२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा चिनियाँ भाषाको कक्षा शुरु

९ माघ २०७४, मंगलवार ०६:२२

माघ ९, पोखरा | पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीलाई लक्षित गरी नेपाल पर्यटन बोर्डले चिनियाँ भाषाको आधारभूत कक्षा शुरु गरेको छ । 

साइनो नेपाल मिडिया सोसाइटीको व्यवस्थापन तथा काठमाडौँ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटको सहयोगमा बोर्डको पोखरा ड्यामसाइटस्थित प्रदेश नम्बर ४ कार्यालयमा उक्त कक्षा सञ्चालन गरिएको हो । 

प्रतिनिधिसभाका सदस्य रवीन्द्र अधिकारीले सोमबार एक विशेष समारोहका बीच चिनियाँ कक्षाको उद्घाटन गर्दै चिनियाँ भाषाको ज्ञानले पर्यटन उद्यमशीलतासमेत बढाउने बताउनुभयो । 

सन् २०२० सम्ममा २० लाख पर्यटक नेपालमा भित्र्याउने लक्ष्य राखिएको उल्लेख गर्दै उहाँले हाल घट्दै गएको विप्रेषणलाई पर्यटन क्षेत्रबाट आउने विदेशी मुद्राको आम्दानीबाट पूर्ति गर्न सकिने उल्लेख गर्नुभयो । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपालको पर्यटन क्षेत्रलाई सुधार गरी चीनबाट मात्र होइन विश्वका अन्य देशबाट समेत भित्र्याउनको लागि काम भइरहेको जानकारी दिनुभयो । 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले चिनियाँ भाषाले नेपाली र चिनियाँ नागरिकबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताउनुभयो । 

काठमाडौँ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटका निर्देशक प्रा डा वाङ सङलीले चिनियाँले विदेशी भाषामा बोल्न नचाहने भएकाले नेपालको पर्यटकीय क्षेत्रमा लागेकाले चिनियाँ भाषाको आधारभूत ज्ञान अनिवार्यरुपमा हासिल गर्नुपर्ने बताउनुभयो । 

आफ्नै भाषामा अपनत्व खोज्ने चिनियाँ पर्यटकलाई उनीहरुकै भाषामा सेवा दिई पर्यटकको संख्या बढाउन उहाँले सुझाव दिनुभयो । 

आर्थिकरुपमा तीव्रगतिले विकास गरिरहेको चीनले विश्वबजारमा आप्mनो हिस्सा बढाउँदै गएकाले चिनियाँ भाषाको महत्व विश्वभर बढ्दै गएको उल्लेख गर्दै साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष धु्रव पौडेलले चिनियाँ भाषा नसिकेकै कारण पोखराका स्थानीय पर्यटन व्यवसायीले चिनियाँ पर्यटकबाट गर्न सक्ने आम्दानी गुमाउँदै गएको बताउनुभयो । 

कुल ८० घण्टा अवधिको चिनियाँ भाषाको आधारभूत कक्षामा ८० भन्दा बढी पर्यटन व्यवसायीको सहभागिता रहेको छ । भाषा प्रशिक्षणका लागि काठमाडौँ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटले दुईजना व्यावसायिक चिनियाँ शिक्षकको व्यवस्था गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ