२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

ओझेलमा छन्: बझाङको बुङगल क्षेत्रका भर्जिन पर्यटक स्थलहरु

२०७४, ११ भाद्र आईतवार ११:०४

भदौ ११, बझाङ | बझाङको बुङगल क्षेत्रका पर्यटकियस्थलहरु प्रचार प्रसारको अभावले ओझेलमा परेका छन् । जिल्ला सदरमुकाम बाट टाढा र यातायात को पहुँच नहुँदा पर्यटकियस्थलहरु ओझेलमा परेका हुन ।

बुङगल क्षेत्रको साविकको पिपलकोट गा.वि.स मा पर्ने धार्मीक ऐतिहासिक तथा पर्यटकियस्थल बडडी ज्यावन, दहबगर गा.वि.सको थानपाटन क्षेत्र, धौलाढुङगा गुफा, चुफीताल, बाईसधारा क्षेत्र, डोलारी देवताको मन्दीर र चिउरीगाडको झरना लगायतका भर्जिन पर्यटकियस्थलहरुको प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेका हुन । पर्यटन क्षेत्रको विकासका लागी यस क्षेत्रमा असल नेतृत्वको कमि हुनु र आफैमा भौगोलिक विकटता हुनुले यस यस क्षेत्रको प्रचार प्रसार हुन नसकेको स्थानिय बासिन्दाहरुको भनाई रहेको छ ।

यस क्षेत्रको पर्यटन विकासका लागी नगरपालिकाले छुट्टै योजना बनाएर प्रचार प्रसार गर्ने बुङगल नगरपालिकाका नवनिर्वाचित मेयर धन बहादुर विष्टको भनाई छ । पर्यटन व्यवसाय प्रचुर सम्भावना बोकेको यस क्षेत्रका धार्मीक तथा पर्यटकियस्थलहरुको पहिचान गरि यसको विकासका लागी प्याकेज बनाएर प्रचार प्रसारमा लाग्ने उनको भनाई थियो । पहिले गा.वि.स स्तरमा कम बजेट आउने र गााउघरका समस्या हल गर्दैमा ठिक्क हुने हामीहरुको राजनैतिक पहुँच जिल्ला देखि केन्द्र सम्म नपुग्ने गरेका कारण ओझेलमा परेका हुन । तर हामी अब त्यसो हुन दिदैनौँ । सबै काम गर्ने नगरपालिकानै हो अबको तीन बर्ष भित्र नगरपालिका भित्रका पर्यटकियस्थलहरुको अध्ययन गरि जिल्लामा छुट्टै पहिचान बनाउ तिर लाग्छौ उनले भने । प्रचार प्रसारको अभावले बुङगल क्षेत्रका पर्यटकियस्थलहरु अझै पनि भर्जिन रहेको जानकार हरु बताउछन् ।

धौलाढुङगा गुफा र त्यस भित्रको अदभुत दृश्य । 


बझाङ सदरमुकाम चैनपुर बाट २२ कोस टाढा रहेको बुङगल नगरपालिकाको वडा नं २ साविकको दहबगर गा.वि. वडा नं ६ गिरौँ बाट एक दिनको पैदल यात्रा पछि धौलाढुङगा पुगिन्छ । समुन्द्री सतह बाट करिव ३ हजार ५सय मिटरको उचाईमा रहेको यो गुफा भित्र एउटा अदभुत दृश्य देख्न सकिन्छ । चट्टान भित्रबाट छिनमा आउने र छिनमा रोकिने पानीले मानिसहरु अचम्मित हुने गर्दछन् । किवदन्ति अनुसार धौलपुर देवता र लाङो दुई भाई सैपाल हिमाल हुदै तिब्बतको मानासरोवर जाने वेलामा धौलपुर देवता लाई थकाई लागेको ले सोही गुफामा वास बसेका थिए । यता उता कुनै ठाँउमा खोज्दा पानी नपाउँदा धौलपुरले आफु संग भएको त्रिशुलले चट्टान खोपे पछि पानी निस्केको भनाई छ । सो चट्टानमा झट्ट हेर्दा त्रिशुलले खोपेको जस्तो देखिन्छ र जहाँ बाट छिनमा पानी निस्कने र केहिवेरमै बन्द हुने दृश्य आज पनि देख्न सकिन्छ । यस क्षेत्रलाई धार्मीक तथा पर्यटकियस्थलको पहिचान गरि प्रचार प्रसार गर्न सके सो क्षेत्र पर्यटकिय हिसावले उत्तम हुने दहबगर ६ लौनेका दले धामीको भनाई छ । भेडाच्याङग्रा चराउन जाँदा र छिमेकी राष्ट्र चीनको तिव्वत जाँदा कयौ रात सो गुफामा विताएको उनको अनुभव छ । अरुको ठाँउमा साना साना स्थलहरु पनि पर्यटकिय सम्भावना भनि बजेट विनियोजन भई प्रचार प्रसार भई रहेको छ तर हाम्रो ठाँउको प्रचार नगरेका कारण ओझेलमा परेको उनको भनाई छ । धौलाढुङगा गुफा बाट दुई घण्टाको पैदलयात्रा पछि जिल्लाको सबै भन्दा उचाईमा रहेको चुफिताल पुगिन्छ । विहानी पख सुर्योदयको बेलामा र हावा चलेको वेलामा यस तालको मनमोहक दृश्य देखिन्छ । 

तश्विरमा: भिडेगाड र चिउरीगाड झरना


धौलाढुङगा जानेक्रममा बाटोमा झरनाको रमाईला दृश्य पनि देख्न सकिन्छ । दहबगरको सबै भन्दा टाढाको गाँउ लौने पुग्दा चिउरीगाड झरना देख्न सकिन्छ भने गाँउ भन्दा माथि भिडेगाड झरनाको रमाईलो दृश्य देख्न सकिन्छ । समुन्द्री सतह बाट २ हजार मिटरको उचाईमा रहेको चिउरीगाड झरना करिव दुई सय फिट माथि ३ हजार मिटरको उचाईमा रहेको भिडेगाड झरना करि ६ सय फिट माथि बाट खसेका छन् । यी झरना पनि आर्कषणको केन्द्र विन्दु हुन । पहुँच पुग्ने ठाँउमा साना साना छाँगाहरुलाई पनि प्रचार प्रसार गरि रहेको तर यी झरनाहरुको बारेमा प्रचार प्रसार नहुँदा दहबगरवासी भन्दा बाहिरका मानिसहरुलाई थाहा नभएको स्थानियवासीहरुको भनाई छ । 

तश्विरमा: थानपाटन क्षेत्र


दहबगरको गिरौँ बाट ५ घण्टाको पैदल यात्रा पछि पुगिने थानपाटन क्षेत्र सुदुर पश्चिमको पर्यटकिय क्षेत्र खप्तडका पाटन भन्दा कम छैन । बर्षातको समयमा यस क्षेत्रमा यहाँका वासीन्दाहरुले घोडा तथा भेडाबाख्रा चराउने गर्दछन् । विशेषतहः जेठ देखि भदौ महिना सम्म यस क्षेत्रमा घोडा र भेडाबाख्रा चर्दाको दृश्यले थानपाटन पुग्ने जोकोहिको मन लोभ्याउने गर्दछ । तर यस षेत्रको संरक्षण र प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको बमौरका जयमल धामीको भनाई छ । सानो लगानीले केहि गर्न सकिदै ठुलो बजेट ल्याउन पहुँच छैन । पहुँच नहुदा यस क्षेत्रको प्रचार गर्न नसकियको उनको भनाई छ । 

तश्विरमा: धार्मीक तथा पर्यटकियस्थल बडडी ज्यावन 


साविकको पिपलकोट गा.वि.समा रहेको बडडी ज्यावन धार्मीक ऐतिहासिक एवम् पर्यटकियस्थल पनि हो । यसको पनि प्रचार प्रसार हुन सकेको छैन । किदन्ती अनुसार १२ वटा देवताहरुको वसोबासस्थल भएकाले यसलाई बाह्रदेउ ज्यावन पनि भन्ने गरिन्छ । यो एकदम शक्तिशाली देवताको रुपमा चिनिन्छ । समुन्द्रि सतह बाट २ हजार ५ सय मिटरको उचाईमा रहेको यो क्षेत्रमा नयाँ बर्ष र दशैँको वेला बोकाको वलि दिने प्रचलन छ । यो क्षेत्रमा पुजा गर्न सुदुर पश्चिमका नौ वटै जिल्ला र छिमेकि राष्ट्र भारतको पिथोरागढ, हल्दवानी, धारचुला लगायतका ठाँउहरु बाट पुजागर्न आउने भक्तजनहरुको घुईचो लाग्ने गर्दछ । यस क्षेत्रमा पुग्न पिपलकोट र दहबगर बाट ६ घण्टाको पैदल यात्रा पछि पुग्न सकिन्छ । यस क्षेत्रमा पुग्नका लागी यातायात सेवा संचालनमा आए साविकको भन्दा बढि भक्तजनहरु भित्रने स्थानियहरुको भनाई छ । बडडी ज्यावन जस्तै बाईसधारा, डोलारी मराड क्षेत्र पनि पयर्टकिय हिसावले अत्यन्तै राम्रा मानिएका छन् । तर यि क्षेत्रहरुको पहिचान नहुदा ओझेलमा परेका छन् । त्यसैले यस क्षेत्रको पर्यटन विकासका लागी नगरपालिकाले आवाज उठाउनु जरुरी छ । – मकरराज धामीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने