२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

खप्तडमा अन्तराष्ट्रिय साँस्कृतिक पदयात्रा तथा काब्य सम्मेलन

३० बैशाख २०७५, आईतवार १०:३६

टेकेन्द बोहरा/वैशाख ३० बझाङ | प्रदेश नम्बर सातको प्रमुख पर्यटकिय क्षेत्र मानिने खप्तडमा  अन्तराष्ट्रिय साँस्कृतिक तथा धार्मिक पदयात्रा शुभारम्भ  भएको छ।

 जिल्लाको सदरमुकाम चैनपुरमा रहेको शुर्मा देबी मन्दिरबाट शनिबार शुभारम्भ भएको पदयात्रा पछि यस क्षेत्रको धार्मिक एबम् पर्यटकीय महिमा बढ्दै  गएको  पत्रकार ललित सिहको भनाई रहेको छ ।  

हिन्दुहरु धर्मालम्बिहरुको आस्थाको केन्द रहेको धार्मिक एवम् पर्यटकियस्थल खप्तडमा यसरी पहिलो पटक अन्तराष्ट्रिय खप्तड सास्कृतिक पद यात्रा तथा काब्य सम्मेलन हुने भए पछि यस क्षेत्रमा थप उत्साह छाएको छ ।

गंगा दशहरा मेलाको अबसर पारि नेपाली साहित्य तथा सास्कृतिक प्रतिष्ठान गोदावरी कैलालीको आयोजनामा सुरु हुने पदयात्राका लागी नेपाल, भारतको प्रसिद्ध तिर्थस्थलका प्रमुख जगतगुरु शंकराचार्य सहित सन्त, योगी, आर्चाय कवी, धर्मगुरु, साहित्यकार तथा पत्रकारहरुको एक टोली खप्तडका लागी प्रस्थान गरेको छ।

जेठ १ गते खप्तड त्रिबेणीमा स्नान गरि काब्य सम्मेलन गरि धार्मिक एबम सास्कृतिक पदयात्राको औपचारिक कार्यक्रमको थालनी गरिने बझाङका धर्मगुरु शास्त्रि बिष्णुभक्त जोशीले बताए। 

खेचर भनेको देबताहरुको बास स्थान र उहाँहरुको घुम्ने तपोभूमी हो । 

जोशीले भने, ’ हाम्रै बाजेहरुको पालामा समेत सिद्घ तथा अप्सराहरुलाई गोठालाहरुले भेट्ने गरेको सुन्न पाएका हौं।’  खप्तडका घाँसे मैदान तथा फुलका बगानहरुले बिभिन्न ढुंगाका आकृतीहरुले अचम्म लाग्दा गुफाहरुले समेत यो क्षेत्र देबभूमी भएको प्रमाणित हुदै आई रहेको छ ।

पछिल्लो समयमा खप्तड क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन बिभिन्न प्रयास भएको भएपनि यसको गरिमा र महिमाका बारेमा अझै पनि प्रचार प्रसार हुन नागरीक समाजका अगुवा धर्मजङ्ग बहादुर सिहले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु