२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटन मार्ग निर्माण शुरु

२०७६, ४ जेष्ठ शनिबार ०६:३९

जेठ ४, सिन्धुपाल्चोक | पर्यटकीय दृष्टिले सदाबहार चर्चामा रहँदै आएको हेलम्बुमा पर्यटन मार्ग निर्माण शुरु गरिएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले हेलम्बु गाउँपालिकाले उक्त पैदलमार्ग निर्माण शुरु गरेको हो ।  

हेलम्बु हिमालयन ग्रेड ट्रेल नामाकरण गरिएको उक्त मार्ग हेलम्बु–१ बुद्घपार्कबाट शुरु भई सेर्माथाङ, ज्योमथाङ, आमायाङ्ग्री, ढुक्पु, भेमथाङ, पासाङसिरी, गुफुपोखरी, जलङ्सा, दुवाङगुफा, सेमिसिदाङ, भेयस्री, सोली, ठाडेपाटी, पाकेडाँडा हुँदै घोप्टेघ्याङ पुगेर अन्त्य हुनेछ ।

झण्डै ६० किलोमिटर लम्बाइ रहेको पैदलमार्ग निर्माणको कूल लागत रु ९६ करोड अनुमान गरिएको छ । धेरै लागत लाग्ने भएकाले स्थानीय सरकारको बजेटले मात्र निर्माणकार्य सम्भव नभएकाले यस आर्थिक वर्षमा गाउँपालिकाले १० किलोमिटरको मात्र विस्तृत परियोजना प्रतिवेदन बनाएर काम शुरु गरेको हो । 

गाउँपालिकाले डिपिआरको काम सकेपछि प्रदेश सरकारले काम अगाडि बढाउन रु ५० लाख विनियोजन गरेको छ । पर्यटन प्रवर्द्धनमार्फत गाउँपालिकालाई आर्थिक रुपमा सवल बनाउने उद्देश्यले पर्यटन मार्ग निर्माण शुरु गरिएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

जङ्गली जीव–जनावरलाई आवतजावतमा अफ्ठ्यारो नपरोस् भन्ने उद्देश्यले पर्यटन मार्ग निर्माण गर्ने क्रममा विशेष ध्यान दिइने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेतबहादुर कार्कीले जानकारी दिनुभयो । पर्यटकलाई मोहित बनाउन ठाउँठाउँमा दृश्यावलोकन स्तम्भ निर्माण गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु