Skip to content
Friday, July 17, 2026 Nepali Online Media

११ महिनामै १० लाख विदेशी पर्यटक नेपालमा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मंसिर २७, काठमाडौं । सन् २०१८ को ११ औं महिनामा नेपालमा १० लाख १ हजार ९ सय ३० जना विदेशी पर्यटक भित्रिएका छन् । जनववरीदेखि नोभेम्बरसम्म नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो संख्या अघिल्लो वर्ष सन् २०१७ सोहि अवधिको भन्दा १७ प्रतिशतले बढी रहेको वोर्डले जनाएको छ ।

यो तथ्यांकमा अक्टोबर र नोभेम्बर महिनामा स्थलगत रुपमा आएका पर्यटकको संख्या सामेल छैन । यो संख्या पनि जोड्दा जनवरीदेखि नोभेम्बरसम्ममा नै करिब २३ प्रतिशत वृद्धि देखिने बोर्डले जनाएको छ ।

यो ११ महिनामा २ लाख ६० हजार पर्यटक भारतबाट आएका छन् । यस्तै यसवर्ष १ लाख ३४ हजार चिनियाँ पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् । थाइल्याण्ड, जापान र उत्तर कोरियाबाट नेपाल आउने पर्यटकको संख्या उल्लेख्य रहेको छ ।

युरोप अमेरिकाबाट पनि नेपाल आउने पर्यटकको संख्या बढ्दो छ । यो वर्ष २ लाख २४ हजार पर्यटकले पनि नेपालको भ्रमण गरेका छन् । ११ महिने अवधिमा ८२ हजार ८ सय अमेरिकन र ३३ हजार ५ सय अष्ट्रेलियन पर्यटक नेपाल भित्रिएका थिए ।बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले ११ महिनामै १० लाख पर्यटक भित्रिनुले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन बलियो आधार हुने बताए ।

सन् २०२०मा नेपालले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।