२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

रामेछापका प्रकाशराज पाण्डेले गरे सफलतापूर्वक सगरमाथा आरोहण

२०७५, ५ जेष्ठ शनिबार ०७:११

प्रज्वल पौडेल । जेठ ५, रामेछाप ।

रामेछाप जिल्लास्थित लिखु तामाकोशी गाउँपालिकाका प्रकाशराज पाण्डेले सगरमाथा आरोहण गरेका छन् । बुधबार बिहान ११ बजेर ३० मिनेटमा उनले सर्वोच्च शिखरको चुचुरोमा पुग्न सफल भएको बताएका छन् ।

उनले बालअधिकारका लागि चेतना फैलाउन आफूले बैशाखको पहिलो साता सगरमाथा आरोहण गर्न लागेको जानकारी दिएका थिए । सगरमाथा चढ्नु अगाडी उनले पाण्डेले नेपालको राष्ट्रिय झण्डा, नेपाल स्काउट र विश्व स्काउटको झण्डा, राष्ट्रिय युवा परिषद्का झण्डा, चार शहीद र रामेछाप जिल्लाका तस्वीर सगरमाथामा पुर्याउने प्रतिबद्दता व्यक्त गरेका थिए ।

स्काउटमा रहेर बालबालिका तथा किशोरकिशोरीको शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेलेका पाण्डेले नेपालको पर्यटन विकासमा योगदान पुर्या‍उने, बालबालिकाको हक अधिकारलाई सगरमाथाको चुचुरोबाट उठाउने, विभिन्न देशका स्काउटलाई सगरमाथा चढ्न आह्वान गर्ने उद्देश्यले सगरमाथा आरोहण गर्न लागेको  बताएका थिए ।


उनलाइ Pioneer Adventure P Ltd. कम्पनी मार्फत गाइड गरिएको थियो ।उनले यस अगाडि  रसुवा जिल्ला स्थित ५८९० मिटर उचाईको बेडेन पावेल स्काउट पिक दुई पटक, ६१६० मिटर अग्लो आइस ल्याण्ड पिकको समेत सफलता पुर्वक आरोहण गरि सकेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने