२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल भ्रमण वर्ष सन् २०२० लक्षित गरि ‘अतिथि देवो भव’ कार्यक्रम शुभारम्भ

२०७५, १० आश्विन बुधबार १६:३३

असोज १०,काठमाडौँ । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  रविन्द्र अधिकारीले सन् २०२० को दशक नेपाल भ्रमणको दशक भएको बताएका छन् ।‘नेपाल पर्यटन पत्रकार महासंघ’को आयोजनामा 'अतिथि देवो भव' कार्यक्रमको उत्घाटन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागेको अवसरमा त्यसलाई सहयोग पुग्ने गरि महासंघले कार्यक्रम घोषणा गरेकोले सरकारले सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त्त गरे । विश्व बजारमा नेपालका पर्यटकीय गन्तव्यको चिनारी गर्नुपूर्व आन्तरिक पर्यटन प्रवर्द्धन तर्फ पनि ध्यान जानुपर्ने उनले बताए ।अतिथि देवो भव कार्यक्रमलाई समाज र संकृतिसंग जोड्दै विद्यालय र विश्वविद्यालय तह मार्फत प्रचार प्रसारमा लैजानुपर्ने मन्त्री अधिकारीले बताए ।


संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  रविन्द्र अधिकारीले तीन वटा झन्डा सहितको प्रतिक चिन्ह नेपाल पर्यटन पत्रकार महासंघका अध्यक्ष धनीराम शर्मालाई हस्तान्तरण गरि कार्यक्रमको उत्घाटन गरिएको हो ।  सिंहदरबारबाट शुरु गरिएको  राष्ट्रिय अभियान सातै वटै प्रदेश र ७७ जिल्लाका गाउँ गाउँ सम्म संचालन गरिने अध्यक्ष शर्माले जानकारी दिए । अबको यात्रा आर्थिक रुपान्तरण सहितको परिवर्तन हो जसका लागि पर्यटन पत्रकारले कलमको माध्यमबाट सहयोग गर्नेछन् अध्यक्ष शर्माले भने ''सरकारको नीति तथा कार्यक्रमलाई समेत कार्यान्वयन गरि सफल बनाउन यो अभियानले सार्थकता दिलाउँछ ।"

कार्यक्रममा बोल्दै होटल एसोसिएसन नेपाल हानका प्रमुख कार्यकारी अधिकृत टेक महतले पर्यटन प्रचारका सामाग्रीलाई विविधिकरण गर्दै स्थानीय र अन्तर्राष्ट्रिय भाषाबाट पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्नुपर्ने बताए ।  उनले पर्यटन क्षेत्रलाई राष्ट्रीय प्राथमिकता प्राप्त क्षेत्रको रुपमा घोषणा गरि लगानी बढाउन सरकारको ध्यानाकर्षण गरे ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरि २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै