पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १३, काठमाडौँ | सरकारले चारतारे र पाँचतारे होटेलमा अनिवार्य रुपमा नेपाली परिकारको मेनु अनिवार्य राख्नुपर्ने मापदण्ड तोक्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो वार्षिक कार्ययोजनामा १५ दिनभित्र नयाँ मापदण्ड तोक्ने प्रतिबद्धता गरेका थिए ।

मन्त्री भट्टराईले होटलमा नेपाली खानाको मेनु हुनुपर्ने निवार्य मापदण्ड अनुसार १५ दिनको समय समेत तोकेको छन् । नेपाली खानाको परिकारको प्रचार गर्ने उध्यश्यले पनि सरकारले लिएको यो पहललाई होटल व्यवसायीहरुले सकारात्मक मानेका छन् । सरकारको मापदण्ड अनुसार परिकारको अनिवार्यता र बुकलेट प्रकाशन गरी त्यसमा खानालाई समावेश गर्ने छ ।

रैथाने खाना छनोट गरी त्यसलाई विदेशस्थित नेपाली रेष्टुरेन्ट र नेपालका ठूला होटेलबाट प्रवद्र्धन गर्ने गरी एक वर्ष अगाडि नै अभियान चलाइएको थियो । तर, ठूला होटेलले चासो नदिएपछि मापदण्ड नै तोकेर अनिवार्य गर्न लागिएको हो ।

रैथाने परिकारमा के–के छन् ?

सुप: क्वाँटी, सिस्नोको झोल, फाँडो, ज्वानोको झोल, पंचका (आलुतामा बोडीको झोल)

खाजा: चुक, सखरखण्ड, ताजा सागपातको सलाद, चुकौनी, टिमुरे आलु, फूलौरा

मुख्य खाना: सेकुवा, तरुवा, पकुवा, छोयला, साँधेको, उसिनेको, मम, चटामरी, ढुंग्रे रोटी, बारा, जोगिभात, दालभात, हिमाली ढिँडो

डेजर्ट : योमरी, सिकर्नी, दहीफल, खिर, ठेकुवा