२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा पर्यटन प्रवर्धनका लागि महत्वपूर्ण तयारी पुरा

१४ चैत्र २०७४, बुधबार ०७:४९

चिसाङ शेर्पा/चैत्र १४, खोटाङ | पर्यटन प्रवर्धनका लागि खोटाङमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ गरिने भएको छ । दिक्तेल बजारको दक्षिण पश्चिममा अवस्थित कालिका भगवती मन्दिर परिसर ब्यवस्थित र धर्मशाला निर्माणका लागि ‘धार्मिक तथा पर्यटकीय महोत्सव’ नाम राखी सप्ताह ज्ञान महायज्ञ गरिन लागिएको हो ।

सम्पुर्ण खोटाङवासी आयोजक रहने ‘धार्मिक तथा पर्यटकीय महोत्सव’ विहीवार बिहान सदरमुकाम दिक्तेलबजारको रत्नपार्कबाट विभिन्न भेषभूषा, झाँकीसहित कलश यात्रागरी कालिका भगवती मन्दिर मझुवामा पुगेर शुरु हुनेछ ।

कार्यक्रममा नेपालका प्रथम ऐतिहासिक जगद्गुरु मोहन शरण देवाचार्य महाराजश्रीको आशिर्वचन, विद्धान विदुर प्रसाद पौडेलबाट कालित्व र कालिका भगवतीको महत्व, पूर्वाञ्चलका अतिप्रसिद्ध भागवताचार्य विद्धान पण्डित मधुसुदन घिमिरेको संयोजकत्व रहने सप्ताह ज्ञान महायज्ञमा ११ जना खोटाङगे पण्डितको उपस्थिती रहने मूल आयोजक समिति महासचिव छत्रकुमार वजिमयले बताए ।

चैत्र १५ देखी २३ गतेसम्म सञ्चालन हुने कार्यक्रममा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ, देविभागवत पाठ पारायण, चण्डी, लघु रुद्री, लक्षगायात्री, सामुहिक ब्रतबन्ध, दैनिक हवन, लक्षवर्तिका प्रज्वलन हुनेछ । 

कार्यक्रमको प्रत्येक दिन दान दातालाई प्रशंसापत्र वितरण र अन्तिम दिन आयव्यय सार्वजनिक गरिने मूल आयोजक समितिले जनाएको छ ।   

दिक्तेलबजारको उच्च भागमा रहेको कालिका भगवती मन्दिरलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा चिनाउन गरिने कार्यक्रमका लागि शसस्त्र प्रहरी बल हलेसी गुल्म र निर्माण व्यवसायी संघ खोटाङले पानीको ब्यवस्थापन गर्ने भएको छ । यसैबिच कार्यक्रमको तयारी पुरा भएको आयोजक समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली