२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

प्राकृतिक सौन्दर्यको अनुपम उपहार त्रिधार्मिकस्थल हलेसी

२०७५, २१ श्रावण सोमबार ०४:०२

साउन २१, खोटाङ (रासस) | धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध रहेको छ खोटाङको हलेसी । ठूल्ठूला चट्टानको बीच भागमा रहेको गुफाभित्र विराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ । 

गुफाभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार हो । 

हलेसी धार्मिकरुपमा पनि विश्वभर चर्चित छ । जसका कारण वर्षेनी लाखौँ देशीविदेशी तीर्थयात्री हलेसी आउने गर्छन् । नेपालसँगै भारत, चीन, भुटान, जापान, अमेरिकालगायत विभिन्न मुलुकबाट विभिन्न धर्मावलम्बी हलेसी दर्शन तथा अवलोकन गर्न आउने गरेका छन् । 

हिन्दुधर्मावलम्बीले पूर्वको पशुपतिनाथ, बौद्धधर्मावलम्बीले दोश्रो लुम्बिनी र किराँतीले आदिम भूमि मान्ने हलेसी प्राकृतिक भू–बनोटको आधारमा पनि छुटाउनै नहुने एउटा ठाउँ हो । 

सडक नपुगेसम्म लामिडाँडा विमानस्थलको अर्काे विकल्प नभएको हलेसीमा अहिले जयरामघाटस्थित दूधकोशी र हर्कपुरस्थित सुनकोशीमा पक्की पुल बनेपछि सहजरुपमा बस तथा जीपमा यात्रा गरेर आउन तथा जान सकिन्छ । कतिपय दर्शनार्थी तथा अवलोकनकर्ता सिधै हेलिकोप्टर चार्टर गरेर हलेसी आउने गरेका छन् । 

तीन ठूला प्राकृतिक गुफाको अवलोकन तथा दर्शन गर्न मध्यपहाडी राजमार्ग हुँदै काठमाडौँबाट सात घण्टाको बस तथा जीप यात्रापछि हलेसी पुग्न सकिन्छ । 

हिन्दूधर्मको किम्वदन्तीअनुसार भष्मेश्वर नामक राक्षस पावर्ती पाउनका लागि हजारौँ वर्ष भगवान् विष्णुको तपस्या गर्छन् । त्यसपछि, बरदान दिने क्रममा भस्मेश्वरले शिवजीलाई मार्न पाउनुपर्ने वरदान माग्छ । सोही वरदानअनुसार शिव र पार्वतीलाई खेद्दै जाने क्रममा हलेसी आएपछि, शिवपार्वती गुफाभित्र पस्छ । भष्मेश्वर पनि त्यही पस्छ । तर, विष्णुले पुनः जाल रची भष्मेश्वरलाई नै भष्म बनाइदिएपछि, शिवपार्वती त्यही विराजमान भएको किम्वदन्ती रहेको छ । 

बौद्धमार्गीको धर्मग्रन्थमा बौद्ध धर्म गुरु पद्म सम्भवले बुद्धत्व प्राप्त गरेको हुँदा मारातिका गुम्बाको समेत स्थापना गरी महत्वपूर्ण स्थानको रुपमा उल्लेख गरेको पाइन्छ । 

गुफाभित्र किराती बस्ने गरेको पनि किम्वदन्ती छ । तीन ठूला प्राकृतिक गुफा रहेको हलेसीमा विभिन्न देवीदेवताका मूर्ति छन् । 

यहाँ चैतमा रामनवमी मेला १५ दिन, मंसिरमा बालाचतुर्दशी मेला १२ दिन, फागुनमा शिवरात्रि मेला सात दिन र भदौमा तीज मेला तीन दिन लाग्छ । 

हलेसीको भावी योजनाअन्तर्गत हलेसी गुरुयोजना निर्माणको काम थालिएको छ । पछिल्लो समय स्थानीयवासीको अतिक्रमणमा पर्दै गएको हलेसीको समग्र विकासका लागि गुरुयोजना निर्माणको काम थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने