पढ्न करिब 2 मिनेट लाग्छ

असार १९, काठमाडौं । नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) को काठमाडौं शाखाको पहिलो अधिवेसन सम्पन्न भएको छ । एन्टोजको काठमाडौं शाखाको पहिलो अधिवेसनले जि पि पौडेलको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन गरेको छ ।

एन्टोजको वरिष्ठ उपाध्यक्षमा इश्वर पनेरु,महिला समावेसी उपाध्यक्षमा रजिना माझीलाई चयन गरेको छ । त्यस्तै सचिवमा दिपेन्द्र बोहरा,सह सचिवमा सौजन लिम्बु, र कोषाध्यक्षमा दिपक पराजुली चयन भएका छन् भने प्रदेश पार्षदमा मनोज पराजुली, छबी सापकोटा र पुजा तिवारीलाई छनौट भएका छन् ।

एन्टोजका अन्य सदस्यहरुमा आशिष न्यौपाने, अनिल रानाथारु, भुवनराज उप्रेति, पुष्प भट्ट, उज्जल काफ्ले, अनिल चौधरी, सपना गुरुङ र सृजना पनेरु रहेका छन् ।

काठमाडौं शाखाको पहिलो अधिवेसनलाई सम्बोधन गर्दै एन्टोजका केन्द्रीय अध्यक्ष धनीराम शर्माले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन पत्रकारको भूमिका उल्लेख्य हुने भएकोले त्यसतर्फ लाग्न पत्रकारहरुलाई आग्रह गरे ।

'सम्वृद्धिका लागि पर्यटन संचार अभियान' नाराका साथ नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) को गठन ४ वर्ष अगाडी भएको भन्दै उनले संघलाई देशव्यापी विस्तार गर्ने अभियानमा लागि परेको बताए ।

सरकारले २० लाख पर्यटक ल्याउने गरि २०२० लाई 'नेपाल भ्रमण बर्ष ' मनाउने तयारी गरेकोले त्यसलाई सफल बनाउन पर्यटन पत्रकारले संचार माध्यम मार्फत अहम् भूमिका खेल्नुपर्नेमा जोड दिए ।

अधिवेसनलाई सहजीकरण गर्दै एन्टोजका केन्द्रिय सदस्य साहस न्यौपानेले पर्यटन पत्रकारको क्षमता विकासका लागि पर्यटनसंग सम्बन्धित सरकारी तथा गैर सरकारी संस्थाहरुसंग सहकार्य गरि अगाडी बढ्ने बताए ।

नेपाल पर्यटन पत्रकार संघ (एन्टोज)को क्रियाशील जिल्ला समितिको संख्या काठमाडौं थपिएपछि ६३ पुगेको छ ।