११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

रारा आउने पर्यटकहरु ‘न बढे न घटे’, तथ्याकं उस्तै

११ भाद्र २०७४, आईतवार ०८:२९

 नन्द बहादुर रोकाया। भदौ ११, मुगु । देशकै ठुलो तालका रुपमा परिचित रारा तालको चर्चा धेरै हुने गरे पनि यहाँ घुम्न आउने बाह्य पर्यटकको तथ्याकं हेर्दा चार पाँच वर्ष यता सन्तुलित अवस्थामा नै रहेको पाईएको छ ।

राज्यका सरोकारवाला निकाय , होटेल तथा पर्यटन व्यवसायी रारा घुम्नका लागि बाह्य पर्यटक भित्र्याउन निकै पहल गरेका चर्चा बजारमा चले पनि आर्थिक वर्ष २०६२ /०६३ देखि हालसम्म रारा आउने पर्यटकको संख्या एकनासको देखिएको छ ।रारा घुम्न आएका पर्यटकको तथ्याकं हेर्दा सबै भन्दा बढि आर्थिक वर्ष २०६७/ ०६८ मा २ सय ७ जना रहेको छ भने सबै भन्दा कम आर्थिक २०६३।०६४ मा चार जना बाह्य पर्यटक रारा पुगेको रारा राष्ट्रिय निकुञ्जको तथ्याकंले देखाएको छ । आर्थिक वर्ष २०७२।०७३ मा रारामा कुल बाह्य पर्यटक १ सय ५७ जना आएको मा आर्थिक वर्ष २०७३/०७४ मा त्यो संख्या बढेर  २ सय १ जना पुगेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिए ।चौधरीका अनुसार चार पाँच वर्ष यता रारा घुम्न आउने बाह्य पर्यटकको संख्या एकैनासको भए पनि पछिल्ला समयमा आन्तरिक पर्यटकको संख्या निकै बढेको छ । अघिल्लो वर्ष २० हजारको हाराहारीमा आन्तरिक पर्यटक रारा घुम्न आएकोमा २०७३/०७४ मा त्यो संख्या बढेर ६० हजारको हाराहारी पुगेको चौधरीको भनाई छ ।

रारा घुम्न आउने पर्यटकका लागि उचित खाना बस्न तथा मनोरञ्जनको व्यवस्था हुन नसकेका कारण रारा आउने पर्यटकको संख्या वृद्धि हुन नसकेको तथा आएका पर्यटकलाई समेत रारा र आसपासका मध्यवर्ती क्षेत्रमा रहेका केहि होटेलले धान्न नसकेको चौधरीको बुझाई छ ।निकुञ्ज कार्यालयले आर्थिक वर्ष २०७२/०७३ भन्दा आर्थिक वर्ष २०७३/०७४ मा बाह्य पर्यटक, गैर काष्ठ बन पैदावर तथा विभिन्न जरिवाना बापत झण्डै १६ लाख राजश्व संकलन गरेको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा ८ लाख मात्र राजश्व संकलन गरेको कार्यालयले आर्थिक वर्ष २०७३/०७४ मा १५ लाख ९१ हजार २ सय ९३ रुपैयाँ राजश्व संकलन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो