२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

खप्तडमा अन्तराष्ट्रिय साँस्कृतिक पदयात्रा तथा काब्य सम्मेलन

२०७५, ३० बैशाख आईतवार १०:३६

टेकेन्द बोहरा/वैशाख ३० बझाङ | प्रदेश नम्बर सातको प्रमुख पर्यटकिय क्षेत्र मानिने खप्तडमा  अन्तराष्ट्रिय साँस्कृतिक तथा धार्मिक पदयात्रा शुभारम्भ  भएको छ।

 जिल्लाको सदरमुकाम चैनपुरमा रहेको शुर्मा देबी मन्दिरबाट शनिबार शुभारम्भ भएको पदयात्रा पछि यस क्षेत्रको धार्मिक एबम् पर्यटकीय महिमा बढ्दै  गएको  पत्रकार ललित सिहको भनाई रहेको छ ।  

हिन्दुहरु धर्मालम्बिहरुको आस्थाको केन्द रहेको धार्मिक एवम् पर्यटकियस्थल खप्तडमा यसरी पहिलो पटक अन्तराष्ट्रिय खप्तड सास्कृतिक पद यात्रा तथा काब्य सम्मेलन हुने भए पछि यस क्षेत्रमा थप उत्साह छाएको छ ।

गंगा दशहरा मेलाको अबसर पारि नेपाली साहित्य तथा सास्कृतिक प्रतिष्ठान गोदावरी कैलालीको आयोजनामा सुरु हुने पदयात्राका लागी नेपाल, भारतको प्रसिद्ध तिर्थस्थलका प्रमुख जगतगुरु शंकराचार्य सहित सन्त, योगी, आर्चाय कवी, धर्मगुरु, साहित्यकार तथा पत्रकारहरुको एक टोली खप्तडका लागी प्रस्थान गरेको छ।

जेठ १ गते खप्तड त्रिबेणीमा स्नान गरि काब्य सम्मेलन गरि धार्मिक एबम सास्कृतिक पदयात्राको औपचारिक कार्यक्रमको थालनी गरिने बझाङका धर्मगुरु शास्त्रि बिष्णुभक्त जोशीले बताए। 

खेचर भनेको देबताहरुको बास स्थान र उहाँहरुको घुम्ने तपोभूमी हो । 

जोशीले भने, ’ हाम्रै बाजेहरुको पालामा समेत सिद्घ तथा अप्सराहरुलाई गोठालाहरुले भेट्ने गरेको सुन्न पाएका हौं।’  खप्तडका घाँसे मैदान तथा फुलका बगानहरुले बिभिन्न ढुंगाका आकृतीहरुले अचम्म लाग्दा गुफाहरुले समेत यो क्षेत्र देबभूमी भएको प्रमाणित हुदै आई रहेको छ ।

पछिल्लो समयमा खप्तड क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन बिभिन्न प्रयास भएको भएपनि यसको गरिमा र महिमाका बारेमा अझै पनि प्रचार प्रसार हुन नागरीक समाजका अगुवा धर्मजङ्ग बहादुर सिहले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने