महिलाहरुले परपुरुषसँग अवैध सम्बन्ध राख्ने पाँच कारण यस्ता रहेछन

साझासवाल
3 Min Read

आफ्नो पति हुँदाहुँदै कतिपय विवाहित महिलाहरुले परपुरुषसँग अवैध सम्बन्ध राख्ने गर्छन । कुनै पनि परपुरुषसँग शारीरिक सम्बन्ध राख्ने इजाजत हाम्रो संस्कृतिले दिँदैन । तर पनि कतिपय महिलाहरु परपुरुषसँग आकर्षित हुने गरेको पाइन्छ । व्यक्तिगत रुपमा यसको कारण फरक(फरक हुनसक्छ । विभिन्न कारणहरुले गर्दा महिलाहरु परपुरुषसंग अवैध सम्बन्ध राख्ने गर्छन । यी हुन् त ती पाँच कारणहरु ।

१. पैसाको चाहना: प्राय महिलाहरु खर्चको मामलामा पुरुषभन्दा केही अघि हुन्छन् । त्यसो त खर्च गर्नुपर्ने ठाउँहरु पनि महिलाका लाधेरै हुन्छ । स‌िंगारपटार, लुगाफाटो, गरगहना अनि विलाशितामा महिलाहरुको विशेष चाख पाइन्छ । साथीसंगीहरु ठाँटिएर हिँड्दा र विलाशी जीवन बिताउँदा स्वभाविक रुपमा उनीहरुलाई पनि लोभ्याउँछ । यस्तो अवस्थामा जब पतिले आफ्ना सानाभन्दा साना आकांक्षाहरु पनि पूरा गर्न सक्दैन, तब महिलाहरु परपुरुषतर्फ आकर्षित हुन्छन् ।

२. यौन समस्या: कतिपय पुरुषमा के पनि समस्या हुन्छ भने उनीहरु आफ्नो पत्नीलाई यौनसम्बन्धका दौरान पूर्ण सन्तुष्टि दिन सक्दैनन् । यसमध्ये केहीमा यौन समस्या हुने गरेको पाइन्छ भने केहीले पार्टनरको फिलिङ्सलाई ख्याल नराखी सम्बन्ध राख्छन् । यसले महिलालाई पूर्णसन्तुष्टि दिन सक्दैन । अनि उनीहरु परपुरुषप्रति आकर्षित हुन थाल्छन् ।

३. एक्लोपना: पुरुषहरु प्रायस् काममा व्यस्त हुने भएकाले घरबाहिर नै रहन्छन् । उनीहरुले पत्नीलाई पर्याप्त समय दिन सक्दैनन् । अझ हाम्रोजस्तो मुलुकमा त हजारौँ युवा विवाह गरेर विदेशिएका छन् । यस्तो अवस्थामा लामो समयसम्म उनीहरुबीच भेटघाटसमेत हुँदैन । यता पत्नीहरुलाई भने एक्लोपनाले सताउन थाल्छ । यौन चाहना पनि विस्तारै बढ्दै जान्छ । अनि नचाहेरै पनि उनीहरुमा विकल्पको सोच उत्पन्न हुन्छ । जसले उनीहरुलाई परपुरुषको जालमा पुर्‍याउँछ ।

४. पश्चिमी प्रभाव: पश्चिमी समाज हाम्रो तुलनामा निकै उदार छ । त्यहाँ विवाह र सम्बन्धविच्छेद निकै आमविषय हुन् । मन पर्दा सम्बन्ध जोड्छन्, नपरेको दिन छुट्टिन्छन् । यस्तो गर्दा पनि समाजले केही चासो राख्दैन । विवाह नै नगरी सँगै बस्दा पनि कसैको टाउको दुखाई हुँदैन । अहिले युवापुस्तामा त्यस्तो कल्चरप्रतिको आकर्षण निकै पाइन्छ । उनीहरु पनि त्यस्तै स्वतन्त्रता चाहन्छन् । जसले हाम्रो समाजमा गलत मानिने परपुरुष सम्बन्धतर्फ आकर्षित गराउन भूमिका खेलिरहेको छ ।

५. बढी उमेरको वा मन नपरेको जीवनसाथी: हामीकहाँ विवाह अझै पनि आफूलेमात्र चाहेर हुने अवस्था छैन । त्यसमा परिवारको पनि स्वीकृति अनिवार्य मानिन्छ । अझै धेरैले त बाबुआमाले खोजेको वा अभिभावकले मात्र मन पराएको केटासँग विवाह गर्छन् । यस्तो अवस्थामा जीवनसाथी आफूले चाहेको र मनपराएको जस्तो नहुन सक्छ । कतिपय बढी उमेरका हुने गरेको पाइन्छ भने कतिपयको रुपरंग मन नपर्ने खालको हुनसक्छ । यस्तो अवस्थामा पत्नीहरु पतिप्रति विकर्षित र परपुरुषप्रति आकर्षित हुने जोखिम बढ्छ । एजेन्सी ।

Share This Article
Leave a Comment

Leave a Reply