2026-09-08 12:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटन सेवा शुल्कका कारण बोर्डको आम्दानी बढ्यो

माघ ८काठमाडौं |  नेपाल आउने पर्यटकको संख्यामा भएको वृद्धिसँगै नेपाल पर्यटन बोर्डको आम्दानीसमेत वृद्धि भएको छ । 

नेपालका उडान गरिरहेका अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकले पर्यटन सेवा शुल्कबापत बुझाउने रकममा बढोत्तरी भएको हो । 

बोर्डका अनुसार सन् २०१७ मा मात्रै रु ८७ करोड पर्यटन सेवा शुल्कका रुपमा उठेको छ । सन् २०१६ मा त्यस्तो शुल्क रु ५७ करोड मात्रै उठेको थियो । 

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१७ मा मात्रै करिब नौ लाख ४० हजार ६९३ पर्यटक नेपाल भित्रिएका थिए । त्यसमध्ये ९० प्रतिशतभन्दा बढी पर्यटक हवाई माध्यमबाट नेपाल आएका थिए । अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकले सो परिणामको रकम बुझाएका हुन् । तर केही वायु सेवा प्रदायकले भने सोही शुल्कसमेत तिर्न अटेर गरेका छन् । 

नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकले नेपाली र भारतीय नागरिकबाहेक अन्य विदेशी नागरिकसँग प्रतिव्यक्ति रु एक हजारका दरले पर्यटन सेवा शुल्क उठाउने गरिएको छ । आन्तरिक उडान गर्दा विदेशी नागरिकले त्यस्तो शुल्क तिर्नु पर्दैन । 

नेपालमा स्वदेशी दुईसहित ३० वायु सेवा प्रदायकले उडान भर्दै आएका छन् । विमानमा के कति मात्रामा पर्यटक आउँछन् वा जान्छन् सोही आधारमा शुल्कको परिमाण घटी, बढी हुने गरेको पाइएको छ । प्रत्येक महिना वायु सेवा प्रदायकले सो शुल्क बोर्डलाई बुझाउनुपर्छ । वायु सेवा प्रदायकलाई बोर्डले तीन प्रतिशत कमिसन सो शुल्क उठाएबापत प्रदान गर्ने गरेको छ । 

तर उक्त शुल्कको सदुपयोग नभएको भन्दै सरोकार भएका संस्था वा निकायले बोर्डको पारदर्शीतामाथि प्रश्न उठाउने गरेका छन् । बोर्डको प्रमुख आम्दानीका रुपमा उक्त शुल्क रहेको छ । नेपालको पर्यटन प्रवद्र्धनमा सोही शुल्क खर्च गर्ने गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिनुभयो । 

नेपालको पर्यटन प्रवद्र्धनमा ठोस कार्ययोजना ल्याउने हो र विदेशमा प्रचारप्रसार गर्ने हो भने उक्त शुल्कमा समेत थप बढोत्तरी हुने देखिएको छ । पर्यटन पूर्वाधारको विकास र नेपालको मौलिकताको प्रवद्र्धन गर्नेतर्फ ध्यान दिनुपर्ने आवाज उठेको छ । 

बोर्डले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) मार्फत रकम उठाउँदै आएको छ । समूहमा पदयात्रा गर्दा प्रतिव्यक्ति रु एक हजार र व्यक्तिगत रुपमा जाँदा रु एक हजार शुल्क तिर्नुपर्छ । विसं २०६६ देखि उक्त रकम उठाउन थालिएको हो । 

बोर्डका निमित्त निर्देशक रोहिणी खनालका अनुसार सन् २०१५ मा रु १७ करोड १३ लाख ८४ हजार टिम्स शुल्क उठेको थियो । यस्तै सन् २०१६ मा रु १६ करोड ६४ लाख ३२ हजार उठ्दा सन् २०१७ मा रु १९ करोड ४० लाख ७७ हजार शुल्क उठेको छ । तर ती शुल्कको लेखापरीक्षण भने भइसकेको छैन । पर्यटक सेवा शुल्क र टिम्स नै बोर्डको वार्षिक बजेटको मुख्य स्रोत हो । 

सन् २०१८ का लागि बोर्डले रु एक अर्ब ३७ करोड २० लाख वार्षिक बजेट तय गरेको छ । सन् २०१७ मा रु एक अर्ब १२ करोड ५० लाख बजेट तय गरिएको थियो । 

 सात करोेडभन्दा बढी बक्यौता 

नेपालमा उडान भर्दै आएको मलेसियन वायु सेवा प्रदायक एयर एशियाले रु सात करोड २३ लाख पर्यटक सेवा शुल्कबापतको रकम बोर्डलाई तिर्न बाँकी रहेको पाइएको छ । 

विगत एक वर्षदेखि उक्त वायु सेवा प्रदायकले सो शुल्क नतिरेको बोर्डका निमित्त निर्देशक खनालले जानकारी दिनुभयो । एयर एशियाको उक्त रकम जरिवानासहितको हो । 

तर एयर एशियाका प्रतिनिधि किरण खड्काले हिसाब किताब मिलिसकेको र कहीँ कतै रकम तिर्न बाँकी नरहेको बताउनुभयो । “बाँकी रहेको भए हामी निश्चित समयभित्र तिर्छौं तर बक्यौता रकमबारे बढी हल्ला गरियो”, उहाँले भन्नुभयो । 

बोर्डले बक्यौता रकम तिर्न सो वायु सेवा प्रदायकलाई पटक पटक आग्रह गरिसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सो सेवा प्रदायकले करिब रु १६ करोड रकम तिर्न बाँकी रहेको जनाएको छ । प्राधिकरणको ताकेतापछि एयर एशियाले रु पाँच करोड रकम उपलब्ध गराएको र बाँकी रकम केही समयभित्रै तिर्ने प्रतिबद्धता जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल