2026-08-03 10:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हातखुट्टा बाउँडिनबाट जोगिन कस्तो खानेकुरा खाने ?

पुस १९, काठमाडौँ । चिसो बढेसँगै हाम्रो शरीरमा धेरै समस्याले डेरा जमाउने गर्छ । अहिले धेरैलाई सताउने समस्या हो, हातखुट्टा बाउँडिने समस्या । कहिलेकाहीँ यत्तिकै हातगोडा बाउँडिने गर्छ । हातगोडा बाउँडिँदा पीडा त हुन्छ नै, काम गर्न पनि अप्ठ्यारो हुन्छ ।

कसैलाई बसिरहेको समयमा, कसैलाई काम गर्दागर्दै त कतिलाई आराम गर्दा पनि हातगोडा बाउँडिन्छ । कसैलाई बसिरहेको बेला, सुतेको समयमा वा काम गर्ने समयमा पनि अनावश्यक रुपमा कहिलेकाहीँ हातगोडा बाउँडिने गर्छन ।

हातगोडा बाउँडिँदा अत्याधिक पीडा त हुन्छ नै, केही समयसम्म दुखि रहने गर्छ । कसैलाई बसिरहेको समयमा, कसैलाई काम गर्दागर्दै त कतिलाई आराम गर्दा पनि हातगोडा बाउँडिन्छ ।

शरीरमा पोटासियमको कमी हुँदा हातगोडा बाउँडिने, मासु फर्कने समस्या निम्तिन्छ । यसबाट बच्न केरा, पात भएका तरकारी, ड्राई फुड्स खानु फाइदाजनक हुन्छ ।

शरीरमा तरल पदार्थ तथा मिनरल्सको कमीले पनि खुट्टा बाउँडिने समस्या देखापर्छ । बसाइ नमिल्दा शरीरको कुनै एक भागमा मात्रै दबाब पर्न गयो भने उक्त भागमा पोषण र अक्सिजनको प्रभाव कम हुन्छ । यसकारण पनि मासु बाउँडिने गर्छ ।

शरीरमा रक्तसञ्चार राम्ररी नभए पनि मांसपेशी बाउँडिने समस्या निम्तिन्छ । यसको रोकथामका लागि केही तातो लगाएर रक्तसञ्चारलाई प्रभावकारी बनाउनुपर्छ ।

यो समस्याबाट छुट्कारा पाउन कस्तो खानेकुरा खाने ?

यो समस्याबाट छुट्कारा पाउनका लागि केही प्रोटिन तथा रेसादार फलफूल निरन्तर खानुपर्छ । 

दूध 

दुध इलोक्ट्रोलाइट्सको प्राकृतिक स्रोत हो । दूधमा क्याल्सियम, पोटासियम र सोडियम पाइनुका साथै प्रोटिन पनि उल्लेख्य मात्रामा पाइन्छ । दूधले शरिरलाई हाइड्रेट राख्नुका साथै प्रोटिनको मात्रा पनि धेरै भएका कारण च्यातिएका मांसपेशीका तन्तुहरूको सुधारमा पनि सहयोग गर्छ ।

केरा 

केरा फलफूलहरूमा गुणकारी फल हो । जुनसुकै समस्यामा पनि केरा सेवन गर्न मिल्छ । केरामा पोटासियम, क्याल्सियम र म्याग्नेसियम प्रचुर मात्रामा हुने हुँदा केरा सेवनले मांशपेशी बाउँडिने समस्या समाधानमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

सखरखण्ड

यस्तै हाम्रो शहरिया परिवेशमा सखरखण्डलाई पर्व विशेष फलका रूपमा हेर्ने गरिन्छ । ढुलो एकादशीतिर प्रयोगमा देखिने सखरखण्ड पौष्टिक तत्व प्रचुर मात्रामा हुन्छ । सखरखण्डमा पनि पोटासियम, क्याल्सियम र म्याग्नेसियम पाइन्छ ।

एभोकाडो

यस्तै एभोकाडोलाई स्वास्थ्य विज्ञानले एउटा उपनाम दिएको छ – पोटासियम पावरहाउस । एउटा एभोकाडोमा एउटा सखरखण्डमा हुनेभन्दा दुईगुना पोटासियम हुन्छ । पोटासियमले मांसपेशीलाई स्वस्थ बनाउँदै मुटुलाई पनि स्वस्थ राख्छ । त्यसैले, जति सकिन्छ एभोकाडो खाएको राम्रो ।

गेडागुडी

केराउ, मटर, मास, राज्मा, भटमास, बोडीलगायत सबै गेडागुडीमा म्याग्नेसियमको मात्रा धेरै हुन्छ । एक कप पकाएको गेडागुडीमा ७१ मिलिग्रामसम्म म्याग्नेसियम हुन्छ । गेडागुडी सेवनले शरीरमा फाइबरको मात्रा पनि पुग्छ ।

खरबुजा

खरबुजा इलेक्ट्रोलाइट्सको पूर्ण प्याकेज हो भन्दा फरक नपर्ला । एकदम धेरै पोटासियम, धेरै क्याल्सियम र म्याग्नेसियम र ठिक्क मात्रामा सोडियम हुने खरबुजामा प्रशस्त मात्रामा पानी पाइन्छ । कसरत गर्दा पसिनाबाट शरिरमा भएको सोडियम र पानी बाहिरिन्छ ।

पानी

शरीरमा पानीको मात्रा कम भएमा डिहाइड्रेसन भएर मांसपेशी बाउँडिने समस्या झन बढ्छ । त्यसैले हरेक दिन खरबुजा खाँदा मसल र्क्याम्पमात्र होइन डिहाइड्रेसनको समस्या पनि आउँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नारायणगढ सडक अवरुद्ध पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन