२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

सुन्दरताको खानी लिमीको यात्रा (फोटो फिचर)

२०७६, ३ कार्तिक आईतवार ०२:२२

रेशमराज रोकाया | कात्तिक ३, हुम्ला | प्राकृतिक सुन्दरता, संस्कृती हेर्न छ भने हुम्लाको नाम्खा गाउँपालिका एक नमुना छनौटको रुपमा लिन सकिने ठाउँ हो । हरेक वर्ष नाम्खा गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्नको लागि विभिन्न कार्यक्रम आयोजना गर्ने गर्छ । सदा झैं यो वर्ष नाम्खा गाउँपालिकाको महोत्सव हेर्न र त्यहाँको प्रकृती हेर्नको लागि गत केही वर्ष जस्तै यो वर्ष पनि हामी त्यस तर्फ लागियो । बाटोमा पर्ने विभिन्न सुन्दर बस्ती नियाल्दै यात्रा अगाडी बढेको थियो । त्यसै गरी सुन्दर झरनाले यात्राको थकानलाई अति नै अगाडी बढ्न प्रेरित गरेको थियो । 

नाम्खा गाउँपालिकाको आयोजनामा भएको महोत्सवमा २ दिन विभिन्न साँस्कृतिक कार्यक्रमको अवलोकन गर्यौं । तेस्रो दिन हामी एक समूह लिमी उपत्यकामा रहेको प्रसिद्ध लाप्चा उपत्यकातिर लाग्यौं । लिमीका स्थानिय वासिन्दासँगै हामी ट्रिपरमा याल्वाङ्गबाट सल्ली तिर लाग्यौं । विशेष गरी लिमीको लाप्चा भञ्ज्याङ्गबाट मानसरोवर दर्शन गर्नको लागि राम्रो स्थान हो भनेर भिडियो देखेको दृश्य मेरो आफ्नै आँखाले हेर्न धोको थियो । दर्शन गर्ने अभिप्राय रहेको थियो । सोही अनुसार विभिन्न ताल, झरना, भञ्ज्याङ्गको बाटोको दृश्यावलोकन गर्दै अगाडी बढेका थियौं । नाम्खा भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकले पनि यसरी मज्जा लिने गरेका छन् ।

सल्लीमा खाना खाईसके पछि लिमी उपत्यकातिर सुन्दर स्थानको अवलोकनसँगै हामी अगाडी बढेका थियौं । ३ हजार ४ सय ३८ मिटरको उचाईमा रहेको न्यासिङ्ग खर्कमा एकछिनको बसाई पछि यात्रा जारी रह्यो । न्यासिँह खर्कमा चरीरहेका पशुवस्तुको दृश्य कम्तीको मनमोहक थिएन । चारैतिरका छहरा, हिमताललाई छोडेर ओरालोतिर बहँदै गरेको दृश्य यो मन मस्तिष्कमा गहिरो छाप छोडीरहेको थियो । कच्ची सडकसँगै बहने हिमनदीको सुस्साहटले सबैको मनलाई साँगितिक बनाएको थियो । बुकी घाँसको हरीयालीसँगै उकालो यात्रामा ट्रिपरको यात्राको हल्लाई, उफ्राई जति पिडादायक भए पनि लिमी उपत्यका र लाप्चा उपत्यका पुगेर फर्कने अनि सुन्दर तस्विर, भिडियो खिच्ने यो मनको पहिले देखीको हुटहुटी पुरा हुने भए पछि मन त्यसै फुरुङ्ग रहेको थियो । क्यामेरा र आँखाको नानीमा लिमीको दृश्य यति अमिठ बनेको थियो कि सायद यो भन्दा अगाडी संसारमा कुनै सुन्दर ठाउँ प्रकृतीले नै बनाएकोमा मलाई हुम्ली हुनुमा गर्वको महशुस भएको थियो । घोडा, चौंरी, जुमा र अन्य पशुवस्तुको समूह यत्रतत्र चरन क्षेत्रमा रहेका थिए । जंगली जनावरहरु बाटोमा नै चरीरहेको दृश्यले नाम्खा गाउँपालिका एक सरकारले घोषणा नगरेको संरक्षित क्षेत्र लाग्ने गर्दथ्यो । यो क्षेत्रमा देखिने हरेक सम्पदाले मनलाई चङ्गा बनाउँदै लगेको थियो । 

न्यालु लेक यहाँको सबैभन्दा उचाई र पैदल यात्राको लागि कठिन मानिने गर्दछ । यसको उचाई ४ हजार ५ सय ८० मिटर रहेको छ । यहाँबाट लिमी उपत्यकाको अति नै मनमोहक दृश्य देख्न सकिन्छ अनि सिरान र गोडातिरका हिमालले अति नै सुन्दरता थपेको छ । केही तल रहेको सेलिना ताल भने ४ हजार ५ सय ६० मिटरमा रहेको हेर्न लायकको अर्को ठाउँ हो । आँखाले हेर्न भ्याउन्जेल सम्म हेरेर टोलाउँ जस्तो मनमोहक दृश्य थियो । ठाउँ ठाउँमा छोङ्गसा खोलाको आसपासका झरना सुस्साहट हिमनदी र हिमतालको केश झैं सेताम्य चारैतिरबाट बहिरहेका थिए । फोटो अनि भिडियो धित मरुन्जेल खिच्न अनि सेल्फी खिच्नमा नै मसँगैका यात्रीको ध्यान रहेको थियो । जति अग्लो स्थानमा गयौं त्यती ताल अनि झरनाले स्वागत गरिरहेका थिए । बुकीका घाँसे मैदान पनि विश्यकप फुटबलको मैदान विर्साउने खालका फाँट अग्लो, होचो, खाल्डो विभिन्न आकृतीमा देख्न सकिन्थ्यो । न्यालु लेक जसको उचाई ५ हजार ५ मिटर मसँग रहेको ग्रामिनको जि.पि.एस्. ले देखाएको थियो, त्यहाँ पुग्ने वित्तिकै लिमी उपत्यकाको फाँटले स्वागत गर्ने गर्दछ । हिमनदी र हिमतालका लहरा, छहरा जताततैबाट छरपष्ट, जता मन लाग्यो उतै बहिरहेका । बुकीका फाँटमा जंगली नाउर, फ्याउमुसा  र अन्य जनावर निस्फिक्रि कुनै भय विना चरीरहेको दृश्य कम्तीको हेर्न लायक थिएन, आँखालाई जुम नगरीकनै हेर्न सकिने ।

यस्तै दृश्यावलोकन गर्दै तुग्लिङ्गमा हिमनदीको करिब ५० मिटरको नजिकमा रहेको होमस्टे, वर्ष याममा लिमीका वासिन्दाको चौंरी खर्कमा चौंरीको दुध, दही र छुर्पीको स्वाद चाखेको याद गर्दा अहिले पनि मुखमा रस झर्ने गर्दछ । अनि लेकाली उच्च ठाउँमा पाईने लिमीको सिस्नोको कुरै छोडौं । अति स्वादिष्ट अर्गानिक साग, जसको कुनै खेती गर्न आवश्यक छैन, गयो टिप्यो, ल्यायो अनि पकाएर सर्लक्कै खायो । प्राकृतिक साग, कुनै खेती गर्न नै नपर्ने । चिनबाट ल्याएका वियर र जुसको स्वाद पनि त्यो उचाईमा कम्ती मिठो हुने भन्या, खाना रुची नहुनेले त्यहीँ गएमा मोटाएरै आउने सम्भावना मैले देखेको छु । विहानै चौंरी ग्वालाको नित्यकर्म दुध दुहाईएको दृश्य रमाईलो मध्येको एक हो । जता ततै चौंरीको बथान विभिन्न रंग र आकृतीमा चर्दै गरेको दृश्य भव्य देखिने रहेछ ।

करिब १ हजार मिटरको उचाइ चढे पछि कुईगुङ्गा र छलुम्पा हुँदै लाप्चा जाँदै गर्दा फेरी हिमनदी, तालको दृश्य सँगै नाउरका बथानका बथान बाटैभरी चरीरहेको दृश्य हेर्न सकिन्छ । टलक्कै आवाज विनाका नदी (सम्म ठाउँमा बग्ने हुनाले आवाज सुन्न पाईदैन) मस्त वगिरहेको, ताल निलो टल्किरहेको दृश्य अझै पनि मानसपटलमा आउने गर्दछ । हरेक वर्ष तेस्रो मुलुकका पर्यटक यस ठाउँमा दृश्यावलोकनको लागि महिनौं विताउने गर्दछन् । हामी लाप्चा तिरको सयरमा थियौं । त्यहाँ दर्शनको लागि हामीले लिमीको तिन गाउँ मध्ये जाङ्ग नामक गाउँबाट पुजारी पनि निम्त्याएका थियौं । पुजारीले लाप्चाबाट मानसरोवर कैलाश दर्शनसँगै हामीले पुजा आजा गर्ने सोच पनि राखेका थियौं । फाँटै फाँटको बाटोमा हाम्रो सवारी अगाडी बढीरहेको थियो । जब ३ घण्टाको यात्रा पछि लाप्चामा पुग्यौं आँखै अगाडी मानसरोवर र कैलाशको दर्शन भयो । नेपाली भुभाग भन्दा कम उचाईमा रहेको मानसरोवर कैलाश दर्शनको लागि अझ त्यस क्षेत्रको मोटरबाटोलाई सुधार्न सक्यौं भने पर्यटकको घुईँचो बढ्ने देखिएको छ । गाउँपालिका, केन्द्रिय सरकार र प्रदेश सरकारले हरेक वर्ष त्यस क्षेत्रमा लगानी पनि गरिरहेका छन् ।

पुजाआजा पछि अझ मानसरोवर र कैलाश स्पष्ट देख्न सकिएको थियो । जनविश्वास के रहेको छ भने पुजा पछि अझ प्रष्ट देख्न सकिन्छ भन्ने छ । विशेष गरेर असौज र कार्तिकको महिनामा यहाँ दर्शनको लागि अति नै उपयुक्त समय मानिन्छ । अघिपछि बादल र हुस्सुले टम्म छोपिने हुँदात्यती राम्रोसँग दर्शन गर्न नसकिने रहेछ । लाप्चामा भ्यू टावर र दर्शनार्थीको लागि बस्न खानको लागि आश्रय स्थलको निर्माण गर्नको लागि यो वर्ष गाउँपालिकाले बजेट समेत छुट्याएको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताउनु भयो । यसको प्रचार प्रसार गरी आगामी दिनमा आन्तरिक र बाह्य पर्यटकको लागि सहज रुपमा पुग्ने वातावरण मिलाउनको लागि गाउँपालिका लागि परेको उहाँको भनाई रहेको थियो । विशेष गरी हिन्दु धर्म मान्ने दर्शनार्थीको लागि मानसरोवर र कैलाशको दर्शन कति पवित्र रहेको छ भन्ने मैले भनिरहरनु नपर्ला । हाल नाम्खा गाउँपालिकाको हिल्सा नाकाबाट चिनको ताक्लाकोट मार्ग भएर दशौं हजार तिर्थयात्रीले यात्रा गरीरहेको भएता पनि अबको गन्तव्य लिमीको लाप्चा हुने देखिएको छ । 


माथिका तश्वीरहरु: लिमीका सुन्दर दृश्यहरु, लाप्चाबाट मानसरोवर कैलाशको दृश्यावलोकनका केही रमाईला दृश्य । तश्वीर: रेशमराज रोकाया/हुम्ला

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला