२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा घरवास र पदयात्राद्वारा पर्यटनलाई जोड्ने प्रयास शुरु

५ माघ २०७४, शुक्रबार ०८:४५

वासुदेव पौडेल / माघ ५, कास्की | पछिल्लो समयमा बढ्दै गएको घरवास (होम स्टे) कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजाने उद्देश्यका साथ घरवास र पदयात्राद्वारा  पर्यटनलाई जोड्ने प्रयास शुरु भएको छ । 

नेपालका रमणीय गाउँहरू प्रचारप्रसार एवं पूर्वाधार विकासका दृष्टिले पछि परेको अवस्थालाई दृष्टिगत गरी घरवास पर्यटनको अवधारणालाई अघि सारिएको हो । 

पर्यटकलाई सुविधा सम्पन्न रिसोर्ट तथा होटल नभएर गाउँकै भान्सामा खाना तथा आवासजन्य सुविधा प्रदान गर्ने सोचका साथ घरवास पर्यटनको अवधारणा शुरु भएको हो । अन्तर्राष्ट्रियरुपमा नेपाल पदयात्रा पर्यटनको विशिष्ट गन्तव्य रहेको अवस्थालाई दृष्टिगत गरी ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) प्रदेश नं ४ ले घरवास र पदयात्रा पर्यटनलाई सँगसँगै जोड्ने अभियानको थालनी गरेको मञ्चका अध्यक्ष रवीन्द्रराज पौडेलले जानकारी दिनुभयो । 

“यहाँका पर्यटकीय गाउँ पुग्ने पर्यटकको इच्छा पदयात्रासँग पनि जोडिएको हुन्छ”, उहाँले भन्नुभयो, “घरवास सञ्चालन भएका एक ठाउँबाट अर्को ठाउँमा पुग्ने बाटोलाई पदमार्गका रुपमा व्यवस्थित गरे त्यसबाट घरवास र पदयात्रा पर्यटन दुवैको विकास सम्भव हुन्छ ।” 

मञ्चको अगुवाइमा कास्कीका घरवास सञ्चालन भएका पर्यटकीय गाउँ ताङ्तिङबाट कर्पुडाँडा र कर्पुडाँडाबाट याङ्जाकोटलाई पदयात्रासँग जोड्न लागिएको छ । पदमार्गसहित ‘ताङतिङ–कर्पुडाँडा–याङ्जाकोट’ जोड्ने अभियान कास्कीकै पर्यटकीय विकासमा महत्वपूर्ण बन्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । 

पदयात्रा र घरवासलाई सँगसँगै जोड्ने सोचका साथ अभियान सञ्चालन गरिनु समग्र पर्यटकीय विकासका लागि महत्वपूर्ण कार्य भएको नेपाल टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका सहसचिव धर्मराज पन्थीले बताउनुभयो । 

“नेपालमा पदयात्राकै लागि धेरै बाह्य पर्यटक आउने गरेका छन्”, उहाँले भन्नुभयो, “पदयात्रा मार्गमा पर्ने गाउँमा घरवास कार्यक्रमलाई विकास गर्न सके यसले घरवास पर्यटन र पदयात्रा पर्यटन दुवैलाई टेवा पुग्छ ।” 

जथाभावी बाटो खन्ने नाममा पदमार्ग छोटिने क्रम पदयात्रा पर्यटनको चुनौती बनेको उहाँको भनाइ छ । एउटा घरवासबाट अर्कोसम्म पुग्नका लागि छोटा पदमार्गको विकास गर्न सकेमात्र पनि त्यसले पदयात्रा पर्यटनमा राहत पुग्ने उहाँले बताउनुभयो । 

नेपालमा घरवास पर्यटनको शुरुवात् २०५४ सालमा सिरुबारीबाट भएको मानिन्छ । सिरुबारीका समाजसेवी स्व क्याप्टेन रुद्रमान गुरुङको पहलमा पहिलोपटक घरवास कार्यक्रम शुरु गरिएको सो गाउँमा हाल १७ वटा घरमा उक्त सेवा सञ्चालनमा छ । 

घरवास पर्यटनको शुरुवात् स्थानीयस्तरबाट गरिएसँगै सरकारले पहिलोपटक पर्यटन ऐन, २०६५ मा घरवासलाई औपचारिक सम्बोधन ग¥यो भने २०६७ मा कार्यविधि ल्याइयो । नेपालको पर्यटकीय विकासमा घरवास पर्यटनले महत्वपूर्ण योगदान गर्ने स्पष्ट संकेत दिए पनि यो क्षेत्र अझै ओझेलमा परिरहेको मञ्चका पूर्व अध्यक्ष तारानाथ पहारी बताउनुहुन्छ । 

पदयात्रा पर्यटनसँगै घरवासलाई जोड्ने र यसको प्रचारप्रसार गर्न सके स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण नेपालमा रमणीय गाउँमा पर्ने उहाँको भनाइ छ । नेपालमा सबैभन्दा बढी घरवास कार्यक्रम गण्डकी तथा धवलागिरिमा सञ्चालनमा छ । तथ्याङ्कअनुसार गण्डकी र धवलागिरिमा मात्र घरवास सञ्चालन भएका गाउँको संख्या ६५ पुगेको छ भने कास्कीमा ३७ वटा घरवास दर्ता भई सञ्चालनमा आएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ