Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

यात्रा संस्मरण : बल्खुदेखि लमजुङ् घलेगाउँ हुँदै भुजुंङ्गसम्म जे देखियो

By साझासवाल 33 मिनेट पढाइ

पढ्न करिब 13 मिनेट लाग्छ
प्रकाशित:

मनोज पराजुली। फागुन १८, काठमाडौँ। राजधानीको चिसो चिसो मौसम, पारिलो घाममा बसेर तातो चियाको चुस्की लिन कसलाई पो रहर नहोला र ? चिया गफसंगै काठमाडौँ वरिपरिका ग्रामीण वास्तिहरुसम्म अध्ययन अवलोकन गर्न जाने सोच नआओस् पनि कसरी, सार्वजनिक प्रशासन अध्ययन, त्यो पनि चौंथो सेमेस्टरमा विकास व्यवस्थापन विषय अन्तर्गत ऐच्छिक विषय ग्रामीण विकास लिएर अध्ययन गर्नेहरुका लागि।

बन्द कोठा १५/२० जना विधार्थी, गुरुले सानो ल्यापटप बोकेर कक्षामा छिर्ने, अनि विधार्थी गुरुको ल्यापटपमा राखिएको विषयवस्तु प्रोजेक्टरका साथ कक्षा लिनु हाम्रा लागि सामान्य नै हो। प्रोजेक्टरका माध्यमबाट सैधान्तिक ज्ञानका कक्षा लिंदा लिंदै विधार्थीलाई हाई (अल्छीपना) नआउने कुरै भएन, सैधान्तिक तवरबाट पढ्नुपर्ने बाध्यताका विच कसरी व्यवहारिक ज्ञान लिने चिन्ता सबैलाई नै थियो, अनि कुरा चल्यो गुरुकै अग्रसरतामा कुनै एक ठाउँ फिल्ड भिजिटको रुपमा जाने।

सबैले आँफुलाई जान मन लागेका ठाउँहरुको बारे भन्न शुरु भयो तर धेरैको इच्छा लमजुङ्को घलेगाउँ जाने नै रह्यो ।नेपालको पहिलो स्मार्ट भिलेज त्यो पनि गुरुकै गृहजिल्ला समन्वय र सहकार्य गरि जान पनि सजिलो। हामीलाई जान्नु थियो, घेलेगाउँको विगतको दिनको अवस्था र आजका दिनको अवस्था, अनि त्यहाँको विकास र पर्यटनका कुरा।

घले गाउँ जाने निश्चित भएसंगै को(को जाने को नजाने ? सबैले एक अर्कालाई भ्रमण बारे अवगत गराउन थाले, जाने भए जाउँ न त, अब कलेजका अन्तिम दिन आउन लाग्यो। सबै जना अब यसरी जुट्ने अवसर अब कहिले मिल्ला र ? यी र यस्तै कुराकानीका विच साथीहरुले आ आफ्ना नाम जाने लिष्टमा टिपाउन थाले तर सबैका आ(आफ्ना बाध्यता, सबैलाई समेट्न पनि सम्भव थिएन र सकिंदैन थियो पनि ।

विधार्थी न हो, कमाउँदै आफ्नै खर्चमा पढ्नुपर्ने भएर पनि, विहान पढ्ने र दिउसो जागिर खानुपर्ने अवस्था छँदै थियो। तरपनि कति साथीहरुले अफिसबाट बिदा मिलाउन सफल भए। कोहि साथीहरु आफ्नो अफिसबाट बिदा नमिलेको भन्दै साथीहरुलाई अग्रिम रुपमा नै २ दिन अगाडी नै शुभयात्रा भन्नसम्म भ्याए।

भ्रमण जाने सबै जनाको लिष्ट तयार भयो। गुरु सहित १८ जना माइक्रो रिजर्भ गरि फागुन १० गते बेशीशहर जाने, तीन दिन दिनको यात्रा तय गरेका थियौं। पहिलो दिन बेशीशहर बस्ने, दोश्रो दिन घलेगाउँ हुँदै भुजुंग पुगेर घलेगाउँमा नै आएर बस्ने र अन्तिम दिन विहान घलेगाउँको मनोरम दृश्यहरु अवलोकन साथै हिमालको अवलोकन गरि काठमाडौँ फर्कने ।

जब यात्रा शुरु भयो ..

पुर्व निर्धा्रित कार्यक्रम अनुसार लमजुङ्को घले गाउँलाई प्रमुख गन्तव्य  बनाइ यात्राका लागि निस्कियौं, रिजर्भ गरिएको माइक्रोका साथ। हामीले भ्रमण व्यवस्थापन गर्नका लागि व्यवस्थापन, मनोरंजन र रिपोर्टिंङ् गरि तीन टोली बनाएका थियौं। विधार्थी न हो, रमाइलो अनि काठमाडौँको धुलो धुँवाबाट मुक्ति पाई मुड फ्रेस बनाउन निस्किएको टोली, जब गाडीमा बस्यौं, शुरु भईहाल्यो सांगीतिक माहोल….

बेशीशहर सम्मको यात्रा रमाइलो गर्दै कटाउनु थियो नै, साथीहरु अन्ताक्षरी खेल्न र गेम खेल्न तिर लाग्यौं जसले ५ घन्टाको यात्रा बितेको पत्तो नै भएन। बीच बाटोमा लिएको ब्रेकफास्ट जसले बेशीशहरको तुल्सिहोमको खानालाई प्रखाईरह्यो।

बेशीशहर पुगेर खाइएको खाना पश्चात यात्राको पहिलो दिन स्थानीय सरकारको काम बारे जानकारी लिने र अन्तरक्रिया गर्ने पुर्व तालिका अनुरुप नै बेशीशहर नगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतसंग समय लिएका थियौं। सोहि अनुरुप बेलुकी ४ बजे सबैजना नगरपालिका भवनतिर लाग्यौं।

जम्बो टोली पुगेसंगे मेयर गुमान सिंह अर्यालले आउनुहोस्, भित्र नै बस्यौं भन्दै लगे, उनी भन्दै थिए। यो हाम्रो नयाँ भवन हो, पहिले तल थियौं। ठाउँ सानो भएर यहाँ सरेका हौं। यो पनि सरकारी नै हो तर निर्णय गरेर लिएका हौं आवश्यकता भएपछि बस्ने पर्यो।

यत्तिकैमा उपमेयर लक्ष्मी अधिकारी र प्रशासकीय अधिकृत भिमप्रसाद तिवारीको पनि उपस्थिति भयो। हाम्रो भ्रमणको नेतृत्व गरिरहनुभएका गुरु प्रकाश घिमिरिले जनप्रशासन क्याम्पसबाट लागिएको पत्र मेयरको हातमा थमाउँदै भ्रमणको उदेश्य बारे अवगत गराउनु भयो। त्यसपछि सबैले आफ्नो परिचय दिंदै कार्यक्रमको फर्म्याटमा लागियो ।

हामीलाई जान्नु थियो, देश संघीयतामा गएपछि जनप्रतिनीधि मार्फत काम शुरु भएपछि जनताले के के थप सुविधा पाए, स्थानीय निकायबाट हुने सेवा प्रवाहमा कस्तो परिवर्तन भएको छ, स्थानीय नीति निर्माण कसरी हुने गर्छ, जनताको जनसहभागिता कस्तो छ ? स्थानीय श्रोत साधन परिचालनमा नगरपालिकाले के काम गरेको छ, युवा विदेश पलायन रोक्न के के योजना छन् यी यावत विषय २ घन्टाको समयमा जानकारी लिई सक्नुपर्ने थियो।

हाम्रो जिज्ञासा समेटिएका प्रश्नहरु बारे प्रकाश सरका भनाइलाई आधार मान्दै मेयर अर्यालले संघ र प्रदेशका कारण काम गर्न असहज भएको बताए उनले भने “कानूनी अधिकारमा संघले प्रदेशको अधिकारमा हस्तक्षेप गरेको, प्रदेश र संघ मिलेर स्थानीयको अधिकारमा हस्तक्षेप भएको छ, नीति कसले कहाँको लागि, के बनाउने स्फ्ष्ट छैन।’’ उनले थपे हाम्रो नगरपालिकाले के काम कसरी गर्ने भनेर कानून बनाएको छ तर त्यसलाई लागू गराउन अन्य क्षेत्रबाट हस्तक्षेप गर्न खोजिएको छ।

स्थानीय तहले विकास निर्माणका कामहरु उपभोक्त्ता समिति मार्फत जनताको ४० र स्थानीय सरकारले ६० प्रतिशत लगानी गरि काम गर्ने गरेको सुनाए। एकै योजनामा संघ, प्रदेश र स्थानीय तहको लगानी भएकोले पनि काममा पभावकारिता नदेखिएको उनको तर्क थियो।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद अधिकारीले स्थानीय तहले नीति निर्माणका लागि बटम अप अप्रोज विधि अपनाउने गरेको गरेको बताए। उनले जनताको प्रत्यक्ष सहभागितामा आफ्ना योजना आफै छनौट गर्ने गरेको र त्यसलाई गाउँ, वडा हुँदै नगरसभाबाट पारित गरिएको बताए।

त्यस्तै न्यायिक समितिको प्रमुख रहेकी उपमेयर लक्ष्मी अधिकारीले नगरपालिकामा सबैभन्दा बढी महिला हिम्सा, सम्बन्ध विच्छेद, खानेपानी, जग्गा मिचेको जस्ता निवेदनहरु आउने गरेको बताईंन्। प्राप्त हुने उजुरीहरुको मेलमिलापबाट मिलाउने नमिलेमा निर्णय गरेर अदालत पठाउने गरेको बताइन्। बहुमत भएपनि न्यायिक समितिमा सबै पक्षलाई  समेटिएको मेयर अर्यालले जानकारी दिए।

दोश्रो दिनको  यात्रा घलेगाउँ हुँदै भुजुंङ्सम्म गाडीमा रमाइलो गर्दै उकालो लागियो। विहानको चिसो मौसम अनि ब्रेकफाष्ट लिएसंगै हाम्रो यात्रा बेशीशहरबाट घलेगाउँ तिर उकालो लाग्यो रिजर्भ गरिएको २ वटा बलेरोका साथ । घनपोखरा नायुं भन्ने ठाउँमा बिहानको खाना खाने निधो गरिएको थियो। कसैले स्थानीय खाना र कोदोको ढिंडो घ्यु र दुधसंग खाँदाको स्वाद कस्तो थियो भनिरहनु पर्दैन थियो किनकी त्यसको झल्को हरेक पल खांदै सेल्फी लिंदाको हंसिलोपनबाट नै थाहा हुन्थ्यो । खाना पश्च्यातको सांगीतिक माहोल चिसो हावाको स्पन्द जो कोहीका लागि रौनक नै थियो।

विश्वमा नेपालका अर्वपतिका रुपमा चिनिएका शेष घलेको घर पुग्दा ओहो अब हामी पनि अर्बपति भइएला नि कुनै दिन, यस्तै गफ भए त्यहाँको बसाइमा । करिब १ घन्टाको त्यहाँको बसाइपछी यात्रा घलेगाउँ तर्फ अगाडी बढ्यो । जव घले गाउँ पुगियो अनि भुजुंङ् सम्म पुगेर फर्कने सोचका साथ त्यतै लागियो।

भिरालो बाटो सडकबाट तल हेर्दा भिर देखिने भएकोले पनि छेउमा रहेका मित्र आचार्य बाबुको मनमा डर रहेको प्रष्टै देखिन्थ्यो । किनकी साँघुरो सडक, चालकको गाडी चलाएको स्पिड जसले बेला बेला झसंङ्ग बनाउने गर्थ्यो । आकाश मडारिरहेको थियो, जब हामी भुजुंङ् पुग्यौं, गाडीबाट ओर्लने वित्तिकै सिमसिम पानी पर्न थाल्यो। सामुहिक तस्विर लिएर गाउँतिर ओरालो लागियो। सिंडी बाटो, तल देखिएको गाउँ भुजुंङ् हो भन्दै आ आफ्नै तालमा गाउँसम्म लाग्दा पानी ठुलै पर्न थाल्यो। केहि साथीहरुले छाता बोकेका थिए, कोहि भिज्दै भुजुंङ्को अवलोकनमा लाग्यौं ।

भिरालो जमिन, ढुंगाले बनेका घर र बाटो, जहाँ भेटिने आमाहरुले सोध्न थाल्नुभयो, कहाँबाट आउनु भएको हो ? आज कहाँ बस्नुहुन्छ ? हामीले काठमाडौंबाट आएको तर बेलुकी घलेगाउँ फर्कने जवाफ दियौं तर उहांहरु आज बेलुकी यतै बस्यौं भन्दै हुनुहुन्थ्यो, किनकी घलेगाउँ पछि भुजुंङ् पनि होम स्टेका बसाईका हिसाबले रमाइलो ठाउँको रुपमा विकास भएको थियो।

गाउँमा भेटिने प्रायस् बुढा वुवा आमाहरु केहि बालबालिका सबै आफ्नै काममा देखिन्थे, कोहि भेडाको उनलाई तान बुन्दै गरेका त, कोहि स्याखु बुन्दै गरेका र कोदोको रक्सि बनाउन व्यस्त ..

करिब १ घन्टाको बसाइ पश्च्यात पुन फर्कनु पर्ने थियो । हामी सामुहिक तस्विर र सेल्फी खिद्दै उकालो लाग्यौं। केहीबेर अगाडी ओरालो लाग्दा रमाइलो मान्दै छिटो छिटो हिंडेका साथीहरु उकालो आएपछि उफ छिटो हिड्न सकिएन घुंडा दुख्यो भन्न थाले।

यत्तिकैमा उकालो लाग्दै गर्दा मित्र रोशन पछाडी भएका कारण अलि कमजोर देखिए। उनको अनुहारमा केहि असहजता भएको महसुस गर्यौं। जब अलि माथि माथि पुग्दा उनले स्वास फेर्न गाह्रो भएको बताएपछि तत्काल बलेरोमा राखेर बेशीशहर लैजान गुरुले आग्रह गर्नुभयो। उनको साथमा साथीको रुपमा मित्र सौरभ पनि गए।

रोशनलाई असहज हुनुको कारण थियो लेक लाग्नु, अर्थात् समथर भूभागमा बसेका कारण उचाईको बाटोमा अक्सिजनको कमि भएर हिड्न नसक्नु। सामुहिक रमाइलो गर्दै गएका हामी जब एक जना विरामी भए त्यसपछि सबैको मुहार मलिनता छायो। किनकी साथीलाई असहज हुनु, आँफैलाई असहज भएजस्तो महसुस भयो।

छिनछिनमा रोशनको स्वास्थ्यबारे अपडेट लिंदै हामी घलेगाउँ तिर लाग्यौं । बेशीशहर पुग्दा उनको स्वास्थ्यमा सुधार आएको जानकारी लिएपछि हाम्रो मन केहि हल्का भयो ।

घलेगाउँ माहोल ..

घलेगाउँमा ओर्लिए पछि शुरुमा पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन, घलेगाउँमा कार्यालयमा सम्पर्क गरियो। आफ्नो ग्रुपको नाम र संख्या टिपाए पछि समितिका कर्मचारीले होम स्टे भएका घरमा महिला र पुरुषलाई छुट्टा छुट्टै समुहमा, पाहुना क्षमताका आधारमा ३ घरमा लैजानुभयो। सोहि अनुरुप होम स्टे घरमा पुगियो।

सामान्य घर, पाहुनाका लागि बनाइएका छुट्टै कोठा जहाँ सामुहिक बस्न मिल्ने ठाउँ ..

बेलुकीको समय पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दिर्घ घलेसंग सामुहिक भेट गरि घलेगाउँको अवस्थाबारे सबैले आफ्नो परिचय दिएर छलफल शुरु गरियो। हामीलाई घलेगाउँको अवस्थाबारे दिर्घ घलेले विगत देखि हालसम्मको अवस्था, समस्या र चुनौतीका बारे अवगत गराए ।

घलेगाउँ चिनारी

विश्व प्रसिद्ध पर्यटकीय गन्तव्य स्थल मध्ये अन्नपुर्ण पदमार्ग, अन्नपुर्ण सम्रक्षण क्षेत्र आयोजाना भित्र पर्ने अन्नपूर्ण हिमाल र लमजुंङ् हिमालको काखमा अवस्थित गुरुङहरुको उद्गम स्थल घलेगाउँ समुन्द्री सतह देखि २१०० मिटर उचाईमा अवस्थित छ। करिव १२० घरधुरी रहेको यस गाउँमा घले गुरुङ लगायत जातजातिहरु बसोबास गर्दछन  यहाँको बासिन्दाहरुको मुख्य पेशा कृषि, पशुपालन, बेलायती र भारतीय सेनामा भर्ति एवम् बैदेशिक रोजगारी भएपनि पछिल्लो समय होम स्टे प्रवर्धनका कारण पर्यटन पनि आम्दानीको श्रोत बनेको छ।

कहिले र कसरी शुरु भयो घलेगाउँमा होम स्टे ?

गुरुङ जातिहरुको बाहुल्यता भएको समाजमा पहिले सकेसम्म सबैका छोराहरु लाहुरे होस् भन्ने चाहना रहेको र पछिलो समय बैदेशिक रोजगारी प्राथमिकतामा परेको घलेले सुनाए। पहिले पशुपालन र कृषिमा आधारित भई जिविका चलेको उनले बताए।

२०५६ मा एक्याप क्षेत्र भएका कारण एक्यापकै सहयोगमा यहाँका बा  आमाहरु नेपालाको पहिलो होम स्टे स्यांजाको शिरुबारी होम स्टे घुमेर आएपछि आफ्नो ठाउँमा पनि समुहमा मिलेर होम स्टे चलाउन सकिन्छ भन्ने सोच आएको उनले सुनाए।

२०५७ सालमा १ घर २ पाहुनाबका साथ १२ घरबाट सुरुवात गरिएको होम स्टे हाल ३२ घरमा १२० जनालाई सेवा दिन सक्ने गरि विस्तार गरिएको उनले जानकारी दिए। छलफलका क्रममा उनले पहिलेको समयमा घलेगाउँको प्रचार प्रसार गर्न असहज भएको ति बेलाका यादहरु स्मरण गरे । तर हाल यहाँको प्रचारप्रसार गर्नको लागि हरेक बैशाख महिनाको २३ देखि २५ गतेसम्म घलेगाउँ महोत्वस शुरु गरिएको जसमा मिडियाले उत्साहजनक तरिकाले सपोर्ट गरेको बताए।

होम स्टे चलाउन समस्या के के छन् त ?

छलफल कै क्रममा दिर्घ घलेले होम स्टे चलाउन समस्याहरु पनि रहेको उल्लेख गरे । उनका अनुसार समुदायमा होम स्टे संख्यालाई बढाएर सबैका घरमा फैलाउन नसकिएको बताए। समुदायका ३२ घरामा मात्रै होम स्टे भएकोले अन्य घरमा पनि फैलाउन पहल भई रहेको बताए । उनी भन्छन् कम्तिमा ५०र६० घरमा होम स्टे चलाउन सकियो भने एक रातमा ३ सय पाहुना राख्न सकिन्छ, जसले गर्दा यहाँको जनताको आर्थिक अवस्थामा पनि केहि सहयोग पुग्नेछ। तर युवा जनशक्ति विदेश पलायन भएका कारण बुवा आमाले होम स्टे धान्नु परेको तितो अथार्थ उनले सुनाए। जसले गर्दा घाटू, रोधी जस्ता संस्कृति टिकाइ राख्न पनि चुनौती रहेको बताए।

चिसो मौसम त्यो पनि घलेगाउँको रात बेलुकीको खाना आत्मीय मिलन, कता कता पारिवारिक भोजन जस्तै लाग्ने …

गाउँमै उत्पादित तरकारी, लोकल कुखुराको मासु सहितको खानाले झनै आनन्दित बनायो।

रातको समय आँगनमा आगो ताप्दै घलेगाउँको वस्तुस्थिति बारे छलफल गरियो, कोहि साथीहरु स्थानीय घानु नाच सिकाएको हेर्नमा व्यस्त भए जेहोस त्यो रात चिसो मौसमले निन्द्रामा थप आनन्द दियो ..

भोलिपल्ट विहान भ्यू टावर मार्फत हिमालहरुको दृष्यालोकन गरि नास्ता खाएर, सत्कारपूर्ण टिका र माला सहित बिदाइ गरेको देख्दा लाग्थ्यो आफ्नै गाउँघरबाट कोहि विदेश जाँदैछ, अनि उसको विदाई गरिंदैछ। मनमा जिज्ञासा उत्पन्न भयो के यस्तै संस्कारका साथ आफ्नै गाउँमा पनि सम्भावनाका बाटाहरु खोज्न सकिन्न र ?

विहान हिमालहरुको दृश्यावलोकनका साथ सेल्फी र सामुहिक तस्विरका साथ घलेगाउँको यात्रालाई वाई वाई गर्दै पुनस् बेशीशहरको यात्रामा लाग्यौं ।

बाटोमा अघिल्लो दिनकै वाचा थियो, ढकमक्क फुलेका लालीगुँरास टिप्ने र सेल्फी खिच्ने, तसर्थ बाटोमा गाडी रोक्यौं र लालीगुँरास टिप्न तिर लागियो। सबैलाई गुँरास फुलले सुगन्धले आनन्दित बनायो, सामुहिक तस्विर लिइयो।

यो यात्राको समय घट्दै थियो सबै जना बेशीशहर झरेर खाना खाई पुन काठमाडौंको यात्रामा निस्कियौं वाई वाई लमजुंङ्, घलेगाउँ र भुजुंङ्।

बाटोमा फर्किने क्रममा ३ दिनको यात्रालाई सम्झियौं आफ्नै तरिकाले।

जया पौड्याललाई घलेगाउँको संस्कृतिले छोएको रहेछ किनकी उनी त्यो यात्रा अनि घलेगाउँलाई तनाव मुक्त गराउने ठाउँको रुपमा लिएको बताइन् उनी भन्छिन् “घलेगाउँको संस्कार र अरुलाई गर्ने आदरले पनि हामीलाई पाठ सिकाएको छ।’’

साथीहरुको नजरमा घलेगाउँ कस्तो रह्यो त ? गुल्मी स्थायी ठेगाना भएकी कमला विश्वकर्मा भन्छिन् “घले गाउँ (प्रकृतिको अनुपम उपहार, लमजुङको घले गाउँ मनोरम दृश्यले ओतप्रोत छ। एसियाकै नमूना स्थानको रूपमा रहेको होम स्टे र यहाँका मानिसको पाहुनाप्रतिको आदरसत्कारले अझ सुनमा सुगन्ध छरेको छ। घले गाउँका घरहरु सबै रातो रङ्गको बनाउने कार्य सुरु भैसकेकोले त्यसले गाउँमा अझ नयाँ रौनक थपिने पक्का छ। गुरुङहरुको बाहुल्यता रहेको घलेगाउँ घाटु नाच,पाहुनालाई फुलमाला सहित विदाइ गर्ने चलन देख्दा जो कोहिलाई पनि आकर्षित गर्न सक्दछ। यहाँको सस्कृति लगायतका केही व्यवस्थापनमा दिगोपना ल्याउन सकेमा पर्यटन व्यवसाय फस्टाउने सम्भावना धेरै छ। यदि तपाईंले कतै घुम्न जाने योजना बनाउनुभएको छ भने घले गाउँलाई पहिलो नम्बरमा राख्न मेरो सुझाव छ। यो गाउँ देशको गौरव हो, हामी सबै यसको प्रचारमा जुट्नुपर्छ।’’

पवित्रा अधिकारी  घलेगाउँको चर्चा गर्दै भन्छिन्, घलेगाउँ गएर यो कुराको महसुस भयो कि, हामीले स्थानीय श्रोत साधनको सहि पहिचान गरेर परिचालन गर्न सकियो भने हामी कोहि पनि बेरोजगार बस्नु पर्दैन। हामी आंफुले आँफैलाई चिन्न नसकेर पछाडि परिराखेका छौ। घले गाउँका आमाहरुले औपचारिक शिक्षा कति पो लिनुभएको होला र ? तर उहाँहरुले गर्ने व्यवहारले साच्चि नै आफ्नोपन झल्काउँछ। त्यो गाउँको एकता अनि, आत्मिय व्यवहारले नै नमुना गाउँ बन्न सफल भएको हो। देशका सबै गाउँ भरि नै यस्तै एकता अनि आफ्नो गाउँको मौलिकता पहिचान गर्ने हो भने देशले विकासमा तिव्रता लिन्छ र नमुना गाउँको रुपमा हाम्रो आफ्नै गाउँ पनि बन्न सक्छ।

जग्गंनाथ चौलागाईं घलेगाउँको पर्यटन ब्यवसायको दिगोपना बारे भन्छन् अब हरेक बालबालिका लाई औपचारिक शिक्षा दिनु अनिवार्य छ। ती बालक युवा भई  सकेपछि  उच्च शिक्षा लिन शहर जान्छन त्यसपछि  गाउमा फर्कदैनन्। यो नेपालका विशेषत पहाडी जिल्लाका गाउँको साझा समस्याको रुपमा देखा पर्दैछ। हो यहि समस्याको चपेटामा घले गाउको होम स्टे सेवा पर्न सक्ने अवस्था छ। युवालाई गांउमा फर्काउन सकिएन वा फर्कने वातावरण मिलाइएन भने यो सुन्दर ठाउको पर्यटन ब्यवसाय दिगो नहुने हो कि ?

हरि भुसाल यात्रालाई यसरी  सम्झीए, घुम्न जाने जस्तो पनि जातको हुनसक्छ तर त्यहाँ त्यस्तो केही नभई आफ्नै घरको व्यवहार गरिने रहेछ । घरमा जे जस्तो, मान सम्मान हुन्छ त्यो भन्दा कम थिएन त्यहाँ । नम्र बोली, सहि बिचार , मान सम्मान, स्वागत सत्कार, एकता बिचको भाइबन्धुत्व को भावना ले भरिपुर्ण भएको एक रमणीय पर्यटकिय स्थल लम्जुङ को घले गाउँ। जसरी नेपालको संविधानमा धर्म निरपेक्षताको कुरालाइ उठान गरेको छ त्यसलाई आत्मसाथ गरि अगाडी बढेको देखियो। सानो होस वा ठुलो ब्यक्ती जो कुनैमा पनि सिस्टाचारको भाबनाले भरिएको ठाउँ रहेछ।