2026-09-08 02:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश उडान गर्ने श्री एयरलाइन्सले पायो अनुमति

साउन ३०, काठमाडौँ  | विदेश उडान गर्ने नेपाली एयरलाइन्स थपिएको छ। सन् २०१७ देखि आन्तरिक उडान गरिरहेको श्री एयरलाइन्सले नियमित उडान गर्ने लाइसेन्स पाएसँगै नेपालबाट विदेश उडान गर्ने नेपाली एयरलाइन्सको संख्या ४ पुगेको छ।

नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय सेक्टरमा सन्तोषजनक व्यापार गर्न नसकिरहेको समयमा श्री एयरलाइन्सको इन्ट्री भएको हो। हाल हिमालय, नेपाल एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्।

२ दशकदेखि हेलिकप्टर व्यवसायको अनुभव भएको श्रीसँग हेलिकप्टरको अन्तर्राष्ट्रिय उडानको लाइसेन्स थियो। उक्त लाइसेन्सकै आधारमा फिक्स्ड विङको लाइसेन्स माग गर्दै श्रीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिएको थियो।

मन्त्रालयले शुरुमा चार्टर्ड उडानको लाइसेन्समात्र दिएको थियो। यद्यपी योगेश भट्टराई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएर आउनेवित्तिकै श्रीले नियमित व्यावसायिक उडानको अनुमति पाएको हो।

श्रीले भारतका चार सहर र ब‌ंगलादेशको ढाँकामा उडान गर्न अनुमति माग गरेको थियो। एयरलाइन्सका प्रवक्ता अनिल मानन्धकारका अनुसार श्रीले भारतका अहमदाबाद, नयाँ दिल्ली, कलकत्ता बैंगलोरमा उडान गर्ने अनुमति पाएको हो।

यसका लागि श्रीले लाइसेन्स बापत ५० लाख रुपैयाँ सरकारलाई बुझाएको छ। त्यस्तै प्रति सेक्टर ५ लाखका दरले २० लाख रुपैयाँ पनि बुझाएको छ। तीवटा जहाजबाट उडान गर्ने योजना बनाएको एयरलाइन्सले ५० करोडमाथिको चुक्ता पुँजी बनाउनुपर्ने छ।

एयरलाइन्सले क्यानेडियन जहाज निर्माता बम्मार्डियरका सिआरजे २०० र सिआरजे ७०० जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्ने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम