२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

तालतलैया संरक्षण समितिको नयाँ कार्यसमिति

५ बैशाख २०७५, बुधबार ०२:५४

बैशाख ५, इटहरी (रासस) | पूर्वी नेपालका आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्रमध्ये वनभोज तथा जीवजन्तु अवलोकनका साथै तालमा जलयात्रामा रमाउनेका लागि गन्तव्य बन्दै गएको इटहरीको तालतलैया विकास तथा संरक्षण समितिको नयाँ कार्य समिति चयन भएको छ । 

तालतलैया विकास तथा संरक्षण समितिको पाँचौँ वार्षिक साधारणसभाले वीरबहादुर लिम्बूको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको मंगलबार इटहरीको पर्यटकीय क्षेत्र तालतलैयामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

तालतलैया विकास तथा संरक्षण समितिका संरक्षण एवं इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा तालतलैया विकास तथा संरक्षण समितिको नयाँ पदाधिकारी चयनको घोषणा गरिएको हो । 

उक्त अवसरमा तालतलैया विकास तथा संरक्षण समितिका पूर्व महासचिव रमेश अधिकारीले सरस्वती र शान्तिनगरी सामुदायिक वन उपभोक्ता समूहबीचमा रहेको तालतलैया क्षेत्र ७५ दशमलव ७६ हेक्टर जमिन क्षेत्रमा फैलिएको बताउनुभयो । 

बाल उद्यान, वनभोजस्थल, जंगली जीवजन्तुको अवलोकन गर्दै त्यहाँ भएका साना तथा ठूला सातवटा रमणीय सुन्दर तालमा जलयात्रामा रमाउँदै मनोरञ्जन गर्न सकिने तालतलैया क्षेत्रले वार्षिक कम्तीमा रु एक करोड भन्दा बढी आम्दानी गर्दै आएको पनि जानकारी दिइएको छ । 

वनभोजका समयमा जनकपुरदेखि पूर्वका विभिन्न जिल्लाका सयौँ वनभोज टोलीसहित जलयात्रालगायत विभिन्न संघ संस्थाको वार्षिकोत्सवसमेत आयोजना हुने प्रमुख थलोका रुपमा पनि इटहरीको तालतलैया क्षेत्र लोकप्रिय र आकर्षणको केन्द्रका रुपमा परिचित रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा