२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आहा ! पर्वतमा बन्जी जम्प (फोटोकथा/भिडियो)

२०७५, ३ पुष मंगलवार ०१:४३

शिला पाण्डे
पर्वत । विश्वकै दोस्रो अग्लो बन्जीजम्पको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । माघ महिनाभित्रै संचालनमा आउने निर्माण कम्पनीले जनाएको छ ।

२०७३ बैशाखमा निर्माण सुरु भएको उक्त बन्जी जम्पको हालसम्म करिब ८० प्रतिशत निर्माण कार्य सकिएको छ । बन्जीजम्पको परिकल्पना र डिजाइन फ्रेञ्च युवती फ्लोरेन्सले गरेकी थिइन ।

कालीगण्डकीको खोंचमा कुश्मा र बागलुङको बलेवालाई ५ सय २० मिटर लामो झोलुंगोमा जोडेर २ सय २८ मिटर उचाइको बन्जी निर्माण भइरहेको हो । बन्जीजम्पका साथै स्काई साइक्लिङ र स्वीङ पनि निर्माण हुनेछ ।

बन्जीजम्प निर्माणका लागि कुश्माका नेत्र पराजुली, नवराज पौडेल, युवराज जोशी, राजन जोशी र सिन्धुपाल्चोकका राजु कार्की र फ्लोरेन्स लगायतको लगानी छ । लगानीकर्ताले हालसम्म १२ करोड रुपैयाँ खर्च भइसकेको जनाएका छन् । यो व्यवसायीक प्रोजेक्टमा प्रभु बैंकले पनि सहकार्य गरेको छ । बैंकको यसमा ५ करोड रुपैयाँ लगानी भएको छ ।

यसको निर्माणको जिम्मा प्यारामाउन्ट कन्स्ट्रक्सनले लिएको छ । द क्लिफ कम्पनीको नामबाट बन्जीजम्प संचालन हुनेछ । पर्वतमा नेपालकै अग्ला र लामा झोलुङ्गपुलहरुका कारण आन्तरिक तथा बाह्य पर्यटकहरु आउने क्रम बढेको छ । त्यसमा बन्जीजम्पले थप पर्यटक आकर्षक गर्ने संचालकले अपेक्षा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने