८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

बसाइँसराइले स्यांग्जाको सिरुबारी होमस्टे प्रभावित बन्दै

२ कार्तिक २०७३, मंगलवार ०३:१३

कात्तिक २, वालिङ । स्याङ्जाको दरौं सिरुबारीमा रहेको नेपालकै सबैभन्दा पुरानो घरबास (होमस्टे) बसाइँसराइका कारण प्रभावित बन्दै गएको छ । 

क्याप्टेन रुद्रमान गुरुङको अवधारणा अनुसार २०५४ सालदेखि सुरु भएको सिरुबारी होमस्टेमा हाल १७ वटा घरमामात्रै घरबासको व्यवस्था रहेको पर्यटन विकास समिति सिरुबारीका सदस्य संयोजक जुम गुरुङले बताउनुभयो । 

“सुरुको अवस्थामा ३९ वटा घरमा १५० जना अतिथि राख्न मिल्ने होमस्टेको व्यवस्था मिलाएका थियौँ” सदस्य संयोजक गुरुङले भन्नुभयो, “अहिले २२ वटा घरका भूतपूर्व ब्रिटिस आर्मीलाई बेलायतले आवासीय सुविधा दिएका कारण जानुभया, जसले गर्दा हाल १७ घरमा ६० जनालाई होमस्टेको व्यवस्था रहेको छ ।” 

विदेश गएर खाली भएका घरमा पाहुना राख्न मिलेपनि खाना खाने व्यवस्था नरहेकाले अर्को घरमा खाना खाएर खाली घरमा बास बस्नु त्यो होमस्टे नभएर होटल हुने भएकाले १५० जनाकै क्षमता भएपनि ६० जनासम्मलाई खाना तथा बास बस्ने व्यवस्था मिलाएको समितिले जनाएको छ । 

स्थानीय वेषभूषा झल्कने पोसाक तथा बाजागाजासहित फूलमालाले पाहुनालाई स्वागत गर्ने चलन रहेको छ” सदस्य संयोजक गुरुङले भन्नुभयो, “यहाँ आउने पाहुनाले अतिथि सत्कार गर्ने तरिकालाई निक्कै नै मन पराउने गरेको बताउँछन् ।” 

सकेसम्म स्थानीय परिकारलाई प्राथमिकता दिने र केही सामान बजारबाट ल्याइए तापनि स्थानीय तरिकाले बनाइने गरेको छ । आन्तरिक पर्यटक दुई हजार ८०० र बाह्य पर्यटक ५०० गरी वार्षिक झन्डै तीन हजार ३०० पर्यटक आउने गरेको समितिले बताएको छ । 

“आन्तरिक पर्यटक कम्तीमा एक रात र बाह्य पर्यटक कम्तीमा दुई रातको प्याकेज बनाएर आउने गरेका छन्” सदस्य संयोजक गुरुङले भन्नुभयो, “सिरुबारीमा आएर बास नबसीकन फर्किनेलाई भने हामीले पर्यटकका रुपमा उल्लेख गर्दैनौँ ।” रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता