२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्यटन प्रर्बद्धनको लागि राष्ट्रियसभा अध्यक्षको पदयात्रा

२७ आश्विन २०७५, शनिबार १०:०९

शान्ति सुबेदी | असोज २७ (मोदी) पर्वत ।

मोदीगाँउपालिकाले आयोजना गरेको पर्यटन पर्वद्घन अन्तरक्रिया कार्यक्रममा सहभागि हुदै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अवलोकना का लागि पैदल यात्रा गरिगाँउपालिकाको पर्यटकिय स्थल भवरकोट पुग्नुभएको हो । तिमिल्सिनाले कागजमा लेखिएका मौलिक हकलाई व्यवहारमा रूपान्तरण गर्न चुनौती रहेको बताउनुभएको छ ।पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा आज आयोजित पर्यटकीयस्थल भवरकोे विकासका सम्भावना विषयक कार्यक्रममा बोल्दै तिमिल्सिनाले लामो समय देखि प्रयोगमा आइरहेका ऐन कानूनबाट अभ्यस्त भएको समाजमा नयाँ स्वरूपमा आएका मौलिक हकलाई अपनाउनु चुनौती भएको बताउनुभयो ।

तिमिल्सिनाले भवरकोटको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्वतको नयाँपुल र पातीचौरदेखि भवरकोट सम्मको पैदलमार्गलाई व्यवस्थित गर्दै घोरेपानी र पुनहिलसम्म जोड्न सकेमा वार्षिक लाखौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्रिने बताउनुभयो । समुद्री सतहबाट झण्डै दुई हजार ५०० मिटरको उचाइमा रहेको भमरकोटको अध्ययनका लागि आउनुभएका राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र पर्यटनमन्त्री अधिकारी झण्डै दुई घण्टाको पैदलयात्रा गरी भमरकोट पुग्नुभएको हो ।सोही कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बढीभन्दा बढी सङ्ख्यामा बाह्य पर्यटकलाई भित्र्याउने गरी राज्यले काम गरिहरको बताउनुभयो ।

उहाँले अबको पाँच वर्ष्भित्र विश्वकै नमूना गन्तव्यस्थलका रूपमा विकास गरिने दाबीसमेत गर्नुभयो ।आर्थिक समृद्धिका लागि पर्यटन उद्योगको महत्वपूर्ण भूमिका रहेको बताउँदै अब हरेक पर्यटकीय र ऐतिहासिक महत्वका क्षेत्रमा आवश्यक पूर्वाधार खडा गरिने र त्यसका लागि राज्यले उचित बजेटको समेत व्यवस्था गरेको जानकारी दिनुभयो ।सोही सभामा वडा नं दुईका अध्यक्ष विकास तिमिल्सिनाबाट रचित गाउँपालिका चिनारीको गित विमेचन पनि गरिएको हो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले प्रशिद्ध धार्मिक एवं पर्यटकीयस्थल भमरकोटको ऐतिहासिक महत्व र त्यसलाई विकास गर्न सकिने सम्भावनाका बारेमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र मन्त्री अधिकारीलाई जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान