२०८३, ४ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलोपटक हवाई यात्रा गर्दै हुनुहुन्छ ? यी कुरामा ख्याल राख्‍नुस्

२०७९, ३१ भाद्र शुक्रबार ०६:३६

काठमाडौँ | पहिलोपटक हवाइजहाजमा यात्रा गर्दा उत्सुकता र डर दुवै हुन्छ । विमान चढ्दा के के कुरामा विचार पुर्‍याउनुपर्छ ? विमान कसरी चढ्ने, सिट कस्तो होला, सिट बेल्ट कसरी बाँध्ने, के के नियम पालना गर्नुपर्ला भन्ने कुराले पनि एक प्रकारको तनाव दिइरहेको हुनसक्छ ।

पहिलोपटक हवाई यात्रा गर्दै हुनुहुन्छ भने तपाईंका लागि एक अनौठो र अविस्मरणीय अनुभव बन्छ । विमानमा प्रवेश गर्दैगर्दा एयर होस्टेसले स्वागत गर्ने क्षण, तपाईं उड्ने र तपाईंको छेउमा बसेको व्यक्तिलाई भेट्दाको अनुभव तपाईंका लागि नौलो लाग्न सक्छन् ।


तपाईं बस्ने सिट र सिट बेल्ट बाँध्ने तरीका एयर होस्टेसले सिकाइदिन्छिन् । त्यसपछि विमान यात्राका दौरान अपनाउनुपर्ने सुरक्षाका नियमबारे तपाईंका माइकमार्फत जानकारी दिइनेछ । यीलगायत पहिलोपटक हवाई यात्रा गर्दा अन्य धेरै कुरामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ ।

टिकट काट्ने प्रक्रिया

हिजोआज डिजिटल प्रविधिको विकाससँगै हवाई टिकट काट्न पहिलेजस्तो कष्ट झेल्नुपर्दैन । मोबाइल बैंकिङ, इसेवा, खल्तीजस्ता डिजिटल वालेटबाट सजिलै आफ्नो गन्तव्यका लागि आफैंले टिकट काट्न सकिन्छ । आफ्नो यी कुरामा पहुँच नभएमा नजिकैको ट्राभल एजेन्सीमा गएर टिकट खरिद गर्न सकिन्छ ।

पहिलोपटक यात्रा गर्ने तपाईंलाई टिकटको क्लासको विषयमा थाहा नहुन सक्छ । टिकटको क्लास समय र शुल्कले पनि निर्धारण गर्छ । तर पनि आन्तरिक विमानमा यसले खास ठूलो अर्थ राख्दैन । आजभोलि बिहान र रात्रि फेयरमा अलि सस्तो टिकट पाउन सकिन्छ ।

अन्य क्षेत्रको टिकटमा खासै फरक नपरे पनि विराटनगर, नेपालगञ्ज, भद्रपुर, सिमरा, भैरहवा, धनगढी, पोखराजस्ता प्रमुख गन्तव्यमा भने टिकट सस्तो–महंगो हुन्छ ।

पहिलेको भन्दा हवाई भाडा अहिले महंगिएको छ । ठिक्कको फेयर टिकटको लागि ४–५ दिनअघि नै टिक लिन सकिन्छ । चाडपर्वको समयमा भने पूरै भाडा नै तिर्नुपर्छ ।

टिकट काटेपछिको तयारी

विमान उडानको समयभन्दा एक–डेढ घण्टा अगाडि नै विमानस्थलमा पुग्नुपर्छ । भीडभाड हुने भएकाले विमानस्थलमा सुरक्षा जाँचका लागि निकै लाइन हुन्छ । बीचमा बोर्डिङ पास, अध्यागमनजस्ता निकायको जाँच भएपछि जहाज चढ्ने स्थानसम्म केही समय लाग्नसक्छ ।  अन्तर्राष्ट्रिय उडानमा जाँदै हुनहुन्छ भने दुई घन्टा अगाडि विमानस्थल पुग्नुपर्ने हुन्छ ।


विमानस्थलमा आफ्नो आधिकारिक परिचयपत्र जस्तै, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी साथै लैजानुपर्छ । यस्तै होटल बुकिङ र स्पोन्सर लेटर लगायत अन्य अत्यावश्यक कागजात पनि साथै राख्नुपर्छ । यसैगरी आन्तरिक उडानमा २० केजी तौलसम्मको सामान लैजान सकिन्छ । त्यसभन्दा बढी लैजानुपरे विमान कम्पनीको नियमअनुसार शुल्क लाग्छ ।

यसैगरी दुई वर्षभन्दा माथिका बालबालिकालाई पूरै टिकट लाग्छ । कुकर, बिरालो विमान लैजान पाइन्छ, तर भ्याक्सिन लगाएको कार्ड भने हुनुपर्छ । विमानमा वृद्धवृद्धा र बिरामीका लागि व्हिल चियरको व्यवस्था गरिएको हुन्छ भने उनीलाई लैजान मद्दत पनि गरिन्छ । बिरामीले औषधि लैजान पाउँछन्, तर त्यसका लागि चिकित्सकको प्रेसक्रिप्सन भने हुनुपर्छ । उडानका दौरान तपाईंलाई कम्पनीको नियमअनुसार खानेकुरा र पेय पदार्थ पनि उपलब्ध गराइन्छ ।

तर सलाई, लाइटर, अचार, बिस्कुट, तरल पदार्थ, मदिरा, खोलेको बोतल, ब्याट्री, चक्कु तथा सरकारद्वारा प्रतिबन्धित अन्य सामग्री विमान यात्रामा लैजान पाइँदैन ।

विमानभित्र छिरिसकेपछि पाइलट र एयर होस्टेसको निर्देशन अनिवार्य मान्नुपर्छ । कुनै अप्ठ्यारो अवस्था आएमा त्यहाँ भएका सुरक्षाकर्मीको मद्दत लिन सकिन्छ । तपाईंको गन्तव्य आएपछि एयर होस्टेसले दिएको जानकारीलाई पछ्याउँदै तपाईं विमानबाट ओर्लनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक