२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

रारामा प्यारा ग्लाइडिङ्ग उडान अन्य क्षेत्रको भन्दा सहज

२०७५, ६ बैशाख बिहीबार १०:४३

नन्द बहादुर रोकाया/बैशाख ६ मुगु | रारामा प्यारा ग्लाइडिङ्ग उडान शुरु गरिएको छ ।


 समुन्द्री सतह देखि ३ हजार ६ सय मिटर उचाईमा रहेको मुर्माटपबाट पहिलो पटक सफलरुपमा प्यारा ग्लाइडिङ्ग गरिएको हो । रारा तालको छेउमा रहेको मुर्माटप बाट प्यारा ग्लाईडिङ्ग उडान गरेका पाईलट सानो बाबु सुनुवारले रारामा प्यारा ग्लाइडिङ्ग उडान गर्न अन्य क्षेत्रको भन्दा सहज भएको बताएका छन । वैशाख  १ गते प्रधानमन्त्रि केपी शर्मा ओलिले उद्घाटन गरेको रारा कर्णाली पर्यटन बर्ष २०७५ को दिन प्यारा ग्लाईडिङ्ग  उडान गरेका पाईलट सुनुवारले  नेपालको ४६ जिल्लामा उडान गरेको अनुभवम सुनाउदै गर्दा अन्य जिल्लाको तुलानामा  राराको मुर्मा टप बाट जस्तो उडान गर्न सहज अन्य जिल्ला नभएको बताउनुभयो । 


१३ बर्ष देखि देश तथा विदेशमा प्यारा ग्लाइडिङ्ग उडान गदै आएका पाईलेट सुनुवारले अन्य क्षेत्रको तुलानामा राराको मुर्माटप बाट प्यारा ग्लाइडिङ्ग उडान गर्दा परक अनुभुति भएको बताए । बिदेशी मुलुकका २३ र नेपालका ४६ जिल्लमा प्यारा ग्लाइडिङ्ग उडान गरेको  र अन्य क्षेत्रमा प्यारा ग्लाइडिङ्ग उडान गर्दा समिति क्षेत्र देखिने गरेका भएपनी राराको मुर्माटपबाट प्यारा ग्लाइडिङ्ग उडान गर्दा चारै तिरका अग्ला अग्ला हिमाल तथा हिम शिखरको मनोरम दृश्य देखन पाईने भएकाले रारामा प्यारा ग्लाइडिङ्ग उडान गर्दा बैग्लै आन्दन आउने सुनुवारको भनाई छ ।

राराको मुर्माटपबाट प्यारा ग्लाइडिङ्ग मार्फतनै ५० किलोमिटर सिधामा रहेका जिल्लामा पुग्न सकिने भएकाले । 

मुर्माटपबाट यातायातको रुपमा पनी प्यारा ग्लाइडिङ्गको प्रगोग गर्न सकिने उहाँको भनाई छ । राराको मुर्माटपबाट प्यारा ग्लाइडिङ्ग उडान गदै ४५ मिनेटमा हुम्ला र २५ मिनेटमा जुम्ला सम्म पुग्न सक्ने समेत सकिने छ । रारा अवोलकन गर्न आउने पर्यटकहरुले राराको आन्नद लिदै प्यारा ग्लाइडिङ्गम उडेर चारै तिरका दृश्य अवोलकन गर्न मिल्ने भएकाले यो ब्यबसाय संञ्चालन गरी थप पर्यटक भित्रीने सम्भावना प्रचुर रहेको छ । 

बेरोजागार युवाले बिदेशिनु भन्दा केहि रकम लगानी गरी यस्तो ब्याबसाय थालनि गरे आम्दानि पनी हुने र आन्तरिक तथा बाह्य पर्यटक पनी बढ्ने बताईएको छ । तर रारामा प्यारा ग्लाइडिङ्ग उडानगर्न आफैमा भौगौलिक चुनौती र राराको मुर्माटपमा तिन किसिमको हावा चल्छ बिहान दिउँस र बेलुका फरक फरक कोणबाट हावा चल्ने भएकाले केहि चुनौति पनी रहेकाले परिपक्क पाईलेट बाहेक अन्य पाईलेटले प्यारा ग्लाइडिङ्ग उडान गरे खतरा पनी हुन सक्ने भएकाले परिपक्क पाईलेटले मात्र प्यारा ग्लाइडिङ्ग उडानगर्न सक्ने सुनुवारले बताउनुभयो ।रारामा प्यारा ग्लाइडिङ्ग उडान गर्नको लागी कम्तिमा २५ महिना प्यारा ग्लाइडिङ्ग उडान सम्बिन्ध तालीम प्राप्त पाईलेटले मा उडान गर्न सक्ने भएकाले परिपक्क नभएका पाईलट लाई भने भौगिलक चुनौति रहेको छ ।

नेपालका सात वटा प्रदेशको तुलानामा कर्णाली प्रदेशलाई समृद्धी बनाउन रारामा नियमित रुपमा प्यारा ग्लाइडिङ्ग उडान गर्ने ब्याबस्था मिलाईनु पर्ने युवा पर्यटन ब्याबसायि देविकृष्ण रोकायाले बताउनुभयो । रारामा भौतिक पुर्वधाराको ब्याबसथा गरी प्यारा ग्लाइडिङ्ग उडान गराएमा पोखरा पछीको प्यारा ग्लाईडिङ्गमा व्यस्त स्थान रारा हुन सक्ने उहाँको भनाई छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने