२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ घुमफिर: जाने हैन घुम्न टोड्केडाडाँ ?

२०७४, १४ माघ आईतवार ०६:५०

चिसाङ शेर्पा | माघ १४, खोटाङ | आन्तरिक तथा बाह्य पर्यटकीय गन्तब्यका लागि प्रचुर संम्भावना बोकेको पर्यटकीय क्षेत्र हो टोड्केडाडाँ । रुपाकोट मझुवागढी नगरपालिका नुनथला–१३ भञ्ज्याङ पानीट्याङकी नजिकको रमणिय सुन्दरडाडाँ तथा सानाठूला सल्लाका रहर लाग्दा बुट्यानले घेरिएको सानो उपत्यका हो टोड्केडाडाँ । 


पृथ्वीनारायण शाहले युद्ध लडेको भौतिक संरचनाहरु अझैपनि यथावत रहेकाले टोड्केडाडाँ आश्चर्य र घतलाग्दो पर्यटकीय क्षेत्र बन्ने आधार भएको हो । युद्धताका पृथ्वीनारायणले टोड्केमा ओखलढुंगालाई परास्त गर्न र शत्रुबाट बच्नलाई बनाएको सुरुङले पर्यटक ह्वात्तै तान्ने आधार रहेको छ ।

‘टोड्के’ नाम कसरी रहन गयो भन्ने ईतिहास पत्ता नलागेपनि हालको हुर्लुङपाखा सामुदायिक वनभित्र ३० देखी ३५ रोपनी क्षेत्रफलमा पर्ने टोड्के परापुर्वक कालमा खार्पाली पोखरेलहरुको रहेको भन्ने ईतिहास छ । पोखरेलहरुले बस्तुलाई पानी खुवाउने आहाल, घोडालाई नुन खुवाउने ढुंगाा र विशिष्ट अतिथीलाई राख्न बनाएको ढुंगाका चिनोहरु यथावत रहेको स्थानिय तथा शिक्षक मणि लामाले बताउनुभयो ।


गाईभैसीलाई पानी खुवाउने आहाल हालसम्म पनि रहेको छ । यद्यपी, डाडाँमा त्यो वेला बर्षदिन हुने पानी कहाँबाट आउथ्यो थाहा नहुंदा अहिले आहाल सुख्खा रहेको छ । अन्य संरचनाहरु हालसम्म हुबहु रहेको छ । टोड्केबाट ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, भिमनगरपुल सोझै देख्ने सकिन्छ भने, नाङगो आखाँले सर्वोच्च शिखर सगरमाथा अवलोकनका लागि टोड्के उपर्युक्त पर्यटकीय स्थान हो ।  

प्रचारप्रसार अभावमा सयौवर्ष ओझेलमा परेको टोड्केलाई धनको श्रोत बनाउन नुनथलावासी र्जुमुराएका छन् । मुलुक संघिय संरचनामा गईसकेपछि वडा कार्यालयबाट डेढ लाख बजेट पदमार्गका लागि छुट्याईएसँगै स्थानिय तथा सरोकारवाला टोड्केलाई पर्यटकीय गन्तब्य बनाउन हौसिएका हुन् । 

निर्माण उपभोक्ता समिति गठन गरी माघ ६ गतेबाट पानीट्याङकी–टोड्के पदमार्ग बनाउन शुरु भएको छ । बजेट अभावमा हाललाई ५० मिटर लम्बाई २ मिटर चौडाईका स्टीमेटले पैदलमार्ग बनाउन थालिएको ‘पर्यटकीय क्षेत्र भञ्ज्याङ टोड्के पदमार्ग’ अध्यक्ष शुक्र तामाङले बताउनुभयो ।


टोड्केलाई पर्यटन पकड बनाउन समितिसँग थुप्रै ‘मास्टर प्लान’ भएको तर बजेट अभावमा हाललाई पदमार्गमात्रै बनाउन बजेट विनियोजन भएको पर्यटकीय क्षेत्र भञ्ज्याङ टोड्के पदमार्ग’ अध्यक्ष तामाङले जानकारी दिनुुभयो ।

नगरपालिकाभित्र तथा सदरमुकामबाट नजिक र मध्यपहाडी लोकमार्गको काखमा रहेको पर्यटकीय क्षेत्र टोड्केमा हाल एकवटा फुटबल ग्राउन सञ्चालनमा रहेको छ । पिकनिक स्पट, भ्यु टावर, होम स्टे आगामी दिनका पर्यटकीय योजना रहेको ला ज्यालो वाङ थोप गुम्बा निर्माण उपभोक्ता समितिका अध्यक्ष महेश तामाङले बताउनुभयो । गतबर्ष शंकरापुर प्याराग्लाईडिङको समेत परिक्षण उडानले टोड्के प्याराग्लाईडिङका लागि समेत उचित स्थान रहेको तामाङले बताए ।

रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित हुर्लुङ देउसेबाट शुरु हुने टोड्के पुग्ने २ पैदल बाटो रहेका छन् । सदरमुकाम दिक्तेलदेखी सवारीसाधनबाट १ घण्टा तथा पैदल डेढ घण्टामा देउसे र पानीट्याङकी पुगिन्छ । देउसेस्थित लोकिलबाट हिडेर २५ मिनेट, पानीट्याङदेखी १५ मिनेटमा सानो उपत्यका टोड्के पुग्न सकिन्छ ।

पुगेर ओखलढुंगा, सोलुखुम्बु र सगरमाथालाई नाङगो आखाँले देख्न र क्यामेरामा फोटो कैद गर्दै ड्राई पिकनिक खान सकिन्छ । खानेपानिको असुविधा रहेकाले टोड्केडाडाँमा चाँडै पम्पिङ गरेर खानेपानि लाने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा