२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

पर्यटकको गन्तव्य बन्दै शंकरपुर ताल

२०७५, १५ कार्तिक बिहीबार १३:५४

माधव बेल्वासे | कात्तिक १५, कपिलवस्तु (चन्द्रौटा) | कपिलवस्तु जिल्लाकै सुदुरपश्चिम क्षेत्रमा रहेको शंकरपुर ताल व्यवस्थित बन्ने भएको छ । ताललाई पर्यटकको गन्तव्य बनाउन विजयनगर गाउँपालिका र स्थानियहरुले तयारी सुरु गरेका छन । वडा न ४ मा रहेको सो ताल घना जंगलको विच भागमा पर्दछ । 

गाउँपालिका कै पर्यटकिय स्थलमा रुपमा परिचित बन्ने राम्रो सम्भावना बोकेको सो ताल जिल्लाको पश्चिमि क्षेत्रकै सवै भन्दा ठुलो तालको रुपमा परिचित छ । चन्द्रौटा वजार वाट करिव ५ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा रहेको सो ताल यस क्षेत्रकै चिनारीको रुपमा रहेको  वुढापाका वताउछन  । शंकरपुर तालमा शिवगढी मन्दिरमा बस्ने भगवान शंकरले नुहाउने र शिवगढीमा बस्ने जाने धार्मिक विश्वास रहेकोले सोही अनुरुप यस तालको नाम नै शंकरपुर ताल रहन गएको स्थानिय ७२ बर्षिय काशिराम पुनले बताए ।

शकरपुर ताल करिव ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ । ताल क्षेत्र घना जंगल संग जोडिएको हदाँ प्रकृतिको विचरण गर्नेहरुका लागी ताल क्षेत्र राम्रो गन्तव्य बनेको छ । चराचुरुंगीको चिरबिर आवज संगै आखाले नभ्याउने गरी भरिएको जलाशयमा आहाराको खोजीमा आउने विभिन्न प्रजातीका चराहरुको हुलले पनि ताललाई मनमोहक बनाएको छ ।

गाउँपालिकाले ताललाई व्यवस्थित बनाउन गुरुयोजना तयार पारेको गाउँपालिकाका अध्यक्ष गोपाल थापाले वताए ।  योजना अनुसार ताल क्षेत्रमा पर्यटकलाई आर्कषण गर्न तालको चारै तर्फ रिग रोड, विभिन्न खालका मन्दिर, पिकनिक स्थल, बाल उद्यान निर्माण लगायतका कामहरु भइरहेको उनले बताए । तालमा डुंगाको  व्यवस्था गरी तालमा सयर गर्ने व्यवस्था मिलाउने ,पार्क निमार्ण गरि जिल्ला भन्दा वाहिरका र विदेशवाट पनि भम्रणको लागी शंकरपुरताल आउने वातारण मिलाउने उद्देश्यले गुरुयोजना निमार्ण गरिएको अध्यक्ष थापाले वताए ।

गत वर्ष मात्र ४० लाख वजेट विनियोजन गरेर ताल परिसरमा वाउण्ड्रि सडक,नहर व्यवस्थापन, ताल पुग्ने सडक कालोपत्रे लगाएत अन्य काम सम्पन्न भइसकेको वडा अध्यक्ष तिलक कडेलले वताए ।  यस ताललाई पर्यटकिय स्थल वनाउने उद्देश्यले काम भइरहेको छ अव तालमा वोरिग निमार्ण,ताल व्यवस्थापन लगाएतका काम हुन्छ । कडेलले भने–  “गाउँपालिका कै पहिचानका रुपमा रहेको ताललाई हामी व्यवस्थित र संरक्षण गर्दै छौं , ताल क्षेत्रमा पर्यटक भित्राउन सकियो भने ताल नजिक रहेका बस्ती त्रिपालनगर,ज्योतिनगर र भू.पू. गाउँका नागरिकको जिवीको पार्जन सहज हुनसक्छ” ।

 ताल क्षेत्रको संरक्षण र यसको व्यवस्थापन का लागि यस आर्थिक बर्षको बजेटमा १५ लाख विनियोजन भएको कडेलले बताए । ताल क्षेत्रमा हाल तालको किनारा मिलाउने , पानीको संभाव्यता अध्ययन गर्ने नजिकैको सुरही खोलाबाट पानी लिप्ट गर्ने जस्ता योजना रहेको उनले जानकारी दिए ।   पूर्वपश्चिम राजमार्गबाट करिब ५ कि.मी.पश्चिममा रहेको ताल क्षेत्र वरिपरि मगर जनजातीको बाहुल्यता रहेको बस्ती छ । ताललाई व्यवस्थित बनाउने र सोही गाउँमा होम स्टे संचालन गर्न सकिने भने ताल राम्रो आय स्रोत बन्ने स्थानीय अग्नी सापकोटाले बताए । “ताल संरक्षण संगै यसको प्रचार प्रचार गर्न सकियो भने पर्यटकहरुको लागी राम्रो गन्तव्य शंकरपुर ताल बन्न सक्छ” उनले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने