२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बढ्दो तापक्रमले पर्वतीय पर्यटन जोखिममा

२०७४, २७ भाद्र मंगलवार ११:४९

भदौ २७, काठमाडौँ। विश्व तापमान र जलवायु परिवर्तनको जोखिमका कारण मुलुकका हिमशृंखला सबैभन्दा बढी जोखिममा परेको विज्ञले औंल्याएका छन् । 

नेपाल व्यवस्थापन संघले ‘पर्वतीय पर्यटनका चुनौती र वातावरणीय प्रभाव’का विषयमा आयोजना गरेको कार्यक्रममा वक्ताले जलवायु परिवर्तनले पर्वतीय पर्यटनमा परेको असरलाई न्यूनीकरण गर्न आवश्यक कदम चालिनुपर्ने बताए । 

नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले बढ्दो तापक्रमले हिउँ पग्लेर चट्टान देखिन थालेकाले यसले पर्वतारोहणमा निकै असर पुग्ने बताउनुभयो । “बढ्दो तापक्रमले चट्टान देखिन थालेपछि आरोहणमा असहजता हुन्छ, यसबाट आरोहण र पदयात्रा रुट पनि परिवर्तन गर्नुपर्ने हुन्छ, पानीका मुहान सुक्ने भएकाले कतिपय हिमाली क्षेत्रका बस्ती नै सार्नुपर्ने समस्या आइरहेको छ,”, उहाँले भन्नुभयो । 

भूकम्पपछि विशेषतः उच्च हिमाली क्षेत्रका कतिपय स्थानमा एक ठाउँको पानीको मुहान सुकेर अर्को ठाउँबाट निस्कने क्रम देखिएको शेर्पाको भनाइ छ । जलवायु परिवर्तनले निम्त्याएका समस्याको अल्पकालीन र दीर्घकालीन समस्याको समाधानतर्फ पहलकदमी गर्नु नितान्त आवश्यक भएको औंँल्याइएको छ । 

अन्तर्राष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र (इसिमोड) को पछिल्लो तथ्यांकानुसार अहिले हिमालमा वार्षिक ०.०५ डिग्री सेल्सियससम्म तापक्रम बढिरहेको छ । हिमाली क्षेत्रको तापक्रम सन् २०३०(विसं २०८७तिर) सम्म १ देखि २ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । हिमालको जति उचाइमा गयो त्यति तापक्रम बढिरहेको छ । बिहान उज्यालो हुँदा घाम हिमालमै लागेको र रातमा पनि घामको राप हिमालमै पर्ने हुँदा हिमालको तापक्रम बढेको विज्ञ बताउँछन् । जलवायु परिवर्तनले पर्वतीय र पदयात्रा पर्यटनमा कति असर पुगेको छ भनेर अहिलेसम्म यकिन अध्ययन भएको छैन । 

सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारत र चीनको तीव्र औद्योगिकीकरणले नेपालको पर्वतीय क्षेत्रमा वातावरणीय प्रभाव परेको तथा यसले पर्वतारोहण मात्र नभई पानीको मुहान जोगाउन चुनौती थपिएको उल्लेख गर्नुभयो । नेपाल व्यवस्थापन संघका पूर्वउपाध्यक्ष शम्भु रानाले जलवायु परिवर्तनको जोखिमले पर्वतीय पर्यटनमा देखापरेको समस्या र निराकरणका उपायबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने