२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको चुवामा यसरी बन्दैछ आठ करोडको लागतमा विष्णुवाटिका

२०७६, २४ बैशाख मंगलवार ०७:००

पर्वतमा पछिल्लो चरणमा धार्मिक क्षेत्रको विकासले तिव्रता पाएको छ । स्थानीयको सक्रियता र जन प्रतिनीधिको तदारुपता भएपछि वडा स्तरबाटै विभिन्न धार्मिक महत्वका स्थानहरुको विकास हुन लागेको हो । कुश्मा नगरपालिका–८ चुवामा कुश्मा–वाग्लुङ, हुँदै मुस्ताङ जोड्ने भुपी शेरचन राजमार्ग नजिकै आठ करोड लागतमा विष्णु वाटिकाको निर्माण हुन लागेको हो । 

६ करोड ७९ लाखको डिपिआर तयार पारीएको यो योजनामा भगवान विष्णुको विशाल मुर्ति निर्माणको योजना समेत रहेको हो । साथै एकसय आठ पिपल चौतारी, एकसय आठ तुलसी मोठसँगै शालिग्राम शिला संग्राहलयको समेत योजना तयार पारीएको छ । 

तुलसी मोड सहीतको चौताराको लागत एक लाख लाग्ने वडाले जनाएको छ । वडा अध्यक्ष राजकुमार क्षेत्रीले तीन वर्षमा आयोजना सक्ने गरी काम भईरहेको बताए ।

डिपिआर अनुसार एक चौतारादेखी अर्को चौताराको दुरी नौ मिटर कायम गरीएको छ । यसै गरी सबै चौतारा सहितको १२ किलो मिटरको पैदल मार्ग तयार हुने र चौताराको परिकर्मा गर्न मिल्ने गरी संरचना तयार पार्न लागेको निर्माण समितिका अध्यक्ष कुल प्रसाद शर्माले बताए । 

राजमार्ग नजीकै निर्माण हुन लागेको विष्णु वाटिकाले हिन्दुधर्मको धामको रुपमा रहको मुक्तिनाथ दर्शनलाई जोडेर विष्णु वाटिका मुक्ति मार्ग नामाङकरण गरिने भएको छ । ४० रोपनी क्षेत्रफलमा फैलिएको विष्णु वाटिका पार्कमा एकसय आठ जना धार्मिक व्यक्तिले नै एकसय आठ पिपलबोट सहितको चौतार निर्माण गर्न लागेका हुन । 

वाडा सदस्य सुरेन्द्र केसीले नजिकै रहेको मोदीवेणी धाम स्नान र सहस्श्रधारा गुप्तेश्वर गुफा सँगै मुक्तिनाथ दर्शन गर्नपनि मुक्तिमार्ग पार गर्नुपर्ने धार्मिक मान्यता अनुसार विष्णु वाटिका मुक्तिमार्ग निर्माण गर्न लागिको बताए । 

तीन वर्षसम्म सकिने गरी निर्माण थालिएको विष्णु वाटीका गएको मंसिरदेखी निर्माण थालिएको हो । अहीलेसम्म १२ चौतारा निर्माण गरीसकिएको वाटिका निर्माणपछि कुश्मा नगरपालिका मात्र नभई समग्र पर्वत कै धार्मिक पर्यटनमा विकास हुनुको साथै स्थानीयको आयआर्जनमा समेत टेवा पुग्ने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते