2026-08-04 12:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दूधमा मखनाको धूलो मिसाएर पिउनुहोस्, स्वास्थ्यलाई मिल्छ ५ अचम्मका फाइदा

काठमाडौँ | मखनाको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । हामीमध्ये धेरैले मखनालाई विभिन्न तरिकाले उपभोग गरेका छौँ । तर के तपाईंले कहिल्यै दूधमा मखना पाउडर मिसाएर खानुभएको छ ? दूधमा मखना पाउडर मिसाएर पिउनाले अथाह स्वास्थ्य लाभ मिल्छ भन्ने तपाईंलाई थाहा छ ? दूधमा क्याल्सियम, भिटामिन, प्रोटिन आदि प्रचुर मात्रामा पाइन्छ ।

यस्तै, मखनाको कुरा गर्दा यसमा प्रोटिन, क्याल्सियम, स्वस्थ फ्याटका साथै धेरै आवश्यक भिटामिन र मिनरल्स पनि पाइन्छ । भारतकी क्लिनिकल न्यूट्रिशनिस्ट तथा डाइटिशियन गरिमा गोयलका अनुसार हरेक रात सुत्नुअघि दूधमा १–२ चम्चा मखनाको धूलो मिसाएर खाएमा यसले धेरै स्वास्थ्य लाभ दिन्छ । यस लेखमा हामी तपाईलाई यसका ५ फाइदाहरु बताइरहेका छौँ ।

दूधमा मखनाको धुलो हालेर पिउनुका फाइदा

१. हड्डी बलियो हुन्छ

प्रोटिन, क्याल्सियम जस्ता आवश्यक पोषक तत्वहरूको प्रचुर मात्राको कारणले गर्दा, यो संयोजनले तपाईंको दाँत र हड्डीहरूलाई बलियो बनाउन मद्दत गर्दछ । यसले दाँत झर्ने र कमजोर हुनबाट रोक्छ, साथै हड्डी भाँच्चिने जोखिमलाई कम गर्छ ।

२. शरीर बलियो बनाउँछ

शारीरिक कमजोरी हटाएर यो संयोजनले तपाईंको शरीरलाई भित्रबाट बलियो बनाउँछ । यसले तपाईंको शरीरलाई ऊर्जा प्रदान गर्छ र थकान हटाउँछ । यसले शरीरलाई पोषण प्रदान गर्न पनि फाइदा गर्छ । यसले मांसपेशीलाई पनि बलियो बनाउँछ ।

३. पेट स्वस्थ राख्छ

बिहान पेट राम्ररी सफा नहुने समस्या पनि यसले हटाउँछ । राति सुत्ने बेलामा यो खाँदा पेट सम्बन्धी समस्याबाट बच्न सकिन्छ । यसले तपाईंको पाचन क्रियालाई स्वस्थ राख्न मद्दत गर्छ । कब्जियत, पेट दुख्ने, पेट फुल्ने, पखाला लाग्नेजस्ता समस्यालाई टाढा राख्न यसले सहयोगी भूमिका निर्वाह गर्छ ।

४. मुटु स्वस्थ राख्छ

मखनामा अल्कालोइड यौगिकहरू पाइन्छ, जसले हृदय रोगको जोखिम कम गर्न मद्दत गर्दछ । यसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । दूध र मखनाको धूलोको सेवनले मुटुको मांसपेशी पनि स्वस्थ रहन्छ र मुटुले राम्रोसँग काम गर्छ ।

५. ब्लड सुगरलाई नियन्त्रणमा राख्छ

दूध र मखनाले तपाईंको पाचन मात्र सुधार गर्दैन, यसले रगतमा चिनीको मात्रालाई पनि नियन्त्रण गर्छ । मखनामा एन्टी–डायबेटिक गुण हुन्छ, जसले ब्लड सुगरलाई मात्र नियन्त्रणमा राख्दैन, मधुमेहको लक्षणबाट पनि राहत दिन्छ । ओन्ली माई हेल्थ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नारायणगढ सडक अवरुद्ध पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन