२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पर्यटकको रोजाइमा सिस्नुका परिकार

२०७५, १८ पुष बुधबार १५:५०

पुस १८, कालिकोट । कर्णाली सामुदायिक होमस्टेका सञ्चालक पुत्रबहादुर मल्ल सुरुका दिनमा अलमलमा थिए, पर्यटकलाई के खुवाउने ? सहर–बजारबाट आएका पर्यटकले गाउँका परिकार रुचाउलान् भन्नेमा ढुक्क थिएनन् । तैपनि, उनले खाँडाचक्र नगरपालिका–७ पिलीमा कर्णाली सामुदायिक होमस्टे सुरु गरेदेखि नै स्थानीय परिकार बनाउन थाले। सिस्नुको तरकारी, पकौडा, कोदोको रोटी, ढिँडो, मकैको रोटी, रातो चामलको भात । ‘पर्यटकले त सिस्नु मन पराए, सिस्नुको परिकार नखाने कोही हुँदैनन्,’ मल्लले भने।

उनले सिस्नुको साग र तकारी बनाउँछन् । खाजा लागि सिस्नुको पकौडा पाक्छन् । चियासँगै पकौडा खाने कमै हुने गरेको उनले बताए। ‘पर्यटकको पहिलो रोजाइ नै सिस्नु हुन्छ। कतिपयले खाइसकेपछि घरका लागि भनेर सिस्नुको पिठो पनि लग्छन्,’ उनले भने । कर्णाली होमस्टेमा सिस्नुसँगै स्थानीय उत्पादनका परिकार नै पाक्छन् । कोदो र मकैको रोटी पनि धेरैले खाने गरेका छन् ।

त्यसपछि मात्रै भात पर्यटकको रोजाइमा पर्छ। त्यसमा पनि रातो चामलको भात खाने गरेको उनले बताए। ‘गाउँको वातावरणमा खानामा पनि गाउँकै स्वाद हुन्छ। सहर–बजारका होटलमा जस्तो मरमसला नभएको, खानाकै स्वाद पाइन्छ,’ मल्लले भने।

पर्यटकलाई बसोबास, खानपिनबाट सन्तुष्ट बनाइरहेका मल्ललाई इन्टरनेटको कमीले केही अभाव भएजस्तो लाग्छ। प्रायः सबै बाह्य तथा आन्तरिक पर्यटकले इन्टरनेट खोज्ने गरेको उनले बताए। ‘इन्टरनेट छ ? भनेर सोध्छन् । छैन भन्नु परेको छ,’ उनले भने। मोबाइलसमेत राम्ररी नलाग्ने पिलीमा इन्टरनेट नहुँदा पयर्यटक धेरै दिन नबस्ने गरेको उनको अनुभव छ । ‘इन्टरनेट भए पर्यटक केही दिन बस्थे, अहिले एक–दुई दिनमै निस्किहाल्छन्,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने