केशर रोका | फागुन २, नवलपरासी(अमलटारी) । देशभर छरिएर रहेका क्रियाशिल पत्रकारहरुका लागि नवलपरासीको प्रमुख पर्यटकीय गन्तव्य अमलटारी मध्यविन्दु होमस्टेमा दुई द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

केशर रोका | फागुन २, नवलपरासी(अमलटारी) । देशभर छरिएर रहेका क्रियाशिल पत्रकारहरुका लागि नवलपरासीको प्रमुख पर्यटकीय गन्तव्य अमलटारी मध्यविन्दु होमस्टेमा दुई द"/>

१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

पत्रकारलाई ‘पर्यटन फिचरलेखन’

२ फाल्गुन २०७३, सोमबार १६:३२


केशर रोका | फागुन २, नवलपरासी(अमलटारी) । देशभर छरिएर रहेका क्रियाशिल पत्रकारहरुका लागि नवलपरासीको प्रमुख पर्यटकीय गन्तव्य अमलटारी मध्यविन्दु होमस्टेमा दुई दिवशिय ‘पर्यटकीय फिचरलेखन’ तालिम प्रदान गरिएको छ । अर्थतन्त्रको प्रमुख मुद्दा मानिने मुलुकको पर्यटन क्षेत्रको प्रवद्र्धन एवं विकासमा योगदान पुर्याउने उद्देश्यले तालिम संचालन गरिएको आयोजकले जनाएको छ । मुलुकमा रहेका प्रमुख पर्यटकीय गन्तव्य, राज्यले लिएका राष्ट्रिय पर्यटन रणनीतिक योजना, संभावित पर्यटकीय गन्तव्यको प्रवद्र्धन एवं विकासमा पत्रकारहरुले खेल्ने भूमिका लगाएत विषयमा आधारित रहेर तालिममा छलफल गरिएको थियो । 

पर्यटनको विकासले नै मुलुकको अर्थतन्त्र बोलियो हुने भएकाले यसको प्रवद्र्धनमा पत्रकारहरुले ओझेलमा परेका क्षेत्रहरुलाई खोजी समाचारको रुपमा पस्केर राज्यको ध्यानाकर्षण गराउनुपर्ने प्रशिक्षक एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले आग्रह गरे । ‘पत्रकारहरुको प्रत्यक्ष संलग्नतावीना पर्यटन क्षेत्र फस्टाउन सक्दैन्’,उनले भने,‘पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा पत्रकारहरुको महत्वपूर्ण हिस्सा हुन्छ ।’ 

तालिममा प्रदेश नम्वर ३, ४, ५, ६, ७ मा पर्ने १५ जिल्लाका ३० जना क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको आयोजक संस्था नेपाल पर्यटन पत्रकार मंचका प्रमुख कार्यकारी अधिकृत(सिइयो) रामेश्वर कार्कीले जानकारी गराए ।

पर्यटन क्षेत्रलाई राज्यले आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा लिएपनि यस क्षेत्रको विकासमा अपेक्षाकृत रुपमा ध्यान नदिएको तालिमका प्रशिक्षक मंचका सल्लाहकार एवं नेकपा एमालेका पर्यटन प्रर्वद्धन विभाग प्रमुख सूर्य थापाले धारणा राखे । ‘आर्थिक क्षेत्रको मेरुदण्ड भनेर मात्र हुँदैन’,पत्रकारहरुको ध्यानकर्षण गराउँदै उनले भने,‘राज्यले गरेका प्रयास र गर्नुपर्ने विषयमा पत्रकारहरुले चिरफार गर्नुपर्छ ।’

नेपाल पर्यटन बोर्डका संचार परामर्शदाता शरद प्रधानले नेपालको पर्यटन क्षेत्रको विकासमा बोर्डले गरेको पहल र हालको विद्यमान अवस्थाको वारेमा जानकारी गराएका थिए । मुलुकको पर्यटन क्षेत्रको विकासमा क्रियाशिल सोट्टो नेपालका महासचिव मधुसुदन उपाध्यायले संस्था मार्फत देशभर भएका प्रयासका विषयमा पत्रकारहरुलाई जानकारी गराएका थिए । 

पछिल्लो समय देशभर होमस्टे खुल्ने क्रम बढ्दै गएकाले यसको प्रर्वद्धनमा पत्रकारहरुले भूमिका खेल्नुपर्ने होमस्टे एशोसियसन नेपालका महासचिव एवं अमलटारी होमस्टेका संचालक प्रेमशंकर मर्दनिया थारुले आग्रह गरे । उनले होमस्टेको वारेमा देशभरको अवस्था समेत जानकारी गराएका थिए । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा तालिम संचालन गरिएको मंचका प्रमुख कार्यकारी अधिकृत कार्कीले जनाएका छन् । तालिममा पर्यटन प्रवद्र्धनको क्षेत्रमा क्रियाशिल टान, नाट्टा, एनएमए, हान, नार, होमस्टे, सोट्टो लगाएतका संस्थाहरुले सहकार्य गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता : संयोजक दाहाल जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : मन्त्री घिसिङ फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल विकास दीर्घकालीन हुनुपर्छः मुख्यमन्त्री कार्की इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ : ट्रम्प समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी छेकम्पारमा आगलागी हुँदा एकजना घाइते जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान मिर्गाैला पीडितहरुद्वारा सहयोगको याचना ‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’ किमकी छोरी उत्तराधिकारी सङ्केत कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि