2026-09-08 02:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेवातालको स्वरुमा पाल्पाको तालपोखरा, कालिनदीको पानी डाँडामा पुर्याएर ताल

प्रेम सुनार | कात्तिक २१, बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालले पाल्पाको रामपुर स्थित तालपोखरा तालको अवलोकन गरेका छन । सरकारले नेपालको एक सयौं पर्यटकिय गन्तब्यका सुचीमा तालपोखरा राखे संगै पर्यटकहरुको संख्या ह्वात्तै बृद्धि हुन थालेको र त्यहाँ थप पर्यटक भित्राउन अरु के गर्न सकिन्छ  र अन्त्र पनि त्यसरी नै जलसायको विकास गर्न अध्यान अवलोकन   गर्न  आफु  आएको मन्त्री वरालले बताए ।

उनले विद्यालय स्तर देखि नै त्यस तालको अवलोकन भ्रमण बढाउँदै आफ्नो स्थानमा पनि त्यसको सिको गर्न आबश्यक रहेको सुनाए । सोही अवसरमा मन्त्री वरालले रामपुर उद्योग बाणिज्य संघले आयोजना गरको शुभ दिपावलीको शुभकामना आदन प्रदान गर्ने कार्यक्रमलाई सम्वोधन पनि गरेका थिए । त्यस्तै उनले रामपुर अस्पताल र रामपुर माध्यामिक विद्यालयको अवलोकन समेत गरेका थिए ।

कालिनदीको पानी माथी डाँडामा पुर्याएर ताल

कालिनदीको पानी लिफ्टीङ्ग गरी तालमा खसालेर निलरह  पारिएको छ । जसमा डुङ्गाबाट सयल गर्ने गराउने गरिन्छ । उक्त तालले पोखराको फेवा तालको झल्को मेटाउने गरेको छ । पाल्पावासीले शौन्दर्यको हकमा त्यस ताल पोखरालाई  फेवाताल संग दाँज्न  थालेका छन  । सरकारले नयाँ पर्यटकिय गन्तव्यको विकास र पर्वद्धन गर्ने उद्देश्य अनुरुप २ करोड लागतमा उक्त ताल निर्माण गरेको हो ।

फेवातालमा जस्तै त्यस तालको विचमा मन्दिर बनाईएको छ । जहाँ पुगेर पुर्ज अर्चाना गरिन्छ । वरवरीको वस्ती र पहाडी टापुहरुले थप मनोरम बनेको छ । कम्तीमा दैनिक ४ सय पर्यटकहरु भित्रिने र २० हजार भन्दा बढि आम्दानी दैनिक हुने गरेको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटाले बताए । 

उनको अनुसार एक जना पर्यटकका लागि ५० रुपैयाँ शुल्क लिईन्छ । विद्यार्थीका लागि ३० रुपैयाँ लिईन्छ । पर्यटकहरु भित्रिए संगै स्थानियले होटल र पसलहरु राखेर आम्दानी समेत गर्न थालेका छन । संरक्षण समिति आफैले पनि खाजा नास्ता  घर सञ्चालन गरेर दैनिक १० हजारको आम्दानी लिदै आएको छ ।  हालै  १६ हजार माछाका भुराहरु राखेर थप आम्दानीको श्रोत बनाईएको छ । पिकनिक स्पट र सुन्दरपार्क निर्माण गरिएको छ ।

बिदाको दिन बिशेष गरी युवा युवती र कर्मचारीहरुको बढि भिड हुने गरेको छ । वाल उद्यान लगायत थप सुविधाहरु थपेर पर्यटकहरुको संख्यामा  बृद्धि गर्ने लक्ष्य लिईएको सचिव देवकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल