2026-10-30 06:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल भ्रमण वर्ष सन् २०२० लक्षित गरि ‘अतिथि देवो भव’ कार्यक्रम शुभारम्भ

असोज १०,काठमाडौँ । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  रविन्द्र अधिकारीले सन् २०२० को दशक नेपाल भ्रमणको दशक भएको बताएका छन् ।‘नेपाल पर्यटन पत्रकार महासंघ’को आयोजनामा ‘अतिथि देवो भव’ कार्यक्रमको उत्घाटन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागेको अवसरमा त्यसलाई सहयोग पुग्ने गरि महासंघले कार्यक्रम घोषणा गरेकोले सरकारले सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त्त गरे । विश्व बजारमा नेपालका पर्यटकीय गन्तव्यको चिनारी गर्नुपूर्व आन्तरिक पर्यटन प्रवर्द्धन तर्फ पनि ध्यान जानुपर्ने उनले बताए ।अतिथि देवो भव कार्यक्रमलाई समाज र संकृतिसंग जोड्दै विद्यालय र विश्वविद्यालय तह मार्फत प्रचार प्रसारमा लैजानुपर्ने मन्त्री अधिकारीले बताए ।

संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  रविन्द्र अधिकारीले तीन वटा झन्डा सहितको प्रतिक चिन्ह नेपाल पर्यटन पत्रकार महासंघका अध्यक्ष धनीराम शर्मालाई हस्तान्तरण गरि कार्यक्रमको उत्घाटन गरिएको हो ।  सिंहदरबारबाट शुरु गरिएको  राष्ट्रिय अभियान सातै वटै प्रदेश र ७७ जिल्लाका गाउँ गाउँ सम्म संचालन गरिने अध्यक्ष शर्माले जानकारी दिए । अबको यात्रा आर्थिक रुपान्तरण सहितको परिवर्तन हो जसका लागि पर्यटन पत्रकारले कलमको माध्यमबाट सहयोग गर्नेछन् अध्यक्ष शर्माले भने ”सरकारको नीति तथा कार्यक्रमलाई समेत कार्यान्वयन गरि सफल बनाउन यो अभियानले सार्थकता दिलाउँछ ।”

कार्यक्रममा बोल्दै होटल एसोसिएसन नेपाल हानका प्रमुख कार्यकारी अधिकृत टेक महतले पर्यटन प्रचारका सामाग्रीलाई विविधिकरण गर्दै स्थानीय र अन्तर्राष्ट्रिय भाषाबाट पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्नुपर्ने बताए ।  उनले पर्यटन क्षेत्रलाई राष्ट्रीय प्राथमिकता प्राप्त क्षेत्रको रुपमा घोषणा गरि लगानी बढाउन सरकारको ध्यानाकर्षण गरे ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरि २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ