४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पार्क संरक्षणको काम शुरु

२२ फाल्गुन २०७५, बुधबार ०५:४०

फागुन २२, चिप्लेढुङ्गा (रासस) | पोखरा फेवाताल किनारमा अवस्थित कोमागाने पार्क संरक्षणमा पोखरा महानगरपालिका–६ ले चासो देखाएको छ । 

पोखराको आर्कषण फेवाताल किनारमा रहेको पार्क संरक्षणको अभावमा पछिल्लो समय अस्तव्यस्त बनिरहको थियो । जसले गर्दा नेपालकै उत्कृष्ट सम्पदाभित्र पर्नेे यस पार्कभित्र विभिन्न देशका कलाकारले बनाएको कलाकृतिसमेत ओझेलमा परेको थियो । झारभित्र हराएर बेवारिसे बनिरहेका तिनै कलाकृतिलाई पछिल्लो समय पोखरा महानगरपालिका–६ ले संरक्षणका लागि चासो दिएको हो । 

पार्कमा सिधैँ गाडी लैजाने, कतिपय विदेशीले क्याराभान गाडी लिएर त्यहीँ पार्किङ गर्ने र तिनै कलाकृतिमाथि कपडा सुकाउने गरेका दृश्यसमेत देखिन्थे । तालको छेउमा अर्को बसुन्धरा पार्कसमेत रहेको छ । सो ठाउँमा समेत विभिन्न समयमा मेला महोत्सव हुने तर संरक्षणप्रति उचित चासो नदिँदा बसुन्धरा पार्कले पनि आफ्नो सुन्दरता गुमाइरहेको छ । 

वडाध्यक्ष जगत पहारीले पार्कको महिमा र महत्वलाई कायम राख्न वडाले काम शुरु गरेको र पार्क व्यवस्थापनका लागि मूर्ति संरक्षणमा जोड दिँदै वरिपरी गिट्टीले सजाइएको र कलाकारको नेमप्लेट राखिएको बताउनुभयो । 

कोमागाने पार्कमा केदारेश्वर मन्दिर अवस्थित छ । मन्दिरमा पूजाआजा गर्न भक्तजन आउने, विवाह भोजभतेर हुने तर कुनै व्यवस्थित नियम नहुँदा त्यसले पार्कको सौन्दर्यलाई विनाश गर्दै लगेको बताउनुहुन्छ राष्ट्रिय सम्पदा संरक्षण समिति नेपलाका अध्यक्ष एवं सामाजिक अभियन्ता रामबहादुर पौडेल । 

जापानको कोमागाने शहर र पोखराबीच सन् २००२ मा भगिनी सम्बन्धमा स्थापित भएपछि सो पार्कको कोमागाने नामकरण गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश