केही वर्ष अगाडि विषेशगरी यह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

केही वर्ष अगाडि विषेशगरी यह"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

विश्वकै अग्लो स्थानमा रहेको तिलिचोमा आन्तरिक पर्यटकको घुइँचो

१५ कार्तिक २०७४, बुधबार ०७:५८

कात्तिक १५, मनाङ । विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको आधारशिविरमा अवलोकन गर्न आएका आन्तरिक पर्यटकको घुइँचो लागेको छ । 


केही वर्ष अगाडि विषेशगरी यहाँ अवलोकनका लागि थोरै संख्यामा बाह्य पर्यटक आउने गरेकामा गत वर्षबाट आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । 

करिब चार हजार ४०० मिटर उचाइमा रहेको तिलिचो आधारशिविर आन्तरिक पर्यटकले खचाखच भरिएको छ । उक्त ठाउँमा तीनवटा होटल मात्रै रहेकाले सबै भरिभराउ भएपछि पाल टाँगेर पर्यटक बस्न बाध्य छन् । 

सोह्र हजार २३७ फिटमा रहेको तिलिचो ताल वँेसीशहरबाट गाडीमा माथिल्लो मनाङ खागंसार पुगेपछि त्यहाँबाट दुई दिनको पैदलयात्रा गरी ताल भएको ठाउँमा पुग्न सकिन्छ । 

खागंसार, श्रीखर्क र तिलिचो आधारशिविर यहाँ आउने पर्यटकका लागि मुख्य बासस्थानको रुपमा रहेको छ । तिलिचो आउने पर्यटक थ्रोङपास गरेर मुक्तिनाथ दर्शन गर्न जाने गरेका छन् । 

यसरी आउने पर्यटकको चापले गर्दा होटल व्यवसायीले ठाउँको अभावमा भान्सामा समेत पर्यटकलाई बास बसाउँदै आएको खांसार होटलका सञ्चालक सोनाम गुरुङले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट