२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटको घलेभञ्ज्याङमा पर्यटनको सम्भावना बढ्दै

२०७४, ३ माघ बुधबार ०८:१०

कृष्णराज गौतम/माघ ३, नुवाकोट । पञ्चकन्या गाउँपालिका–३ स्थित घलेभञ्ज्याङको अहिले पर्यटकीय गन्तव्यका रुपमा सम्भावना बढदै गएको छ । 

काठमाडौँबाट करिब ५० किलोमिटरको दूरीमा रहेको उक्त स्थानबाट विभिन्न हिमालका साथै मनमोहक दृश्यावलोकन गर्न सकिने हुँदा पर्यटनको राम्रो विकास हुन थालेको छ । समुद्री सतहदेखि एक हजार ७०० मिटर उचाइमा रहेको उक्त स्थानबाट राउचुली, लाङटाङ, लाङटाङ री, पुमरी, दोर्जे लाक्पा नामका हिमाललाई नजिकबाट हेर्न सकिन्छ । 

निकै उचाईमा रहेकाले उक्त स्थानबाट धादिङ, गोर्खा, रसुवा, सिन्धुपाल्चोक लगायतका स्थान पनि देख्न सकिने हुँदा त्यस क्षेत्रका चारैतिरका टारी खेत तथा जंगलको हरियाली अर्को विशेषताका रुपमा रहेको छ । विभिन्न चराचुरुङ्गीको आवत–जावत हुने त्यस आसपास क्षेत्रमा पूर्वाधारको विकासका लागि भने केही लगानी गर्नुपर्ने देखिएको छ । 


हाल पञ्चकन्या गाउँपालिका तथा साबिक पञ्चकन्या गाविस–१ मा पर्ने उक्त क्षेत्रका तत्कालीन वडाध्यक्ष राम थापाले पर्यटन क्षेत्रको विकासका लागि पर्याप्त अवसर रहेको हुँदा स्थानीय तहले प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गरी यातायातको विकास तथा भौतिक पूर्वाधारको संरचना तयार गर्नुपर्ने बताउनुभयो । 

काठमाडौँको नयाँ बसपार्क गोँगवुबाट मानेभञ्ज्याङसम्म सार्वजनिक बस सेवा सञ्चालन हुने गरेको भए पनि स्थानीय छहरेबाट अगाडि बढेपछि कच्ची सडक हुँदै करिब २० किलोमिटर माथिसम्म जानपर्ने बाध्यता छ । 

वेलुमकोट, भैरुमकोट, सिमलकोट, मालाकोट, धुवाकोट, कालीकाकोट, धैवुङकोट, प्यासकोट र सल्यानकोट तथा स्थानीय भञ्ज्याङलाई विभिन्न कोणबाट हेर्न सकिन्छ । डाँडामा चलिरहने बतासबाट वायु ऊर्जाको समेत सम्भावना छ । यी नौवटा कोटबाट नुवाकोट नामाकरण हुन गएको विश्वास छ । 

स्थानीय कुण्डला उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर थापाका अनुसार पहिले तत्कालीन तिब्बतसँग आर्थिक कारोबार गरिँदै आएको मानेभञ्ज्याङ पुरानो व्यापारिक नाकाका रुपमा त्यसै क्षेत्रमा अवस्थित छ । बिजुली बत्तीको समस्या नरहेको त्यस क्षेत्रमा घलेको उल्लेख्य बसोबास रहेको घले गाउँ छ । 

पञ्चकन्या गाउँपालिकामा करिब तीन हजार ५०० जनसङ्ख्या छ । चामल, कोदो, मकै, अदुवाको उत्पादन हुने उक्त क्षेत्रमा ‘होम स्टे’ का लागि पनि प्रयत्न भइरहेको छ । त्यति अग्लो क्षेत्रमा भएका टारी खेतमा फल्ने स्थानीय चामल अर्को विशेषताका रुपमा लिइएको छ । 

गोँगवु क्षेत्रबाट त्यहाँ घुम्न आउनुभएका शिवराज अधिकारीले राजधानीबाट धेरै टाढा नभएकाले फुर्सदको समयमा साथीभाइसँग घुम्न आउँदा रमाइलो हुने र आनन्द प्राप्त भएको बताउँदै स्थानीयवासीले प्रचार–प्रसार गर्न सकेमा त्यस क्षेत्रले विशेष महत्व प्राप्त गर्ने विचार व्यक्त गर्नुभयो । 

स्थानीयवासीले सामान्य खाजाघर सञ्चालन गर्दै आएको घलेगाउँमा क्रमिक रुपमा पर्यटन विकास हुँदै जाँदा आवासीय होटल तथा रेस्टुरेन्ट स्थापना गर्नुपर्ने आवश्यकता देखिएको छ । तामाङ समुदायको बाक्लो बस्ती भएको यहाँ क्षत्री, बाहुन र विष्टको पनि मिश्रित बसोबास पाइन्छ । 

डाँडामा भ्यू प्वाइन्ट निर्माण गरेमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न बल पुग्ने स्थानीयवासी टेकबहादुर भण्डारीको भनाइ छ । पञ्चकन्या मन्दिर, कालिका मन्दिरमा विभिन्न समयमा लाग्ने जात्रा पर्व त्यहाँको अर्को रमाइलो पक्ष छ । नुवाकोटको दरबार क्षेत्र पनि यहाँबाट देख्न सकिन्छ । रासस  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै