वैशाख ३, पोखरा। हिमाल पारीको जिल्ला मुस्ताङमा अवस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरमा जाने आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । 

नेपालका चारधाममध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख ३, पोखरा। हिमाल पारीको जिल्ला मुस्ताङमा अवस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरमा जाने आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । 

नेपालका चारधाममध"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

मुक्तिनाथमा आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्या बढ्दै

२०७४, ३ बैशाख आईतवार ०९:५९

वैशाख ३, पोखरा। हिमाल पारीको जिल्ला मुस्ताङमा अवस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरमा जाने आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । 

नेपालका चारधाममध्ये एक मुक्तिनाथको दर्शनपछि मनोकामना पूरा हुने जनविश्वासका नेपाली दर्शनार्थी मुक्तिनाथ पुग्ने गरेका छन् भने भारतका विभिन्न स्थानबाट पुग्ने दर्शनार्थीको सङ्ख्या पनि वृद्धि हुँदै गएको छ । मुक्तिनाथ मन्दिरका ब्राम्ह्ण पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार पछिल्ला दिन देशका विभिन्न भू–भागबाट मुक्तिनाथ आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ भने भारतबाट आउने दर्शनार्थीको सङ्ख्या पनि उल्लेख्य रुपमा वृद्धि भएको उहाँले जानकारी दिनुभयो । 

पछिल्लो समयमा म्याग्दीको बेनी हुँदै सडक मार्ग भएर जाने बाटोको पनि स्तरोन्नति हुँदै गएका कारण बाटोको सहजताले धार्मिक पर्यटकको सङ्ख्या बढेको हो । ‘मुक्तिनाथ भगवान् विष्णुको नाम हो ।’ विष्णु, लक्ष्मीनारायण, भूदेवीका मूर्ति रहेको यो मन्दिर हिन्दू र बौद्धमार्गीको साझा तीर्थस्थलका रुपमा रहेको छ । 

मुक्तिनाथ र गुम्बामा हिन्दूका ब्राह्मण पुजारी र बौद्धका झुमाले आ–आफ्नै परम्पराअनुसार पूजा र रेखदेख गर्ने प्रचलन छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट पूर्वमा पर्ने यो मन्दिर तीन हजार ७१० मिटर उचाइमा छ । यहाँबाट धवलागिरि, निलगिरि, गणेश, थोरङ्लालगायत उच्च हिमाली शुङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ । 

मुक्तिनाथ परिसरमा उत्तरपूर्वी भू–भागमा अवस्थित ज्वालामाई मन्दिरभित्र धिपधिप बलिरहेको ज्योति हेर्नका लागि यहाँ पुग्ने जो कोही लालायित हुनेगरेका छन् । 

विशेष गरी मुक्तिनाथमा फागुनको अन्तिम सातादेखि वैशाखको अन्तिम सातासम्म र असोेज तथा कात्तिकको समयमा दर्शनार्थी बढी आउने गरेको स्थानीयवासी झिम्पा गुरुङले बताउनुभयो । 

असोज कात्तिकको समयमा पर्ने सोह्रश्राद्धका अवसरमा कागबेनीमा पिन्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृ उद्धार एवम् पारिवारिक सुख शान्ति मिल्ने प्राचीन जनविश्वासका आधारमा उक्त समयमा धेरै धार्मिक पर्यटक मुक्तिनाथ जाने गरेको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार अधिकांश दर्शनार्थी चैते दसैँको अवसर पारी मन्दिरमा आउने गरेका छन् । पछिल्ला दिन आन्तरिक पर्यटककका साथै भारतीय पर्यटकको मुक्तिनाथ आउने क्रम बढेको स्थानीय जनप्रिय युवा क्लबका अध्यक्ष एवम् होटल ग्रान्ड साम्बालाका सञ्चालक सुरज गुरुङले बताउनुभयो । 

“पर्यटकको बढ्दो आगमनसँगै मुक्तिनाथ क्षेत्रमा नै लगभग २२ वटा होटलले पर्यटकलाई खान र बस्नको सुविधा प्रदान गरेका छन्,” उहाँले भन्नुभयो, “ मुक्तिनाथमा भएका होटलमा प्रतिदिन एक हजार ५०० जनासम्म आन्तरिक पर्यटकलाई थेग्नसक्ने क्षमता रहेको छ ।” गुरुङका अनुसार लगभग ७०० विदेशी पर्यटक प्रतिदिन मुक्तिनाथमा बस्नसक्ने अवस्था छ । 

मुक्तिनाथ पुग्ने पर्यटकमध्ये केही पोखराबाट म्याग्दीको सदरमुकाम बेनी, जोमसोम हुँदै सडक यात्राबाट जाने गरेका छन् भने केही पोखरा–जोमसोम हवाई उडानका माध्यमबाट जोमसोम पुगी त्यहाँबाट लगभग दुई घन्टा समय सडक याातायात प्रयोग गरी पुग्ने गरेका छन् । 

बेनीबाट मुक्तिनाथसम्म नै पुग्ने बाटो चाँडो कालोपत्रे गर्न सकेमा मुक्तिनाथ पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढ्ने देखिएको मार्फास्थित रेड एप्पल होटलका सञ्चालक सकुन्तला लालचनले बताउनुभयो । 

“खासै बाटो राम्रो नहुँदा पनि सडक मार्गबाट आउने पर्यटकको सङ्ख्या उत्साहजनक रुपमा वृद्धि भएको छ,” उहाँले भन्नुभयो, “ समग्र मुस्ताङलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न राज्यले सर्वप्रथम सडक मार्गकै स्तरोन्नति गर्नु आवश्यक छ ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट