चैत ३१, पोखरा । नयाँ वर्ष २०७४ को पूर्व सन्ध्यामा पर्यटकीय नगरी पोखरामा यतिखेर आन्तरिक पर्यटकको निकै चहलपहल देखिएको छ । 

नेपालमा २०७२ सालमा ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ३१, पोखरा । नयाँ वर्ष २०७४ को पूर्व सन्ध्यामा पर्यटकीय नगरी पोखरामा यतिखेर आन्तरिक पर्यटकको निकै चहलपहल देखिएको छ । 

नेपालमा २०७२ सालमा ग"/>

३० चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ वर्षको पूर्वसन्ध्यामा पोखराका होटल पर्यटकले भरिभराउ

३१ चैत्र २०७३, बिहीबार १०:४४


चैत ३१, पोखरा । नयाँ वर्ष २०७४ को पूर्व सन्ध्यामा पर्यटकीय नगरी पोखरामा यतिखेर आन्तरिक पर्यटकको निकै चहलपहल देखिएको छ । 

नेपालमा २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि भरिन नसकेका पोखराका होटल अङ्ग्रेजी नयाँ वर्ष २०१७ का अवसरमा यसअघि खचाखच भरिएकोमा पुनः नेपाली नयाँ वर्षका कारण पोखरामा पर्यटकलाई होटल नै पाउन नसक्ने अवस्था सिर्जना भएको छ । 

आन्तरिक पर्यटकले जेनतेन थेग्दै गए पनि शतप्रतिशत पु¥याउन नसकिएका अवस्थामा अङ्ग्रेजी नयाँ वर्षमा होटलमा शतप्रतिशत पर्यटक भरिएपछि उत्साहित बनेका यहाँका पर्यटन व्यवसायीलाई २०७४ सालको आगमन पूर्व केही दिनयता देखिएको पर्यटकको चापले हर्षित बनाएको छ । 

नयाँ वर्षका कारण पोखराका प्रत्येक होटेलमा आज र भोलिका लागि शतप्रतिशत पर्यटक भरिएको पश्चिमाञ्चल होटल सङ्घका निवर्तमान अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले जानकारी दिनुभयो । 

“नयाँ वर्षमा आएका पर्यटकको सङ्ख्याले व्यवसायीलाई निकै उत्साहित बनाएको छ,” उहाँले भन्नुभयो, “आन्तरिक पर्यटकको आगमनको क्रम बढ्दै गएपनि विदेशी पर्यटकको आगमन भूकम्पपछि अझै सन्तोषजनक बन्न सकेको छैन ।” 

पोखराको पर्यटकीय विकासलाई लक्षित गरी यहाँ लगभग रु एक खर्बको लगानी भइसकेको उहाँले बताउनुभयो । “पोखरामा हाल पर्यटकलाई लक्षित गरी बनाइएका ५०० को सङ्ख्यामा होटल रहेका छन्,” उहाँले भन्नुभयो, “यहाँ रहेका होटलमध्ये पाँचवटा पाँच तारे, १४ वटा तीन तारे छन् ।” पछिल्लो समयमा पोखराको सराङकोटमा चार तारे होटल बन्ने तयारीमा छ । 

पोखराको पर्यटन प्रवद्र्धनका लागि भारतका विभिन्न ठाउँमा पुगी सञ्चालन गरिएका “चलिए पोखरा’ जस्ता कार्यक्रमको प्रभावकारिता विस्तारै बढ्दै गएको पर्यटन व्यवसायी बताउँछन् । 

पोखरामा भूकम्पपछि भारतीय पर्यटक आउने क्रम विस्तारै बढे पनि चिनियाँ पर्यटकको आउने क्रम बढ्नसकेको छैन । “भूकम्प अघि आउने चिनियाँ पर्यटकको तुलनमा हाल २० प्रतिशतको हाराहारीमा मात्र आउने गरेका छन्,” – पराजुलीले भन्नुभयो । 

तथ्याङक अनुसार पोखरा क्षेत्रमा पर्यटक बस्नसक्ने गरी होटलका लगभग नौ हजार भन्दा बढी कोठामा २० हजार भन्दा बढी बेड सङ्ख्या रहेको छ भने यस आसपासका धम्पुस, रुपाकोट, बेगनासलगायतका स्थानका होटलसमेत गरी प्रतिदिन यहाँ ३० हजार भन्दा बढी सङ्ख्यामा पर्यटकलाई राख्नसक्ने क्षमता छ । 

नयाँ वर्षका अवसरमा पोखरामा आएका पर्यटकका कारण पर्यटन क्षेत्रलाई उत्साहित बनाएको बताउने नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलिया विदेशी पर्यटकको आगमनलाई बढाउनका लागि त्यही किसिमका कार्यक्रम अघि बढाउनु आवश्यक भएको धारणा राख्नुहुन्छ । 

“विदेशी पर्यटकको आगमनलाई बढाउनका लागि अन्तर्राष्ट्रियस्तरको प्रवद्र्धन कार्यक्रम आवश्यक छ,” उहाँले भन्नुभयो, “नेपाल पर्यटन बोर्डले नेपालको अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका लागि बिबिसी, सिएनन्, रोयटर्स जस्ता समाचार संस्थामार्फत प्रबद्र्धनको काम थालेको छ ।” 

बोर्डले वार्षिक रुपमा ४० वटा अन्तर्राष्ट्रिय प्रवद्र्धनका अन्य कार्यक्रम पनि राख्ने गरेको जानकारी दिँदै थपलियाले अन्तर्राष्ट्रिय पर्यटक बढाउन त्यही किसिमको पूर्वाधार विकासलाई पनि राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिनुुभयो । 

नेपालमा अन्तर्राष्ट्रिय पर्यटनको विकासका लागि हाल रहेका सीमित हवाई उडानले पनि प्रभावित गरेका कारण विद्यमान सीमिततालाई हटाएर विभिन्न राष्ट्रबाट सिधा हवाई सम्पर्कको व्यवस्था गर्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ । 

पोखरामा नयाँ वर्षको आगमन पूर्व दुईसाता अघिदेखि नै होटलमा विभिन्न ठाउँबाट पर्यटकले अग्रिम बुकिङ गरेको लेकसाइडस्थित होटल एसियाका प्रोपाइटर धर्मराज पन्थी बताउनुहुन्छ । 

अघिल्लो शैक्षिक सत्रको समाप्ती र नयाँ शैक्षिक वर्षको सुरुवात भइनसकेका कारण यतिखेर परिवारका सदस्यसहित आउनेको सङ्ख्या पोखरामा ह्वात्तै बढेको व्यवसायीले बताए । 

निश्चित समयका साथै पर्व विशेष भन्दा पनि पोखरामा सदावहार रुपमा पर्यटक आउने अवस्था सिर्जना गर्नु आवश्यक रहेको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवम् नेपाल पर्यटन व्यवसायी सङ्घ, पोखराका अध्यक्ष सोम थापाको भनाइ छ ।

“पोखरामा आवश्यक पूर्वाधार विकाससँगै पर्यटकलाई आकर्षित गर्ने कार्यक्रम प्याकेजका रुपमा ल्याउनु आवश्यक छ,” थापाले भन्नुभयो, “यहाँस्थित प्राकृतिक सम्पदाको अलावा पर्यटन लक्षित मानवनिर्मित संरचनाको विकासलाई पनि प्राथमिकतामा राखिनुपर्छ ।” सूर्यचन्द्र बस्नेत/वासुदेव पौडेल/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ भक्तपुरको बिस्केट जात्राको आज दोस्रो दिन, भैरव र भद्रकालीको रथमा पूजाआजा