२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

तालतलैया संरक्षण समितिको नयाँ कार्यसमिति

२०७५, ५ बैशाख बुधबार ०२:५४

बैशाख ५, इटहरी (रासस) | पूर्वी नेपालका आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्रमध्ये वनभोज तथा जीवजन्तु अवलोकनका साथै तालमा जलयात्रामा रमाउनेका लागि गन्तव्य बन्दै गएको इटहरीको तालतलैया विकास तथा संरक्षण समितिको नयाँ कार्य समिति चयन भएको छ । 

तालतलैया विकास तथा संरक्षण समितिको पाँचौँ वार्षिक साधारणसभाले वीरबहादुर लिम्बूको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको मंगलबार इटहरीको पर्यटकीय क्षेत्र तालतलैयामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

तालतलैया विकास तथा संरक्षण समितिका संरक्षण एवं इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा तालतलैया विकास तथा संरक्षण समितिको नयाँ पदाधिकारी चयनको घोषणा गरिएको हो । 

उक्त अवसरमा तालतलैया विकास तथा संरक्षण समितिका पूर्व महासचिव रमेश अधिकारीले सरस्वती र शान्तिनगरी सामुदायिक वन उपभोक्ता समूहबीचमा रहेको तालतलैया क्षेत्र ७५ दशमलव ७६ हेक्टर जमिन क्षेत्रमा फैलिएको बताउनुभयो । 

बाल उद्यान, वनभोजस्थल, जंगली जीवजन्तुको अवलोकन गर्दै त्यहाँ भएका साना तथा ठूला सातवटा रमणीय सुन्दर तालमा जलयात्रामा रमाउँदै मनोरञ्जन गर्न सकिने तालतलैया क्षेत्रले वार्षिक कम्तीमा रु एक करोड भन्दा बढी आम्दानी गर्दै आएको पनि जानकारी दिइएको छ । 

वनभोजका समयमा जनकपुरदेखि पूर्वका विभिन्न जिल्लाका सयौँ वनभोज टोलीसहित जलयात्रालगायत विभिन्न संघ संस्थाको वार्षिकोत्सवसमेत आयोजना हुने प्रमुख थलोका रुपमा पनि इटहरीको तालतलैया क्षेत्र लोकप्रिय र आकर्षणको केन्द्रका रुपमा परिचित रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने