तनावका काम नगर्ने वा तनाव नलिने गर्नु पर्दछ ।त्यसैले हामीले खानामा विशेष ख्याल राख्नुपर्दछ।

५. प्रसस्थ मात्रामा पानी पिउने

महिनावारीको अवधिमा शरीरलाई बढी मात्रामा पानीको आवश्यकता पर्दछ ।शरिर डिहाइड्रेट भए पेट दुखाइकाे मात्रा झन् बढ्न सक्छ । त्यसैले बडी भन्दा बडि मात्रामा पानीको सेवन गर्नुपर्छ।

६. पर्याप्त निन्द्रा पुगोस्

यो अवधिमा शरीरलै धेरै भन्दा धेरै आराम चहिने हुँदा पर्याप्त सुत्नु जरुरी हुन्छ । यो बेला करिब ८ घण्टा नियमित सुत्ने गर्नु पर्छ । राती धेरै बेर बस्ने, बिहान चाँडै उठ्ने गर्दा शरीरले आराम पाउँदैन र विभिन्न किसिमका समस्याहरु देखापर्दछन् जस्तै, टाउको दुख्ने, शरीर दुख्ने, पेट दुखाई बढ्ने आदि । त्यसैले यो अवधिमा पर्याप्त मात्रामा शरीरलाई आराम दिनु जरुरी छ ।

७.यौन सम्पर्क नगर्ने

महिनावारीको दौरान असुरक्षित यौन सम्वन्ध राख्नु हुँदैन किनकी यसले संक्रमणको जोखिम बढ्छ र साथै पेटको दुखाई पनि बढ्न सक्छ ।

८. सरसफाइमा विशेष ध्यान दिनुपर्छ

महिनावारी हुँदा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ। सरसफाइमा ध्यान दिइएन भने गन्हाउने सेतो पानी बग्ने, योनी चिलाउने, पिसाब पोल्ने तथा संक्रमण हुन सक्छ। सफाइको कमीले यौनांगमा घाउ भई हिँड्न गाह्रो हुन्छ। यौनांग सफा पानीले धुुनुपर्छ। रगत लागेको छ भने मनतातो पानीले धुुनुपर्छ। यो बेलामा पानीमा फिट्किरी हालेर पनि यौनांग सफा गर्न सकिन्छ। नुहाएर सफा बन्नुपर्छ।

९.पेट नदुख्ने औसधिको सेवन नगराैँ

महिनावारीका क्रममा केही महिलाहरुलाई असैह्य पीडा हुन्छ । पीडाबाट मुक्ति पाउनका लागि उनीहरु पेनकिलर खाने गर्छन् । तर यस्तो बेलामा धेरै औषधिको सेवन हानीकारक हुन सक्छ । यसले किड्नी र फोक्सोलाई असर गर्छ । पीडाबाट छुटकारा पाउनका लागि तातो पानीले सेक्नु उचित हुन्छ ।

१०.महिनावारी गडबडीकाे ख्याल गराैँ

महिनावारीको दौरानमा गुप्ताङ्गबाट रगत बग्छ । तर कसैकसैको हकमा रगतको ढिक्का पनि निस्कन्छ । यसलाई आमरुपमा लिनु हुँदैन । यस्तो समस्या आएको खण्डमा वेवास्ता नगरी डाक्टरकहाँ जानुपर्दछ ।धेरै महिलाहरु आफ्नो मासिक धर्मको डेट याद राख्दैनन् । यही कारणले फेरि कहिले महिनावारी हुन्छ भन्ने उनीहरुलाई आँकलन हुँदैन । महिनावारीको अनुमान नहुँदा उनीहरुले दुख पाउँछन् । त्यसैले महिनावारी भएको डेट याद राख्नुपर्छ । महिनावारी नियमित नभएको खन्डमा डाक्टरकहाँ परामर्श लिन जानुपर्छ ।

११. सुतिकाे कपडाकाे प्रयोजन

लगातार सधैं बजारु प्याड भन्दा सफा सुतिकाे प्रयाेजन पनि राम्रो हुन्छ । केही वैज्ञानिक खाेजले बजारु प्याडकाे अधिक प्रयाेजनले इन्फेकसन हुने र अन्य अरु समस्या आउने बताएको छ। त्यसैले सफा सुतिकाे प्रयाेजन बडाउने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता