दलसिंह गिरी | माघ २३, कालिकोट | कर्नालीमा बाह्य पर्यटकहरुको आगमन दिनानुदिन बढ्न थालेपछि कर्नालीको मुलद्धारको रुपमा रहेको कालिकोटमा होम–स्टे सेवा संचालनका लागि अभ्यास सु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | माघ २३, कालिकोट | कर्नालीमा बाह्य पर्यटकहरुको आगमन दिनानुदिन बढ्न थालेपछि कर्नालीको मुलद्धारको रुपमा रहेको कालिकोटमा होम–स्टे सेवा संचालनका लागि अभ्यास सु"/>
२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पर्यटन प्रबर्धनका लागि कर्नालीमा होम–स्टेको अभ्यास हुँदै

२०७३, २३ माघ आईतवार ११:३७

दलसिंह गिरी | माघ २३, कालिकोट | कर्नालीमा बाह्य पर्यटकहरुको आगमन दिनानुदिन बढ्न थालेपछि कर्नालीको मुलद्धारको रुपमा रहेको कालिकोटमा होम–स्टे सेवा संचालनका लागि अभ्यास सुरु हुन थालेको छ । पर्यटकीय क्षेत्रको प्रचुर सम्भावनाको खानीको रुपमा लिइने कर्नालीमा बाह्य पर्यटकहरु आउदा उनीहरुलाई उचित खाना तथा आरामदायी बासस्थानका लागि पछिल्लो चरण चर्चामा आएको होम–स्टे संचालनका लागि कर्नालीराजमार्ग संगै जोडिएका समुदायहरु यस प्रति चासो लिन थालेका हुन् ।

बढ्दो पर्यटक आगमनलाई मध्यनजर गर्दै कालिकोटका जागृत युवाहरु समेत होम–स्टे संचालन तथा ब्यवस्थापनबारे विभिन्न निकाय संग समन्वय गरी होम– स्टेका बारेमा जागरण अभियान समेत चलाउन थालेका छन् । यसैक्रममा कर्नालीमै पहिलो पटक कालिकोटका युवाहरुले होम–स्टे संचालन सम्बन्धि तालिमको आयोजना गरी कर्नाली राजमार्गको आसपासमा रहेका ३० जना होटल ब्यवसायी तथा स्थानीय समुदायलाई यसको महत्वबारे जागृत गराउन थालेका हुन् ।  

सामाजिक जागरण अभियान संचालन गर्दै आइरहेको सामाजिक यूवा कार्य नेपाल, कालिकोटले, नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा कर्नालीमै पहिलो पटक तालिमको आयोजना गरेको छ । कर्नालीको यात्रामा आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई प्रभावकारी होम–स्टे सेवा प्रदान गर्नका लागि अपनाउन पर्ने विधि तथा मापनबारे उनीहरुलाई सूसुचित गराउन तालिको आयोजना गरिएको हो । 

होम–स्टे कसरी संचालन गर्ने, होम स्टेका विशेषता, पाउनाहरुलाई गर्न पर्ने स्वागत तथा सम्मान जस्ता विबिध विषयमा स्थानीय समुदायहरुलाई सूसुचित गराइएको छ । आयोजक संस्थाका अध्यक्ष भरत बहादुर मल्लको अध्यक्षतामा आयोजित तालिमका सहभागिहरुले बाह्य आगन्तुक पाउनाहरु सेवा लिन आउदा उनीहरुलाई गर्न पर्ने बोली, ब्यवहार, ल्वाईख्याई, सफा सुग्घर रहने घरायसी बाताबरण जस्ता सवालका विधिहरुबारे पूर्ण जानकारी यस तालिमबाट पाइएकाले यसै विधि र प्रक्रियाअनुसार आफुहरु सेवा दिन प्रतिवद्ध रहेको सहभागिहरुले बताएका छन् । 

जिबनमै पहिलो पटक फरक किसिमको तालिम लिन पाएकोमा आफुहरु उत्साहिभएको बताउदै सहभागिहरुले पर्यटन प्रबर्धनका लागि यस्ता क्षेमता विकास सम्बन्धि तालिम होटल ब्यवशायिहरुका लागि अनिवार्य आवश्यकता रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण