गर्भावस्थामा संगीत
योगिता कादियानका अनुसार गर्भावस्थामा गीत सुन्दा गर्भको बच्चाको बौद्धिक, मानसिक, व्यवहार र भावनात्मक विकासमा मद्दत पुग्छ ।
बच्चाले कहिले संगीत सुन्न थाल्छन्
गर्भावस्थाको दोस्रो त्रैमासिकमा बच्चाहरूले संगीत सुन्न सक्छन् । तर उनीहरुले गर्भावस्थाको तेस्रो त्रैमासिकमा मात्र आवाजमाथि प्रतिक्रिया दिन थाल्छन् । गर्भावस्थाको नवौं हप्ताको सुरुमा, बच्चाको कान बन्न थाल्छ । १८ औं हप्तामा बच्चाले सुन्न थाल्छ र त्यसपछि उसको आवाजप्रतिको संवेदनशीलता दिनहुँ सुधार हुन थाल्छ । गर्भावस्थाको २५ देखि २६ हप्तामा, बच्चाले बाहिरी आवाजहरूमा प्रतिक्रिया दिन्छ । तेस्रो त्रैमासिकमा, बच्चाले आमा र वरिपरिको आवाज सुनेर उनीहरुलाई चिन्न थाल्छ ।
गर्भावस्थामा संगीत सुन्नुको फाइदा :
श्रवण इन्द्रियहरू राम्रो हुन्छन्
संगीतलाई बच्चाले राइम, आवाजको रूपमा महसुस गर्छ । बच्चाले यी कुराहरूमा ध्यान केन्द्रित गर्दछ र यसले सतर्कता सुधार गर्दै संज्ञानात्मक कौशल र सुन्ने सेन्सलाई उत्तेजित गर्छ ।
व्यक्तित्व विकासलाई बढावा दिन्छ
गर्भावस्थाको समयमा संगीत सुन्दा बच्चाको व्यक्तित्वलाई आकार दिन मद्दत गर्न सक्छ, किनकि ऊ धेरै बुद्धिमान व्यक्ति बन्न सक्छ । यस्तै गरी, मधुर संगीत सुन्ने आमाको बच्चा शान्त हुन्छ, तर चर्को संगीत सुन्ने आमाको बच्चा रिसाहा हुन सक्छ ।
तयाद राख्नुहोस् संगीतमा एउटा विशेष लय र ढाँचा हुन्छ जुन बच्चाले चिन्न र याद राख्न सहज हुन्छ । यो विश्वास गरिन्छ कि बच्चाको श्वासप्रश्वासको ढाँचा उसले सुनेको धड्कन र आवाज अनुसार परिवर्तन हुन्छ । त्यसैले चर्को आवाजको संगीत बच्चाका लागि हानिकारक हुन्छ जसले तनाव र रक्तचाप पनि बढाउन सक्छ । त्यसैले गर्भावस्थामा सफ्ट म्युजिक सुन्नुहोस्, जसले गर्भमा रहेको बच्चालाई खुसी राख्छ ।
बच्चाको मुभमेन्टमा सुधार
गर्भमा रहेको बच्चाले पनि संगीत सुन्न सक्छ । जब बच्चाले कम्पन सुन्छ तब उसले धुनसँगै चल्ने कोसिस गर्न थाल्छ । यसले बच्चाको प्रतिक्रियामा सुधार हुन्छ । म्युजिक रिदमिक साउन्ड वेव्सको रुपमा बच्चासम्म पुग्छ । बच्चाले यसमा ध्यान लगाउँछ जसका कारण उसको कग्निटिभ स्किल्स र अडिटरी सेन्सि एक्साइटेड हुन्छ । यो शिशुको मानसिक विकाशका लागि निकै राम्रो हुन्छ ।
तनाव कम हुन्छ
गर्भावस्थामा धेरै तनाव महसुस हुन्छ र यो अवस्थामा थुप्रै महिलालाई एङ्जायटीसमेत हुने गर्छ । शरीरमा भइरहेको परिवर्तन र बच्चाको स्वास्थ्यको चिन्ताले पनि महिला तनावमा रहन्छन् । यस्तो अवस्थामा संगीतले तनाव कम गर्न मद्दत गर्छ । संगीतले बच्चालाई पनि आराम दिन्छ । यो गर्भावस्थाको समयमा तनाव कम गर्नका लागि एक प्रभावकारी तरिका हो ।
बच्चाको व्यक्तित्व
गर्भवती आमाले सुन्ने संगीतले बच्चाको व्यक्तित्वमा प्रत्यक्ष प्रभाव पार्ने विश्वास गरिन्छ । उदाहरणका लागि, हल्का संगीत सुन्दा बच्चालाई शान्त पार्न सक्छ । अर्कोतर्फ, बच्चाहरू चर्को खालको संगीत सुन्दा बदमास र रिसाहा खालका बन्न सक्छन् । यद्यपि, यो प्रमाणित गर्न कुनै अनुसन्धान भने गरिएको छैन ।
गर्भावस्थामा कति समयसम्म संगीत सुन्ने ?
कुनै पनि कुराको अत्यधिक प्रयोगले फाइदाको सट्टा हानि पनि गर्छ । गर्भावस्थामा एक घण्टा भन्दा बढी संगीत सुन्नु हुँदैन । यदि तपार्इं आफ्नो पेटमा हेडफोन राख्दै हुनुहुन्छ भने, यसलाई एक पटकमा ५–१० मिनेट भन्दा बढी नराख्नुहोस् । यदि गीत सामान्य भोल्युममा स्पिकरमा बजिरहेको छ भने, तपाईं दिनभर गीतहरू सुन्न सक्नुहुन्छ । तपाईंले के याद राख्नुपर्छ भने बच्चा धेरैजसो समय गर्भमा सुत्ने गर्छ, त्यसैले संगीतले उसको निद्रामा बाधा पुर्याउनु हुँदैन । धेरै संगीत सुन्दा बच्चाको निद्रामा बाधा पुग्न सक्छ ।
गर्भावस्थाको समयमा गीतहरु सुन्नु
गर्भमा हुँदा संगीतको एक्सपोजरले भर्खरै जन्मेको बच्चाको मानसिक, व्यावहारिक, भावनात्मक, मनोवैज्ञानिक विकास हुन्छ । भारतीय शास्त्रीय संगीत र हल्का संगीतले गर्भवती महिला र उनीहरूका गर्भमा रहेका बच्चाहरूमा राम्रो प्रभाव पार्ने अनुसन्धानले देखाएको छ । अध्ययनमा, गर्भवती महिलाहरूको समूहलाई हरेक दिन कम्तिमा २० मिनेटको लागि यस्तै गीतहरू सुन्न प्रोत्साहित गरिएको थियो । २० दिन पछि, अन्वेषकहरूले गर्भमा रहेको बच्चाको सतर्क गतिविधि र मानसिक उत्तेजनामा सुधार देखे, जबकि यसले गर्भवती महिलामा शान्त र सकारात्मक प्रभाव पारेको देखियो ।
गर्भावस्थामा कति र कस्तो संगीत सुन्नुपर्छ ?
जब गर्भवती महिलाका लागि सङ्गीत सुन्ने कुरा आउँछ तब केही कुरामा ध्यान दिन आवश्यक छ । जस्तै ः
– मीठो सुमधुर गीतहरू सुन्नुहोस् ।
– पप गीतहरू पनि सुन्नुहोस् तर भोल्युम कम राख्नुहोस् ।
– आफ्नो मनपर्ने संगीत सुन्न हेडफोन प्रयोग गर्नुहोस् ।
– यदि तपाईं पेटमा हेडफोन राख्न चाहनुहुन्छ भने, यसलाई ५–१० मिनेटको लागि राख्नुहोस् ।
– स्पिकरमा संगीत बजिरहेको छ भने कम भोल्युममा सुन्नुहोस् ।
– धेरै संगीत बजाउँदा बच्चाको निद्रा बाधित हुन सक्छ।
गर्भावस्थामा यस्ता गीतहरु सुन्नुहोस् जसले आमा र बच्चा दुवैले स्वास्थ्य लाभ पाउन सकून् ।
– बच्चालाई दिनहुँ सुत्न र आरामको आवश्यकता पर्छ, त्यसैले गर्भावस्थाको समयमा सधैँजसो ठूलो स्वरमा संगीत नसुन्नुहोस् ।
– संगीत एक मूड बूस्टर हो र तनाव कम गर्न एक सजिलो तरिका हुन सक्छ ।
– शारीरिक र मानसिक रोगहरुको उपचारका लागि प्राचीन कालदेखि नै संगीत थेरापीको प्रयोग हुँदै आएको छ ।
– केही शल्यचिकित्सकहरूले बिरामीलाई मनपर्ने गीत बजाउँदा अपरेटिङ कोठामा तनाव कम गर्न निकै मद्दत गर्ने बताउँछन् ।
– गर्भावस्थामा संगीत सुन्दा आमा र गर्भमा रहेको बच्चा दुवैलाई धेरै फाइदा पुग्ने अध्ययनले देखाएको छ ।
गर्भावस्थामा गीत सुन्दा बच्चाको दिमाग तेज हुनुको साथै बच्चाको चालमा सुधार, यस्ता छन् फाइदाहरु….
Leave a Comment