२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

घरवास सञ्चालनका लागि तालीम

२०७५, ८ पुष आईतवार ०९:३५

पुस ८, कन्चनपुर र  (रासस) |  निकट भविश्यमा शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा सञ्चालन हुन लागेको घरवास (होमस्टे) को पर्यटन विकासका लागि आजदेखि चारदिने आधारभूत तालीम सञ्चालन गरिएको छ । 

खयरकन्द्रा सामुदायिक घरवासमा आबद्धलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारागाउँ विकास समिति ताहाचल, काठमाडौँले तालीम दिन थालेको हो । सोेमा आबद्ध समुदायलाई सैद्धान्तिक र प्रयोगात्मक गरी तालीम प्रदान गरी दक्ष बनाइने तालीम संयोजक लीलाप्रसाद तिमिल्सिनाले बताउनुभयो । तालीममा घरवासका आवश्यक पर्ने आधारभूत जानकारी सिकाइने उहाँले जानकारी दिनुभयो । 

नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले सामुदायिक संस्थाहरुको संरक्षण संवद्र्धन गर्ने दायित्व स्थानीय तहलाई भएकाले संस्कृति संरक्षण र घरवासका माध्यमबाट स्थानिय बासिन्दाको आयआर्जनका लागि नगरपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त घरवास नगरपालिकाकै पहिलो हो । 

राष्ट्रिय प्रकृति संरक्षण कोष कञ्चनपुरका सहायक संरक्षण अधिकृत सुदीपराज निरौलाले कोषले घरवास सञ्चालनका लागि रु १३ लाख रकम हस्तान्तरणसँगै आवश्यक तालीम र अन्य जिल्लाका उत्कृष्ट घरवासको भ्रमण गराई सञ्चालकलाई अनुभव प्रदान गरिएको बताउनुभयो । घरवास सञ्चालनसँगै तरकारी, दूध उत्पादक, कुखुरापालक, परम्परागत हस्तकलाका सामान बनाउने व्यक्तिलाई समेत फाइदा हुने बताइएको छ । 

सञ्चालनमा आउन लागेको सो घरवासमा आठ घरमा १६ कोठा र ३२ वटा ओछ्यान रहेका छन् । उक्त वडा थारू समुदायको पुरानो गाउँ हो । सो वडाको नजिकै दक्षिणी भेगमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र खैकन्द्रा नाम गरेको ठूलो प्राकृतिक ताल रहेको छ । यसै तालको नामबाट उक्त घरवासको नामाकरण गरिएको छ । सो ताल कमलका फूल, चराचुरुङ्गी र जलचरका लागि प्रख्यात रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते