तीब्र रुपमा तौल घटाउनका लागि बेलुकाको खानामा खानुहोस् यी ५ तरकारी, बोसो कम हुन्छ

साझासवाल
3 Min Read

काठमाडौं । तौल घटाउन मानिसले के मात्रै गर्दैनन् ? घण्टौँ व्यायाम, स्वस्थ खानपान र जीवनशैली नै परिवर्तन गरेपनि कतिको तौल घटिरहेको हुँदैन । यस्तो अवस्थामा के खाँदा तौल छिटो भन्ने कुरा धेरैलाई थाहा हुँदैन  तौल बढ्नुको सबैभन्दा ठूलो कारण भनेको रातीको खाना हो । राती अस्वस्थकर खानेकुराका कारण तौल द्रुत गतिमा बढ्छ । यस्तो अवस्थामा तौल घटाउन रातिको खानामा यी तरकारीहरू समावेश गर्नुहोस् । यसो गर्दा तौल घटाउन मद्दत पुग्छ, यसका साथै यी तरकारीले रोग प्रतिरोधात्मक क्षमता पनि बलियो बनाउँछ । यसको नियमित सेवनले पेटको बोसो घटाउन पनि मद्दत गर्छ । यसबारे जानकारी लिऔं ।

लौका

लौका शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनले तौल घटाउन मद्दत गर्छ । बेलुकीको खानामा लौकाको तरकारी खाँदा तौल घटाउनुका साथै पेटको बोसो घटाउन पनि मद्दत पुग्छ । लौका सजिलै पच्ने खानेकुरा हो । यो पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । यसको सेवनले शरीर स्वस्थ रहन्छ । लौकामा क्याल्सियम, आइरन र जिंक आदि प्रशस्त मात्रामा पाइन्छ ।

केल

केल एक प्रकारको हरियो तरकारी हो । यो बन्दागोभीको प्रजातिमा पर्छ । यो तरकारी पनि शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसमा प्रशस्त मात्रामा आइरन पाइन्छ, जसले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्छ । बेलुकीको खानामा केल खाँदा पेटको बोसो कम हुनुका साथै तौल घट्छ । केल खाँदा शरीरको मेटाबोलिजम बढ्छ र तौल घटाउन मद्दत गर्छ ।

पालुङ्गो

पालुङ्गो पनि शरीरका लागि निकै फाइदाजनक हुन्छ । पालुङ्गोको तरकारीमा प्रशस्त मात्रामा आइरन पाइन्छ । यसले शरीरको हेमोग्लोबिन बढाउन मद्दत गर्छ । यसले तौल घटाउनुका साथै  पेटको बोसो पनि घटाउँछ । पालुङ्गोको सुपसमेत बनाएर खान सकिन्छ ।

ब्रोकली

ब्रोकलीले तौल घटाउन मद्दत गर्छ । ब्रोकलीमा फाइबर, आइरन, क्याल्सियम, पोटासियम, फोलिक एसिड र भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । ब्रोकली निकै छिटो पच्छ पनि । मुटुलाई स्वस्थ राख्नुका साथै यसले शरीरको हड्डीलाई बलियो बनाउन पनि मद्दत गर्छ । ब्रोकलीलाई सलाद बनाएर सजिलै खान सकिन्छ ।

गाजर

गाजर शरीरको लागि धेरै स्वस्थकर छ । गाजरलाई जुनसुकै तरकारीमा मिसाएर खान सकिन्छ । गाजरमा आइरन, फाइबर, कार्बोहाइड्रेट, प्रोटिन र पोटासियम प्रचुर मात्रामा पाइन्छ । गाजरले तौल घटाउनुका साथै पेटको बोसो पनि घटाउँछ । गाजर खाँदा शरीरको कमजोरी हट्छ र छाला पनि चम्किलो हुन्छ ।

Leave a Comment

Leave a Reply