२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

रसुवामा पर्यटकको अभिलेख राख्न शुरु

२०७४, १८ चैत्र आईतवार ०९:४५

चैत १८, रसुवा | पदयात्राको क्रममा हिमाली क्षेत्र जाने पर्यटकको अभिलेख होटल व्यवसायीले पनि राख्न शुरु गरेका छन् । 

वसन्त ऋतुको आगमनसँगै दोस्रो यामअन्तर्गत लाङटाङ तथा गोसाइँकुण्डलगायत पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएकाले कुन पर्यटक कुन मार्ग प्रयोग गरी कहाँ पुगे र उनीहरूलाई आकस्मिक समस्या परे तुरुन्त उद्धारका लागि सहज वातावरण बनाउन होटलमा पनि अभिलेख राख्ने कार्य अघि बढाइएको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापाक्षेत्रीले बताउनुभयो । 

पर्यटक बस्ने होटलवालाले पर्यटकको नाम राहदानी नम्बर र उसको देश समेत स्पष्ट हुने गरी अभिलेख राख्नुपर्ने र समय समयमा प्रहरीले खोजेका बखत विवरण दिनुपर्ने सुझाव दिइएको बताइएको छ । 

पहिलो याम मानिने असोज, कात्तिक र मंसिर तीन महिनामा दुई हजार ६३७ विदेशी पर्यटक आएका थिए भने दोस्रो यामअन्तर्गत अहिले एक हजारभन्दा बढी पर्यटक गोसाइँकुण्ड र लाङटाङलगायत विभिन्न हिमाली क्षेत्रको अवलोकनमा गएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । 

पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरी र नेपाल प्रहरीले गस्तीलाई तीव्रता दिएको र पर्यटकलाई सबै क्षेत्रबाट सहयोग मिल्ने प्रहरी प्रमुख थापा क्षेत्रीले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा