महानवमीका दिन ५०० वर्ष पुरानो तलेजु खुल्ने

साझासवाल
2 Min Read

असोज १०, काठमाडौँ (रासस)| यस वर्ष पनि बडादशैँको महानवमीका दिन हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गर्न सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

मल्ल राजाको शक्तिको स्रोतको केन्द्र तथा वज्रयान र तन्त्रयान तथा काठमाडौँका त्यसबेलाको नेवार समुदायको पहिचान झल्काउने तलेजु भवानीको दर्शन गर्न नवमीका दिन ठूलो भीड लाग्ने गर्छ । प्रत्येक वर्ष महानवमीका दिन मात्र खुला रहने सो मन्दिरमा भवानीको दर्शन गर्न आउने भक्तजनको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय क्लबले व्यवस्थापन गर्ने हनुमानढोका हेरचाह अड्डाका कार्यकारी निर्देशक अरुणा नकर्मीले जानकारी दिनुभयो । विसं २०७२ को भूकम्पपछि पनि महानवमीका दिन सर्वसाधारणलाई दुर्गा भवानीको दर्शन गर्न रोक लगाइएन ।

फूलपातीका दिन बिहान ७ः३० बजेको साइतमा दुर्गा भवानीलाई मूलचोकमा ल्याइने र विजयादशमीका दिन फेरि माथि लगिने परम्परा छ । हनुमानढोकाको त्रिशूल चोकमा रहेको तलेजु मन्दिर काठमाडौँ उपत्यकाको नै विशाल मन्दिर हो । बाह्र आधार पेटीमाथि तीनतले छानाको शैलीमा निर्माण गरिएको सो मन्दिर विसं १५६४ मा राजा महीन्द्र मल्लका समयमा बनाइएको मानिन्छ ।

मन्दिरमा रहेका आधार पेटीका ससाना १६ मन्दिर पनि भूकम्पबाट क्षतिग्रस्त भएको थियो । कला तथा संस्कृतिमा आशक्त मल्ल राजाको अनुपम नमूनाका रुपमा रहेको तलेजु मन्दिरमा अरू ३६४ दिनमा दैनिक नित्य पूजा हुन्छ । यसका लागि कर्माचार्य, जोशी तथा राजोपाध्याय पुजारी रहेको प्रमुख नकर्मीले जानकारी दिनुभयो ।

नकर्मीका अनुसार छाना छाउने कामबाहेक मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । यसको पुनःनिर्माण हनुमानढोका सङ्ग्रहालय विकास समिति र पुरातत्व विभागले संयुक्त रुपमा गरिरहेका छन् । दशैँका बेला दशैँघर, मूलचोक तथा तलेजु भवानीको मन्दिरमा पूजा हुने परम्परा छ । राजा पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय प्राप्त गरेपछि गोरखाबाट फूलपाती भित्र्याउने चलन पनि शुरु भएको सो अड्डाले जनाएको छ । त्यस्तै गोरखाली सेनाको प्रतीक गुरुजुको पल्टन पनि हालसम्म देख्न पाइन्छ ।

Share This Article
Leave a Comment

Leave a Reply