२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

ठूलो सिमसार बढैयाताल संरक्षणका अभावमा

२०७५, २८ माघ सोमबार ०८:५८

मेनका चौधरी | माघ २८, बर्दिया | नेपालकै ठूलो पर्यटकीय सिमसार क्षेत्र बढैयातालले संरक्षण पाएको छैन । तालमा रहेका प्राकृतिक झार मार्नका लागि जिल्ला समन्वय समितिले ठेक्का लगाए पनि तालमा विषादि प्रयोग गर्नाले माछा, झार तथा चराहरु मरेका छन् । 

यहाँ चीन हुँदै विभिन्न देशबाट आगन्तुक तथा स्थानीय चार सय प्रजातिका चरा हिउँदमा फुल पार्न र बच्चा कोरल्न आउँछन् । यहाँ तीन महिना बस्ने चरामा साइबेरियाली सारस, मैना, जुरेली, धोबीन, राजलाहाँचे, क्राउन, चखेवा, कर्याङकुरुङलगायत चरा र तीन सय जातका माछामा रोही, प्रह्नी, नैनी, सिलभर, कमनकार्पलगायत छन् । तिनलाई हेर्न स्वदेशी तथा विदेशी पर्यटक आउँछन् । यहाँ कमलको फूल सेतै फुलेको हुन्छ । एक सय सात बिघाको ताल चुरे पहाडको डाँडाबाट हेर्दा सेतो थालजस्तै टलक्क टल्किएको देखिन्छ । “नेपालकै ठूलो सिमसार 

क्षेत्र बढैयातालमा कहिले पनि पानी सुक्दैन” स्थानीयवासी लल्लु थारुले भन्नुभयो । 

सो ताल सरकारले संरक्षण गर्नुपर्नेमा नगरेकाले मानवको अतिक्रमण बढेको छ । सन् १८५७ मा भारतमा भएको सिपाही विद्रोह दबाउन नेपालबाट सहयोग भएवापत बेलायत सरकारले नेपाललाई दिएको नयाँ मुलुक(बाँके, बर्दिया, कैलाली र कञ्चनपुर)मध्ये बर्दियामा पर्ने यो ताल नजीकै सोसम्बन्धी कागजात तयार गरिएको बताइन्छ । चार जिल्ला पाउनु राम्रो(बरिया) काम भएकाले बढैया भनिएको 

बताइन्छ । 

रारातालमा मुआब्जा विवाद समाधान 

हुलाकी सडकमा पर्ने राराताल नजीक बबई नहरको मुआब्जाको विवाद समाधान भएको छ । हुलाकी सडकदेखि गुलरिया नगरपालिकाको पर्वतीया मन्दिरसम्मको करीब १८ किलोमिटर लम्बाइको नहर मुआब्जाको विवाद समाधान भएपछि नहर निर्माणको काम अघि बढ्ने भएको छ । 

गत आव २०७४ । ०७५मा नहरको रेखाङ्कनमा परेका १० बिघा १५ कठ्ठा सात धुर जग्गा अधिग्रहण गरिएको छ । सोका लागि कुल मुआब्जा रु १५ करोड ७२ लाख ७२ हजार ३१२ वितरण गरिने छ । सो रकममध्ये गत आवमा रु आठ करोड १६ लाख ३८ हजार ६०० मुआब्जा भुक्तानी गरिएको बबई सिँचाइ आयोजनाका प्रमुख कुञ्जनभक्त श्रेष्ठले जानकारी दिनुभयो । मुब्आजा वितरण दैनिक भइरहेको आयोजनाका प्रशासन शाखा अधिकृत रामप्रसाद शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने