२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

रारा आउने पर्यटकहरु ‘न बढे न घटे’, तथ्याकं उस्तै

२०७४, ११ भाद्र आईतवार ०८:२९

 नन्द बहादुर रोकाया। भदौ ११, मुगु । देशकै ठुलो तालका रुपमा परिचित रारा तालको चर्चा धेरै हुने गरे पनि यहाँ घुम्न आउने बाह्य पर्यटकको तथ्याकं हेर्दा चार पाँच वर्ष यता सन्तुलित अवस्थामा नै रहेको पाईएको छ ।

राज्यका सरोकारवाला निकाय , होटेल तथा पर्यटन व्यवसायी रारा घुम्नका लागि बाह्य पर्यटक भित्र्याउन निकै पहल गरेका चर्चा बजारमा चले पनि आर्थिक वर्ष २०६२ /०६३ देखि हालसम्म रारा आउने पर्यटकको संख्या एकनासको देखिएको छ ।रारा घुम्न आएका पर्यटकको तथ्याकं हेर्दा सबै भन्दा बढि आर्थिक वर्ष २०६७/ ०६८ मा २ सय ७ जना रहेको छ भने सबै भन्दा कम आर्थिक २०६३।०६४ मा चार जना बाह्य पर्यटक रारा पुगेको रारा राष्ट्रिय निकुञ्जको तथ्याकंले देखाएको छ । आर्थिक वर्ष २०७२।०७३ मा रारामा कुल बाह्य पर्यटक १ सय ५७ जना आएको मा आर्थिक वर्ष २०७३/०७४ मा त्यो संख्या बढेर  २ सय १ जना पुगेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिए ।चौधरीका अनुसार चार पाँच वर्ष यता रारा घुम्न आउने बाह्य पर्यटकको संख्या एकैनासको भए पनि पछिल्ला समयमा आन्तरिक पर्यटकको संख्या निकै बढेको छ । अघिल्लो वर्ष २० हजारको हाराहारीमा आन्तरिक पर्यटक रारा घुम्न आएकोमा २०७३/०७४ मा त्यो संख्या बढेर ६० हजारको हाराहारी पुगेको चौधरीको भनाई छ ।

रारा घुम्न आउने पर्यटकका लागि उचित खाना बस्न तथा मनोरञ्जनको व्यवस्था हुन नसकेका कारण रारा आउने पर्यटकको संख्या वृद्धि हुन नसकेको तथा आएका पर्यटकलाई समेत रारा र आसपासका मध्यवर्ती क्षेत्रमा रहेका केहि होटेलले धान्न नसकेको चौधरीको बुझाई छ ।निकुञ्ज कार्यालयले आर्थिक वर्ष २०७२/०७३ भन्दा आर्थिक वर्ष २०७३/०७४ मा बाह्य पर्यटक, गैर काष्ठ बन पैदावर तथा विभिन्न जरिवाना बापत झण्डै १६ लाख राजश्व संकलन गरेको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा ८ लाख मात्र राजश्व संकलन गरेको कार्यालयले आर्थिक वर्ष २०७३/०७४ मा १५ लाख ९१ हजार २ सय ९३ रुपैयाँ राजश्व संकलन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला