2026-09-18 04:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तौल घटाउन देखि क्यान्सर रोक्न सम्म अमृततुल्य हो मेवा, जान्नुहोस् फाइदाहरु !

एजेन्सी | मेवा कसलाई मन नपर्ला र ? अझ बोटमै पाकेको मेवा झन् आहा । ‘सेवा गरे, मेवा मिल्छ’ उखान यसै बनाइएको होइन । मेवा सबैलाई मन पर्ने फलफुल भित्र पर्ने भएकोले नै यो उखान बनाएका हुनुपर्छ हाम्रा पुर्खाहरुले । मेवा खानको लागि मात्र स्वादिष्ट छैन । यो स्वास्थ्यको लागि पनि अति फाइदाजनक हुन्छ । मेवा स्वास्थ्यका लागि धेरै लाभदायक फल हो । पेटका लागि मेवा वरदान हो किनकि यसमा भिटामिन ए, बी, सी र फाइबर भरपूर हुन्छ । यसका अतिरिक्त यसमा फस्फोरस, पोटेसियम, आइरन, एन्टीअक्सिडेन्ट्स, कार्बोहाइड्रेट, प्रोटीन र सोडियम जस्ता खनिज पदार्थ छन् । यी सबै स्वास्थ्यका लागि राम्रो हुन्छन् ।

१. मेवाको स्वास्थ्यवर्धक गुणः

गुणको खानी भनिने मेवा तपाईंको पेटका साथै तपाईंको छालाको सुन्दरता बढाउन पनि सहयोग गर्दछ। यो एउटा यस्तो फल हो जसमा भिटामिन सी, ए, पोटासियम, क्याल्सियम र आइरन प्रचुर मात्रामा पाइन्छन्। यसका साथै स्वास्थ्यका लागि हितकारी पनि मानिन्छ। मेवाका केही उत्कृष्ट स्वास्थ्य लाभका सूची यहाँ दिइएका छन्।

२. तौल घटाउन सहयोगीः

गुलियो भएता पनि क्यालोरीमा कम मेवालाई तौल कम गर्न चाहना राख्नेहरुले आफ्नो खानामा समावेश गर्नुपर्छ । यसका साथै मेवामा पाइने फाइबरले तपाईंको भोकलाई मेटाउने गर्दछ भने आन्द्राको कार्यलाई ठिक स्थानमा राख्दछ । फलस्वरुपः तौल घटाउन सजिलो हुने गर्दछ ।

३. आँखाको लागि फाइदाजनकः

मेवा आँखाका रोगीहरुका लागि निकै फाइदाजनक मानिन्छ । यसमा प्रचुर मात्रामा भिटामिन ए पाइने भएकाले आँखाको ज्योती कम हुनबाट जोगाउँछ । यसको सेवनले रतन्धो रोगको निवारण हुन्छ र आँखाको ज्योती बढ्ने गर्दछ ।

४. कोलेस्ट्रोल कम गर्दछः

मेवामा फाइबर, भिटामिन सी र एन्टी अक्सिडेन्टको मात्रा अत्यधिक हुने भएकाले तपाईंको रक्त कोसिकामा कोलेस्ट्रोलको ढिक्का बन्नबाट जोगाउँछ । कोलेस्ट्रोलको ढिक्का हृदयघात र उच्च रक्तचापसमेत विभिन्न हृदय रोगको कारण बन्न सक्छ ।

५. महिनावारीको पीडाबाट छुटकाराः

मेवामा पेपेन नामक एन्जाइमले महिनावारीको क्रममा रक्त प्रवाहलाई ठिक गरेर पीडा कम गर्न मद्दत गर्दछ । त्यसकारण महिनावारीको पीडाबाट गुज्रिरहेका महिलाले आफ्नो आहारमा मेवालाई समावेश गर्नुपर्छ ।

६. प्रतिरोधी क्षमतालाई बलियो बनाउँछः

तपाईंको प्रतिरोधी क्षमता विभिन्न संक्रमणविरुद्ध ढालको रुपमा काम गर्ने गर्दछ । एउटा मेवामा मात्र यति भिटामिन हुन्छ जुन तपाईंको प्रतिदिनको भिटामिन सीको आवश्यकताको लगभग २ सय प्रतिशत हुने गर्दछ । यसरी यसले तपाईंको प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने गर्दछ।

७. मधुमेह रोगीका लागि फाइदाजनकः

स्वादमा गुलियो भएता पनि यसमा सुगर नाममात्रको हुने गर्दछ त्यसकारण मेवा मधुमेह रोगीका लागि राम्रो आहारको रुपमा एक उत्कृष्ट विकल्प हो । यसका साथै, जो मधुमेह रोगी छैनन्, यसको सेवनले मधुमेहको खतरा टाल्न सक्छ ।

८. क्यान्सरलाई रोक्न प्रभावकारीः

केही अध्ययनका अनुसार मेवाको सेवनले कोलन र प्रोजेक्ट क्यान्सरको खतरालाई कम गर्न सकिन्छ । मेवामा एन्टी–अक्सिडेन्ट, फिटोन्यूट्रियन्ट्स र फ्लेवोनायड्स प्रचुर मात्रामा हुन्छन् । यसका साथै, यसमा पाइने भिटामिन सी, बीटा क्यारोटिन र भिटामिन इले शरिरमा क्यान्सरको सेल बन्नबाट रोक्छ त्यसकारण आफ्नो आहारमा मेवा समावेश गर्नुहोस्।

९. तनाव कम गर्छः

यो उत्कृष्ट फलमा तनाव कम गर्ने ताकत पनि हुन्छ । युनिभर्सिटी अफ अल्बामामा भएको एक अध्ययनका अनुसार लगभग २ सय मिलिग्राम भिटामिन सी स्ट्रेस हर्मोनलाई संचालित गर्नमा सक्षम हुन्छ र मेवामा भिटामिन सी प्रचुर मात्रामा पाइने गर्दछ ।

१०. पाचन क्रियालाई बलियो बनाउँछः

मेवामा फाइबरका साथै पपेन नामक एक एन्जाइम हुन्छ जसले तपाईंको पाचन शक्तिलाई बलियो बनाउँछ। यो एन्जाइम आहारलाई पचाउनमा निकै सहयोगी हुन्छ । जसलाई पेटसम्बन्धि समस्या छ जस्तै कब्जियत छ भने उनीहरुले मेवाको सेवन नियमित रुपमा गर्नुपर्छ।

११. बुढ्यौली रोक्छः

हामी सबैजना सधैं जवान रहन चाहन्छौं, तर कोही पनि यसमा सफल भने हुन सक्दैनौं। तरपनि, स्वास्थ्यबद्र्धक बानी र मेवालाई आफ्नो आहारमा समावेश गरेर तपाईंले आफ्नो उमेरलाई कम गर्न सक्नुहुन्छ। मेवामा भिटामिन सी, भिटामिन इ र बीटा क्यारोटिन, एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा हुन्छ जसले शरिरको पोषणको आवश्यकता पूरा गरेर तपाईंलाई वर्षौंसम्म जवान बनाइराख्छ।

१२. जोर्नी दुखाईबाट बचाउः

जोर्नी दुखाइले शरिरलाई दुर्बल बनाउनुका साथै तपाईंको जीवनशैलीलाई पनि नराम्रोसँग प्रभावित गर्ने गर्दछ । यसमा भिटामिन सीका साथै एन्टि इन्फ्लामेटरी गुण हुने भएकाले मेवा खानु तपाईंको हड्डीका लागि प्रभावकारी मानिन्छ । एक अध्ययन अनुसार भिटामिन सीयुक्त खानेकुराको सेवन नगर्नेहरुमा जोर्नी दुखाईको खतरा भिटामिन सीको सेवन गर्नेहरुभन्दा लगभग तीन गुणा बढि हुन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया