२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

सरकारले २४ घण्टै होटल, रेष्टुरेन्ट संचालन गर्ने वातावरण बनाउँछ : मन्‍‍त्री अधिकारी

२०७५, २ भाद्र शनिबार १५:५७

प्रज्वल पौडेल । भदौ २, काठमाण्डौ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्‍‍त्री रविन्द्र अधिकारीले पर्यटन क्षेत्रको विकासबाट मात्र नेपालको आर्थिक समृद्धि सम्भव हुने बताउनुभएको छ । शनिबार राजधानीमा फास्टफुट एसोसियन नेपालको छैठौँ अधिवेशनको उद्‍घाटन गर्दै उहाँले पर्यटन प्रवर्द्धनका लागी सरकारको पहिलो प्राथमिकता विमानस्थललाई व्यवस्थित गर्नु रहेको बताउनुभएको हो । मन्त्री अधिकारीले त्रिभूवन अर्न्तर्राष्ट्रिय विमानस्थल आफू मन्त्री भएपछि हाल २१ घण्टा संचालनमा ल्याएको बताउदै पूर्णरुपमा विमानस्थल निर्माण पश्चात २४ घण्टा  संचालन गरिने र होटल व्यवसाय पनि निरन्तर चल्ने बताउनुभयो । 


उहाँले नेपालका महत्वपूर्ण शहरमा यहि आर्थिक वर्षबाट क्रमश समय बढाउदै २४ घण्टै होटल, रेष्टुरेन्ट संचालन गर्ने वातावरण सरकारले बनाउने बताउनुभएको छ । उहाँले भन्नु्भयो -'अहिले एक व्यक्तिले ६ देखी ८ घण्टा मात्र काम गर्ने बुझिने गरेको छ, अब त्यसो नभई फास्टफुड व्यवसाय, उद्योग धन्दालाई तीन सिफ्ट गरेर २४ घण्टै संचालन गर्नुपर्छ, तब मात्र देश समृद्धिको दिशामा अगाडि बढ्छ, समय कम भयो भनेर चिन्ता नलिनुस् ।' 


विकासको पुरातनवादी सोचाईले नेपाल पछाडि परेको बताउदै उहाँले नयाँ सोचका साथ अगाडि बढ्दा मात्रै पर्यटन प्रवर्द्धन हुने र व्यवसायले समेत सफलता पाउने धारणा राख्नुभयो । उहाँले नेपालमा वर्षैपिच्छे पर्यटकको संख्या बढ्दै गएकाले पर्यटन भित्राउन फास्टफुडलाई गुणस्तरीय र व्यवस्थित बनाउँदै लैजानु पर्ने बताउनुभयो । मन्त्री अधिकारीले व्यवसायमा लगानीपश्चात अनुशासित र गुणस्तरीय सेवा प्रदान गर्न आवश्यकता अनुसार तालिमको आयोजना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्‍नुभयो -' व्यवसाय संचालन गर्न संचालक तथा श्रमिकले समय-समयमा तालीम लिइरहनुपर्छ । नियमितरुपमा तालिम संचालन हुँदा ग्राहक र पर्यटकलाई सहज रुपमा सेवा दिन र नयाँ-नयाँ प्रविधी भित्र्याउन सहज हुन्छ ।'



कार्यक्रममा व्यवसायीहरुले प्रहरीले राती ९ बजे पछाडि व्यवसाय बन्द गराउदै हिड्ने गरेकाले समस्या भएको बताएका थिए । उनीहरुले राज्यलाई कर तिरेपनि नियम कानुन अनुसार चाहे जति समय व्यवसाय गर्न राज्यले अनुमति दिनुपर्ने धारणा राखेका थिए । 


मन्त्रीे अधिकारीले फास्टफुड एसोसियसन नेपालको नवनिर्मित भवनको उद्‍घाटन समेत गर्नुभएको थियो । कार्यक्रममा फास्टफुड एसोसियसन नेपालले संस्थालाई योगदान दिने विभिन्‍न व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल